Tuesday 29 Shrawn, 2075 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

जिप दुर्घटनाका गम्भीर घाइतेमध्ये दुईको मृत्यु

(0 votes)
तुलसीपुर (दाङ)-दाङको तुलसीपुरबाट रोल्पातर्फ जाँदै गरेको ग१ज ५५६० नम्बरको जिप आइतबार बेलुका सल्यानको रिम गाविस–८ को खालीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको गएराति मुत्यु भएको छ ।
nepali-patro-june
उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याइएका सल्यान–७ गर्पाकी ९ महिनाकी बालिका सफलता बूढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको मृत्यु भएको हो ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सो दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइते हुनेमा जिपका मालिक सल्यान गर्पाका ३३ वर्षीय भीम राना, रोल्पा झेनामका–९ की ३५ वर्षीया मनकली घर्ती, सोही स्थानका ४८ वर्षीया विरमती घर्ती, २८ वर्षीया सीता बगरी, २ वर्षीया जमनी घर्ती, ६ वर्षीया जमनी बगरी र रोल्पा झेनाम–३ का १८ वर्षीय भीम घर्ती रहेका छन् ।

त्यसैगरी रोल्पा झेनाम–९ की ६० वर्षीया जुनी परियार, नुवागाउँ–२ का ५० वर्षीय हरिप्रसाद थापा र रोल्पा–८ बुढागाउँकी २३ वर्षीय सुकबहादुर कामी रहेका छन् । बाँके कुसुमका १५ वर्षीय मानवहादुर पुन, सोही स्थानका ५२ वर्षीया मुगी बुढाथोकी, २४ वर्षीया वसन्ती बराल, सल्यान गर्पा–७ का ७२ वर्षीय नोवबहादुर घर्ती, सल्यान धनवाङ–७ की २८ वर्षीया दीपेन्द्र बूढा, पुष्पा रोका सोही ठाउँका ११ वर्षीय सन्तोष रोका र रिमा थापा रहेका छन् । घाइते सबैलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गएराति नै शिक्षण अस्पताल कोहलपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
क्षमताभन्दा बढी लोड र तीव्र गतिका कारण दुर्घटना भएकोे प्रहरीको अनुमान छ । घटनालगत्तै फरार रहेका जिप चालकलाई प्रहरीले राति नै नियन्त्रणमा लिइसकेको छ । रासस

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।