Monday 9 Shrawn, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

दिनहुँ ४१ घटना, ६ को मृत्यु

(0 votes)
दिनहुँ ४१ घटना, ६ को मृत्यु
काठमाडौं– जेठ १३ देखि १९ सम्म देशमा २ सय १९ सडक दुर्घटना, ४६ को मृत्यु भयो भने १ सय २ गम्भीर घाइते भए । जेठ ६ देखि १२ गतेसम्म २ सय ५१ वटा दुर्घटनामा ४५ को मृत्यु भएको थियो । ती घटनामा १ सय ९ जना गम्भीर घाइते भए ।
nepali-patro-june
ट्राफिक प्रहरी निर्देशनालयले जेठ महिनाको दोस्रो र तेस्रो साता (१४ दिन) संकलन गरेको देशभरको दुर्घटना तथ्य हेर्दा दिनमा औसत ६ दशमलब ५ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको देखिन्छ । पछिल्लो एक वर्षको तथ्यांकले पनि नेपालमा हरेक दिन औसत ६ जनाभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुने गरेको देखाउँछ ।

गत वर्षको जेठदेखि यो वर्षको वैशाखसम्मको एक वर्षको अवधिमा नेपालमा कुल २ हजार १ सय ५ जनाको दुर्घटनामा मृत्यु भएको छ । यो अंक अघिल्लो वर्षको तुलनामा निकै बढी हो । अघिल्लो वर्ष २ हजार ४ जनाको दुर्घटनामा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार सडक दुर्घटनाको प्रमुख कारण नै चालकको लापरबाही देखिन्छ । करिब ७० प्रतिशत चालकले लापरबाही किसिमले चलाउँदा सडक दुर्घटना हुने गरेको तथ्यांकले देखाउँछ । प्रहरी प्रवक्ता माधव जोशीका अनुसार दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न प्रयास गरे पनि पछिल्ला पाँच वर्षको अवधिमा हरेक वर्षजस्तो १५ हजार हाराहारी दुर्घटना हुने गरेका छन् भने वार्षिक १ हजार ८ सयदेखि २ हजार १ सयसम्मको मृत्यु हुने गरेको छ । 'चालक र व्यवसायी नसुध्रिएसम्म दुर्घटनामा कमी आउन गाह्रो छ,' उनले भने ।

ट्राफिक प्रहरी निर्देशनालयले संकलन गरेको देशभरको दुर्घटनाको तथ्यांक हेर्दा पनि नेपाली सडकमा औसत दैनिक ४१ वटा सडक दुर्घटना हुने गरेको र ती दुर्घटनामा दैनिक ६ जनाले ज्यान गुमाउने गरेको देखिन्छ । गत वर्ष देशभरमा १ हजार ५ सय सडक दुर्घटना भएकामा २ हजार ४ जनाको ज्यान गएको थियो ।

जोशीका अनुसार वैशाख र जेठमा गरी २८ दिन अवधिमा भएका दुर्घटनाको ६९ प्रतिशत कारण चालकको लापरबाही देखिन्छ । चालकको लापरबाहीपछि तीव्र गति, यान्त्रिक गडबडी, पैदल यात्री र ओभरटेकका क्रममा बढी दुर्घटना भएका छन् । वैशाख र जेठको २८ दिनको दुर्घटनामा तीव्र गतिका कारण १ सय ३३ वटा, यान्त्रिक समस्याका कारण २२ र बाँकी दुर्घटना पैदल यात्री र ओभरटेकका क्रममा भएको तथ्यांकले देखाएको छ ।

जोशीका अनुसार जेठमा देखिएका दुर्घटनाका यी कारण अन्य समयमा पनि समान छन् ।

'वैशाखको तुलनामा जेठमा दुर्घटना कम भए पनि वार्षिक तथ्यांक हेर्दा नेपालमा २ हजारभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ,' उनले भने, 'यो भनेको औसतमा दैनिक ६ जनाको मृत्यु सडक दुर्घटनामा हुने हो ।' संख्या केलाउँदा देशभर औसत दिनमा ४० भन्दा बढी दुर्घटना हुने गरेको उनले जनाए ।

जेठ ६ देखि १९ सम्मको १४ दिन अवधिमा देशभर भएका ४ सय ७० वटा सडक दुर्घटनामा ९१ जनाको ज्यान गएको छ । यस्तै, वैशाखका १४ दिन अवधिमा देशभर ४ सय ९९ दुर्घटनामा १ सय १ जनाको ज्यान गएको थियो । वैशाख र जेठका २८ दिनको तथ्यांक हेर्दा पनि देशभर ९ सय ६९ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ९२ जनाको मृत्यु भइसकेको छ । यो भनेको एक दिनमा ६ जना भन्दा बढीको मृत्य हुनु हो । २८ दिनको अवधिमा भएको यो दुर्घटनामा ६ सय ७० वटा दुर्घटना चालकको लापरबाहीका कारण भएको तथ्यांक निर्देशनालयले प्रहरी प्रधान कार्यालयलाई बुझाएको छ ।

देशभरको दैनिक दुर्घटनाको दर हेर्दा सबैभन्दा बढी दुर्घटना काठमाडौं उपत्यकामै हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकाभित्र मात्र मासिक औसत ४ सय सवारी दुर्घटना हुने गरेका छन् जुन दैनिक १३ वटाभन्दा बढी हो । यसमा पनि कारक चालक लापरबाही नै बढी पाइएको छ ।

वैशाखमा ३ सय ४१ दुर्घटना भएकामा ३ सय ११ वटा घटनाको कारक चालक नै देखिन्छन् । त्यसअघि चैतमा ४ सय १८ दुर्घटना भएकामा ३ सय ८६ वटामा चालक लापरबाही कारक देखिन्छ । महाशाखाले उपत्यकाको सवारी दुर्घटनाबारे गरेको अनुसन्धानले पनि 'तीव्र गति' लाई नै मुख्य कारक औंल्याएको छ । बस, माइक्रोबस लगायत सार्वजनिक सवारीले 'जिकज्याक' चलाउँदा, लेन अनुशासन मिच्दा, तीव्र गतिमा ओभरटेक गर्दा, गलत ओभरटेक र गलत ढंगले मोड्दा, अरू सवारीलाई बाटो नदिँदा र पेलेर चलाउन खोज्दा बढी दुर्घटना भएको अनुसन्धान निष्कर्ष छ । उपत्यकामा पहिल्याइएका यी कारण राजमार्गमा भएका सवारी दुर्घटनासँग पनि मेल खान्छन् ।

तथ्यांकअनुसार सडकमा हुने दुर्घटना समयका हिसाबले सबैभन्दा बढी मध्याह्न १२ देखि साँझ ६ बजेसम्म हुने गरेका छन् । वार्षिक हुने १ हजार ५ सय दुर्घटनामा ४० प्रतिशत यही समयान्तरमा भएको पाइन्छ । साँझ ६ देखि रातको १२ बजेसम्म ३० प्रतिशत, बिहान ६ देखि मध्याह्न १२ अघि २५ प्रतिशत र बाँकी ५ प्रतिशत मध्यरात १२ बजेदेखि बिहान ६ बजेसम्म हुने गरेको तथ्यांकमा औंल्याइएको छ ।

ट्राफिक प्रहरीले आफ्नै अनुसन्धानबाट दुर्घटनाका कारण र समय तथ्यांकसहित पहिचान गरे पनि त्यसको नियन्त्रणमा भने कुनै सफलता हासिल गर्न सकेको छैन । महाशाखा प्रमुख डिआइजी प्रकाश अर्याल विगतको तुलनामा जेठमा दुर्घटनाको संख्या घटेको बताउँछन् । उनले विगतमा नियम मिच्दा हुने फितलो कानुन व्यवस्थाले बढी दुर्घटना हुने गरेको जानकारी दिए ।

'जेठ १ बाट बढेको जरिवानाले केही हदसम्म दुर्घटनामा कमी ल्याएको छ,' उनले भने, 'तर अझै सडक दुर्घटना कम गर्न र चालकलाई अनुशासित बनाउन अन्य सजाय तथा जरिवानालाई संशोधन गर्नुपर्ने देखिन्छ ।' उनले जबसम्म कानुन मजबुत हुँदैन र दोषीलाई कडा सजाय दिने अधिकार ट्राफिक प्रहरीसँग हुँदैन, तबसम्म दुर्घटनाको संख्यामा उल्लेख्य सुधार ल्याउन नसकिने बताए ।

प्रवक्ता जोशीले सवारी व्यवस्था ऐन (२०४९) २४ वर्ष पुरानो भइसकेकाले सवारी चाप र दुर्घटनाको प्रकृतिअनुसार नियम संशोधन जरुरी रहेको बताए । 'उक्त ऐनअनुसार नियम पालना नगर्नेले बढीमा २ सय रुपैयाँ तिरेर सजिलै उन्मुक्ति पाउने व्यवस्था थियो,' उनले भने, 'तर जेठ १ गतेबाट यसमा भएको संशोधनले बढीमा १५ सयसम्म जरिवाना लिन सक्ने व्यवस्था भएकाले केही हदसम्म सुधार हुने ढोका खुलेको छ ।' उनले दुर्घटना कम गर्न चालक र यातायात व्यवसायी आफैं पनि सचेत हुनुपर्ने उनले औंल्याए ।
Last modified onTuesday, 07 June 2016 08:16
प्रवीण ढकाल

प्रवीण ढकाल नागरिक दैनिकमा सामाजिक विषयमा कलम चलाउने पत्रकार हुन्। २०६३ देखि पत्रकारितामा संलग्न ढकाललाई Twitter मा @praveendhakal भेट्न सकिन्छ

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।