Thursday 7 Mangshir, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

(0 votes)
काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने विषयमा निजी शैक्षिक क्षेत्रसँग छलफल गरिने जानकारी दिए।


nepali-patro-june
सांसद गङ्गालाल तुलाधरले ऐनले स्पष्ट पार्न नसकेका कुरालाई नियमावलीबाट पूरा गरिने बताए। "सैद्धान्तिक रुपमा ऐनले शिक्षालाई सुधार गर्छ"– उनले भने, "तर केही नसमेटिएका कुरालाई नियमावलीले सम्बोधन गर्नुपर्छ।" सांसद डा बाबुराम पोखरेलले ऐनले शून्य दश जोड सञ्चालन गर्न अन्योल सिर्जना गरेको विचार व्यक्त गरे।

उमावि शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले ऐनले निजी विद्यालय सञ्चालनमा दोहोरो मापदण्ड ल्याएकाले संशोधन गर्नुपर्ने बताए। पारित गरिएको ऐनमा सञ्चालन भएका निजी शैक्षिक संस्था कम्पनी र नयाँ सञ्चालन हुन चाहनेलाई शैक्षिक गुठी अन्तर्गत राखिने व्यवस्था गरिएको छ।

हिसानका अध्यक्ष रमेश सिलवालले शिक्षा ऐनमा संशोधनको माग गर्दै १६ बुँदे प्रस्ताव पेस गर्नुभएको थियो। उनले ऐनले शिक्षाका सबै कुरालाई सम्बोधन गर्न नसकेकाले संशोधन गर्नुपर्ने बताए। त्रिविका पूर्वउपकुलपति डा कमलकृष्ण जोशीले ऐनमा भएका कमजोरीलाई केलाएर अस्पष्टता हटाउनुपर्ने बताए भने शिक्षाविद् डा विद्यानाथ कोइरालाले ऐनको प्रावधानले हाल सञ्चालित कम्पनीमा दर्ता भएका निजी शैक्षिक संस्थाको एकाधिकार बढी विकृति आउन सक्ने विचार व्यक्त गरे।

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले ऐन अपूर्ण भएको बताए। नेपाल बार एसोसिएनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले ऐनले केही निजी क्षेत्रलाई नियमकारी र केहीलाई निषेध गर्न खोजेकाले केही कुरामा परिवर्तन गर्नुपर्ने भनाइ राखे। रासस

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।