Monday 13 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

इमर्जिङलाई प्रारम्भिक छनोट

(0 votes)
काठमाडौं - नेपालले एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि २२ सदस्यीय प्रारम्भिक टोली छनोट गरेको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा अगस्ट १७ देखि २५ सम्म सिंगापुरका लागि महेश क्षेत्रीलाई पहिलो चरणको टोलीमा स्थान दिइएको छ।
nepali-patro-june
२०११ को डिसेम्बरमा काठमाडौंमा सम्पन्न एसिसी ट्वान्टी–२० कपदेखि विकेटकिपर/ब्याट्सम्यान महेशलाई नेपाली टोलीमा राखिएको छैन। श्रीलंकामा यु–२३ लिग खेल्न गएका सुवास खकुरेल अस्वस्थताका कारण बीचैमा फर्किएपछि विकल्पमा महेशलाई पनि विचार गरिएको बताइएको छ।
दुई महिनाअघि बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जितेको टोलीलाई यथावत् राखिएको छ। डिभिजन ३ जितेको टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास, अनिल मण्डल, प्रदीप ऐरी, शरद भेषावकर, विनोद भण्डारी, पृथु बाँस्कोटा, शक्ति गौचन, वसन्त रेग्मी, सञ्जम रेग्मी, राहुल बिक, अमृत भट्टराई र चन्द्र साउद थिए।
वैकल्पिक खेलाडीमा बर्मुडा गएका नरेश बुढाऐरसहित पूर्वकप्तान विनोद दास, सागर पुन, अविनाश कर्ण, यज्ञमान कुमाल, रामनरेश गिरी, जितेन्द्र मुखियालाई इमर्जिङ टिम्स कपको नेपाली टोलीमा राखिएको छ। नरेश हाल प्रशिक्षणका लागि इङ्ल्यान्डको लन्डनमा मेरिलोबोन क्रिकेट क्लबमा छन्। चोटका कारण विनोद डिभिजन ३ को टोलीमा थिएनन्। 
सिंगापुरमा नेपालले समूह चरणमा भारत, पाकिस्तान र अफगानिस्तानको सामना गर्नुपर्नेछ। समूह 'बी' मा श्रीलंका, बंगलादेश, युएई र सिंगापुर छन्। टेस्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको यु–२३ टोलीले सहभागिता जनाउने छन्। असोजमा युएईमा भएको एसिसी ट्रफी इलिट कपको शीर्ष टोलीलाई यसमा सहभागिता जनाउन दिइएको हो। फाइनल खेल 'टाई' भएपछि नेपाल र युएई संयुक्त विजेता भएका थिए। अफगानिस्तान तेस्रो भएको थियो। सिंगापुरलाई आयोजकका हिसाबले प्रतिस्पर्धा गर्न दिइएको हो।
एसिसीले पहिलोपल्ट आयोजना गर्न लागेको प्रतियोगितामा नेपालले अगस्ट १७ मा अफगानिस्तानसँग सिंगापुर क्रिकेट मैदानमा खेलेर प्रतियोगिताको प्रारम्भ गर्नेछ। त्यस्तै अगस्ट २० मा भारत यु–२३ सँग र २१ मा पाकिस्तान यु–२३ सँग खेल्नेछ। सेमिफाइनल २३ र फाइनल २५ मा हुनेछ। असार २६ बाट टोलीको बन्द प्रशिक्षण सुरु गरिने नेपाल क्रिकेट संघले जनाएको छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...