Tuesday 29 Shrawn, 2075 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

(0 votes)
विदाइ कार्यक्रमा यु-१९ क्रिकेट टोली। तस्विरः विजय गजमेर विदाइ कार्यक्रमा यु-१९ क्रिकेट टोली। तस्विरः विजय गजमेर
काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।
nepali-patro-june
राजु रिजालको नेतृत्वमा १४ खेलाडी, प्रशिक्षक जगत टमाटा, फिजियो दिनेश भट्ट, टिम व्यवस्थापक दीपक साउद र अम्पायर विनय झासम्मिलित टोली मंगलबारैमलेसिया प्रस्थान गरेको छ।

क्वाललम्पुरमा अक्टोबर १५ देखि २३ सम्म हुने प्रतियोगितामा नेपालले पपुवा न्युगिनी (पिएनजी), युगान्डा, अमेरिका र आयरल्यान्डसँग खेल्नेछ। बिहीबार पहिलो खेलमा नेपालले पिएनजीको सामना गर्नेछ।

प्रतियोगितामा पहिलो हुने टोलीले अफगानिस्तान, नामिबिया, क्यानडा, फिजी र स्कटल्यान्डसँगै टेस्ट मान्यताप्राप्त टोलीसँग फाइनल चरण खेल्नेछ ।

नेपालले दुई महिनाअघिमात्र मलेसियामा एसिसी यु–१९ प्रिमियर लिग खेलेर आएको थियो । त्यसमा अफगानिस्तानसँग पराजित हुँदै नेपालउपविजेतामासीमित भएको थियो ।

छनोटप्रतियोगिताका लागि नेपालले भारतको नयाँ दिल्लीमा दुई साता अभ्यास गरेको थियो । भारतको तयारी फलदायी भएको कप्तान राजु रिजालले बताए।

'एसिसीमा भन्दा अहिले टोलीमा सुधार आएको छ। हाम्रो ओपनिङमा समस्या देखिँदै आएको थियो, तर भारत भ्रमणपछि सुधार भएको छ,' कप्तान राजुले भने, 'ओपनिङसँगै मिडलअर्डर ब्याट्सम्यानले पनि राम्रो गरिरहेकाले जित्नेमा विश्वस्त छौं।'

मलेसियाको वातावरण नेपालसँग मिल्दोजुल्दो छ। नेपालका प्रशिक्षक टमाटाले नेपाली टोली त्यहाँको वातावरणमा अभ्यस्त भइसकेकाले जित्नेमा विश्वास व्यक्त गरे।

'सबै तयारी राम्रो छ । १४ दिने भारत भ्रमणले ब्याटिङमा सुधार आएको छ । हाम्रो ओपनिङ ब्याट्सम्यानले पनि राम्रो गरिरहेका छन्,' टमाटाले भने, 'टोलीको बलियो पक्ष भनेको सबै अलराउन्डर खेलाडी छन् । त्यसैले प्रतियोगिता जितेर फर्कनेछौं ।'

राष्ट्रिय टोलीका प्रशिक्षक पुब्दु दासानायकेले युवा टोलीका लागि यो राम्रो अवसर भएको बताउँदै प्रतियोगितालाई हल्का ढंगमा नलिन आग्रह गरे। उनले टोली प्रतिभावान खेलाडी भएका कारण राम्रो गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा क्यानका सदस्य नरेन श्रेष्ठले विगतमा नेपालले राम्रो गरिरहेको स्मरण गर्दै यसपल्ट पनि टोलीले राम्रो गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...