Thursday 8 Bhadra, 2074 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

बेङ्लोरको प्रतिद्वन्द्वी हैदराबाद

(0 votes)
दिल्ली- कप्तान डेविड वार्नरको अविजित ९३ रनप्रेरित सनराइजर्स हैदराबादले आइपिएल प्लेअफमा गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै फाइनल स्थान पक्का गरेको छ।
nepali-patro-june
फिरोज शाह कोट्ला रंगशालामा टस हारेर ब्याटिङ निम्त्याइएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। १ सय ६३ रनको लक्ष्य हैदराबादले ४ बलअघि ६ विकेट गुमाएर पूरा गरेको थियो। हैदराबादले अब आइतबार रोयल च्यालेन्जर्स बेङ्लोरसँग फाइनल प्रतिस्पर्धा गर्नेछ।

गुजरातका अग्रपंक्तिले राम्रो सुरुआत गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानले इनिङ सम्हालेका थिए। ओपनर एकलव्य द्विवेदी ५ रनमा पवेलियन फर्किएभने कप्तान सुरेश रैना १ रनमा आउट भए। ब्रेन्डन म्याकलम ३२ रन जोड्दा दिनेश कार्तिकले २६ रन जोडे। आरोन फिन्चले ५० रन बनाएर टोलीको इनिङ सम्हाले। ड्वाइने ब्राभो २० रनमा आउट हुँदा रवीन्द्र जडेजा १९ रनमा अविजित रहे।

हैदराबादका भुवनेश्वर कुमार र बेन कटिङले २–२ तथा ट्रेन्ट बोल्ड र विपुल शर्माको नाममा १–१ विकेट रह्यो।

हैदराबादका अन्य ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न नसकेपनि वार्नरले अविजित ९३ रन जोडेपछि टोलीले फाइनल स्थान पक्का गरेको हो। ५८ बल खेलेका वार्नरले ११ चौका र ३ छक्का प्रहार गरे। विपुल २७ रनमा अविजित रहे भने मोसिस हेनरिक्सले ११ र नमन ओझाले १० रन जोडे।गुजरातका ब्राभो र सिभिल कौशिकले २–२विकेट लिए भने ड्वाइने स्मिथले १ विकेट लिए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...