Thursday 8 Bhadra, 2074 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

हैदरावाद आइपिएल च्याम्पियन

(0 votes)
हैदरावाद आइपिएल च्याम्पियन
बेङलुरु- रोयल च्यालेन्जर्स बेङलोरलाई ८ रनको अन्तरमा पराजित गर्दै सनराइजर्स हैदराबादले आइतबार राति इन्डियन प्रियिर लिग (आइपिएल) को उपाधि जितेको छ।
nepali-patro-june
बेङलोरको चिन्नास्वामी रंगशालामा टस जितेर ब्याटिङ रोजेको हैदराबादका लागि कप्तान डेविड वार्नरले कप्तानी इनिङ खेल्दै अर्धसतक बनाएपछि टोलीले पूरा २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा २ सय ८ रनको योगफल तयार गरेको थियो। जवाफमा आएको विराट कोहलीको बेङलोरलाई ७-२०० मा रोक्दै हैदराबादले पहिलो पटक आइपिएलको उपाधिमा कव्जा जमाएको हो।

कप्तान वार्नरले ३ बलमा ६९ रन बनाएको हैदराबादका लागि उनका ओपनिङ पार्टनर शिखर धवनसहित युवराज सिंह र बेन कटिङको सामुहिक प्रदर्शनमा टोली ठूलो योगफल बनाउन सफल भएको थियो। उच्च फर्मलाई निरन्तरता दिने क्रममा वार्नरले टोलीका लागि सर्वाधिक रन बनाए। पहिलो विकेटका लागि शिखर धवनसँग ६३ रनको साझेदारी गरेका वार्नरले ३८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। सबैभन्दा आक्रामक प्रदर्शन मध्यक्रमका कटिङले गरे। १५ बल खेलेका उनले ४ छक्का र ३ चौकाका साथ अविजित ३९ रन बनाए। भुवनेश्वर कुमारले अविजित ५ रन बनाउँदै कटिङलाई साथ दिए। ओपनर धवनले २५ बल खेल्दै ३ चौका र १ छक्कासहित २८ रन जोडे। चौथो नम्बरमा ब्याटिङ गरेका युवराज सिंहले ३८ रन बटुले। उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। हैदराबादका अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन्।

बेङलोरका क्रिस जोर्डनले ३ विकेट लिए भने श्रीनाथ अरविन्दले २ र युजभेन्द्र चहलले १ विकेट लिएका थिए।

जवाफमा २ सय ९ रनको ठूलो लक्ष्य लिएर आएको बेङलोरलाई ओपनरद्धय क्रिस गेल र कप्तान कोहलीले सानदार सुरुआत दिलाएका थिए। गेलले ३८ बलमा ८ छक्का र ४ चौकासहित ७६ रन बनाउने क्रममा पहिलो विकेटका लागि १०.३ ओभरमा कोहलीसँग १ सय १४ रनको साझेदारी गरेका थिए। कोहलीले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। आइपिएलको एकै सिजनमा सर्बाधिक रन बनाउने क्रममा कोहलीले १६ इनिङमा ४ सतक र ६ अर्धसतकसहित ९ सय ७३ रन बनाए। कोहली आउट हुँदा १३ औं ओभरको पाँचौं बलमा बेङलोरको स्कोर १ सय ४० थियो।

त्यसपछि बेङलोरका लागि कसैले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ठूलो आशा गरिएका एबी डी भिलियर्स ५ रनमै पवेलियन फर्कि भने सचिन बेबीले बनाएको अविजित १८ रन गेल र कोहलीपछि टोलीको उच्च स्कोर थियो। लोकेश राहुल र शेन वाट्सनले समान ११ रनको योगदान गरे।

हैदराबादका कटिङले दुई विकेट लिए भने ब्रेन्डर स्रान, मुस्ताफिजुर रहमान र विपुल शर्माले एक/एक विकेट लिए। बेङलोरका दुई ब्याट्सम्यान रनआउट भएका थिए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...