15 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

बार्सिलोनालाई २२औं लिग उपाधि

(0 votes)
बार्सिलोनालाई २२औं लिग उपाधि
मड्रिड – क्याम्प नोउ मैदानमा वर्षाबाट प्रभावित खेलमा भालाडोलिडलाई २–१ ले हराएपछि बार्सिलोनाले आइतबार २२औं पटक स्पेनिस ला लिगाको उपाधि उचालेको छ। वर्षाका कारण बार्सिलोनाको घरेलु खेलमा उल्लेख्य दर्शक उपस्थिति घटेको थियो। ९९ हजार ३ सय ५४ सिट क्षमताको रंगशालामा ५६ हजार ५५ दर्शक मात्र बार्सिलोनाले उपाधि उचालेको दृश्य हेर्न क्याम्प नोउ धाए।
nepali-patro-june
न्युन दर्शक उपस्थितिका बाबजुद पहिलो हाफमा पेड्रो रोड्रिग्वेजको गोलमा मार्क भालिन्टेले आत्मघाती गोल थपेपछि बार्सिलोनालाई ३ अंक एकतर्फी पार्न पर्याप्त भयो। यो जितपछि रियाल मड्रिडले स्पेनिस ला लिगाको एकै सिजनमा १ सय अंक जोडेर बनाएको कीर्तिमानसँग बराबरी गर्ने बार्सिलोनाको लक्ष्य कायम रहेको छ। भिक्टोर पेरेजले पराजित टोलीका लागि समय सकिन एक मिनेट बाँकीमा पेनाल्टीमा एक गोल फर्काए पनि बार्सिलोनाको जित रोक्न त्यो पर्याप्त भएन।

बार्सिलोना कप्तान कार्लोस पुयोलले स्वास्थ्य समस्याका कारण सिजनको अधिकांश समय उपचारमा बिताएका प्रशिक्षक टिटो भिलानोभा र खेलाडी इरिक एबिडाललाई उपाधि समर्पित गरे। ...यो निकै कठिन वर्ष रह्यो, तर हामीले उपाधि जित्यौं। अझ महŒवपूर्ण कुरा त टिटो र एबिडाल अहिले हामीसँग छन्,' पुयोलले भने, 'म यो उपाधि टिटो र एबिडालका साथै सम्पूर्ण समर्थकमा समर्पित गर्न चाहन्छु।'

भिलानोभाले दुःखको समयमा साथ दिने सबैलाई धन्यवाद दिँदै भने, 'राम्रो र नराम्रो सबैखाले समयमा हामीलाई समर्थन गर्ने र हामीमाथि विश्वास कायम राख्ने सबैमा हामी धन्यवाद दिन चाहन्छौं। समर्थकको माया नहुँदो हो भने कुनै पनि सफलताको अर्थ रहन्न।'

पुछारतर्फ डेर्पोटिभो ला कोरुनाले स्पान्योलमाथि महत्वपूर्ण जित दर्ता गरायो। ब्रुनो गामा र नेल्सन ओलिभियराले गोल गरेपछि डेर्पोटिभो २–० को जितका साथ रेलिगेसन क्षेत्र छोड्न सफल भयो। डेर्पोटिभोले विजय पाएको दिन एथलेटिक बिल्बाउमा २–१ को हार बेहोरेपछि रियाल जारागोजा तेस्रो रेलिगेसन स्थानमा झरेको छ। २ खेल बाँकीको अवस्थामा आइतबारको नतिजापछि जारागोजा डेर्पोटिभोभन्दा १ अंकले पछि छ।

आइतबारै चाँडो सम्पन्न खेलमा रायो भालेकानोले लेभान्टेमाथि ३–२ को जित दर्ता गरायो।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...