Tuesday 3 Poush, 2075 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

डी मारिया रियालबाट विदा!

(0 votes)
डी मारिया रियालबाट विदा!
लन्डन– म्यानचेस्टर युनाइटेडले रियाल मड्रिडका अर्जेन्टिनी विंगर एन्जेल डी मारियालाई भित्राउने सम्भावना बलियो भएको छ।
डी मारियासँग सम्झौता गर्न युनाइटेड बेलायती कीर्तिमानी सरुवा रकम तिर्न तयार हुनुपर्ने त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। डी मारियाले रियालका टिम सहयात्रीसँग विदा लिइसकेका छन्।
nepali-patro-june
२६ वर्षे मिडफिल्डरको सुरुवा स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेसको भन्दा महंगो हुने अपेक्षा गरिएको छ। सन् २०११ मा टोरेस लिभरपुलबाट ५ करोड पाउन्डमा चेल्सी गएका थिए। युनाइटेडले उनलाई ७ करोड ५० लाख पाउन्डसम्म तिर्न सक्ने अनुमान गरिएको छ। युनाइटेडले पछिल्लो पटक २००२ मा लिड्सबाट रियो फर्डिनान्ड भित्राउँदा २ करोड ९१ लाख पाउन्डको तत्कालिन वेलायती कीर्तिमानी रकम खर्चिएको थियो। 
२०१० मा डी मारिया २ करोड पाउन्डमा बेन्पि्ककाबाट रियाल पुगेका थिए। त्यसयता उनी क्लबको महत्वपूर्ण सदस्य रहँदै आएका थिए। गत सिजन क्लबले दसौं पटक युरोपियन च्याम्पियन्स लिग जित्दा उनको भूमिका पनि महत्वपूर्ण थियो। तर गत साता स्पेनिस सुपर कपमा उनी टोलीमा पर्न सफल भएनन्। 
तीघ्राको चोटका कारण विश्वकप क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध खेल्न नसकेका डी मारिया प्रि सिजन तयारीमा फर्ममा थिए। उनी विश्वकपको उत्कृष्ट १० खेलाडीमा समेटिएका थिए। यसपटक सरुवा बजार खुला भएसँगै उनी प्रिमियर लिगमा जाने चर्चा व्यापक भएको थियो। 
‘डी मारियाले आज हामीसँग अभ्यास गरेनन्। उनी खेलाडी र क्लबका अन्य व्यक्तिसँग विदा माग्न आएका थिए,' रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘अपौचारिक रुपमा केही टुंगिएको छैन।'
द डेली मेलका अनुसार डि मारियाले युनाइटेडका प्रशिक्षक लुइस भान हालसँग आफ्नो भुमिका र ७ नम्बर जर्सीका विषयमा छलफल गरेका थिए। युनाइटेडमा ७ नम्बर जर्सी जर्ज बेस्ट, इरिक क्यान्टोना र डेभिड बेकह्यामले लगाएका थिए। 
डी मारियाको सम्झौता भए नयाँ सिजन क्लबमा जाने उनी चौथो खेलाडी हुनेछन्। ल्युक शा, आन्द्रे हेरेरा र अर्जेन्टिनाका मार्कोस रोजा लिन युनाइटेडले ७ करोड २० लाख पाउन्ड खर्चिसकेको छ। 
‘व्यक्तिगत रुपमा मलाई यो मन परेको छैन,' रियालका पूर्व प्रशिक्षक रामोन काल्डेरोनले भने, ‘सामान्यता आफूसँग भएका धेरै राम्रा खेलाडी क्लबले बेच्दैन।'

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...