15 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

स्पेनलाई ३-० ले हराउँदै ब्राजिलले उचाल्यो अन्तरमहादेशीय कप (फोटो सहित)

(0 votes)
रियो द जेनेरियो- ब्राजिलले अन्तरमहादेशीय कपको फाइनलमा साविक विश्व विजेता स्पेनलाई ३-० ले स्तब्ध पार्दै आफूलाई फुटबल महाशक्ति सावित गरेको छ। ब्राजिललाई अन्तरमहादेशीय कप जिताउन स्ट्राइकर फ्रेडको २ गोल महत्वपूर्ण रह्यो। खेल सुरू भएको २ मिनेटमै गोल गर्दै उनले घरेलु दर्शकलाई उत्साही पारे। अन्तरमहादेशीय कप फाइनलमा यो नै अहिलेसम्मको छिटो गोल हो।
nepali-patro-june

४४ औं मिनेटमा ब्राजिली स्ट्राइकर नेइमारले अर्को गोल थपे। अस्करबाट पाएको पासमा शक्तिशाली प्रहार गर्दै उनले बललाई जालीभित्र पुर्या इदिँदा विश्व विजेता टोली स्तब्ध हुन पुग्यो। ४७ औं मिनेटमा फेरि फ्रेडले अर्को गोल थपेपछि ब्राजिल जीतका लागि अझ अघि बढ्यो। फ्रेडको गोललाई रंगशालामा उपस्थित हजारौं दर्शकले उल्लास मनाएर स्वागत गरेका थिए।

सुरु देखि नै खेलमा हावी भएको ब्राजिलविरुद्ध स्पेनले राम्रो प्रदर्शन गरे पनि गोल गर्न सकेन। ४१ औं मिनेटमा गोल फर्काउने राम्रो मौका स्पनेले पाएको थियो। तर ब्राजिली डिफेन्डर डेभिड लुइजले त्यसलाई बचाए र घरेलु दर्शकको ताली पाए। ६८ औं मिनेटमा स्पेनका पिक्युले रातो कार्ड खाएर मैदान बाहिर गएपछि युरोपेली फुटबल शक्ति स्पेनको खेल केही खस्कियो।

यो जितलाई आगामी वर्ष हुने विश्वकपका लागि ब्राजिलको तयारीका रुपमा हेरिएको छ। ब्राजिली प्रशिक्षक लुइस फिलिप स्कोलारीले आफ्ना खेलाडीको प्रदर्शनको प्रशंसा गरे।

भिडियो

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...