Sunday 4 Kartik, 2075 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

फुटबल संघ नाजवाफ

(0 votes)
फुटबल संघ नाजवाफ
काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

nepali-patro-june
पछिल्लो ८ वर्षयता अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गर्दै आएको आशंकामा प्रहरीले बुधबार कप्तान सागर थापासहित पाँच खेलाडीलाई पक्राउ गरेपछि एन्फा नेतृत्व लाचार देखिएको छ। पक्राउ पर्नेमा थ्री स्टार क्लबका कप्तान समेत रहेका सागर, सोही क्लबका अर्का खेलाडी सन्दीप राई, नेपाल पुलिसका रितेश थापा तथा थ्री स्टारका पूर्व खेलाडीद्वय अन्जन केसी र विकाससिंह क्षेत्री छन्। सन् २००८ यता ती चार खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको प्रहरीको दाबी छ। रितेश गोलकिपर र बाँकी रक्षक हुन्।

सागर र रितेश दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीमा छन्। सागरले ६४ र रितेशले १४ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। २००८ देखि राष्ट्रिय टोलीमा रहेका सन्दीपले देशका लागि ४९ खेल खेलिसकेका छन्। विकास फुटबलमा निस्त्रि्कय छन् भने अञ्जन केही महिनाअघिसम्म थ्री स्टारका प्रशिक्षक थिए।

घरेलु फुटबलको मिलेमतोमा एन्फा कहिल्यै जिम्मेवार भएन। मिलेमतोको विषयप्रति चर्को आवाज उठ्दा एउटा समिति बनाउने बाहेक एन्फाले कुनै ठोस कदम चाल्न सकेन। तर, खेल मिलेमतोमा हरेक वर्ष थप झाँगिदै जाँदा पनि एन्फाले त्यसलाई नजरअन्दाज गर्योस। एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर खेलमिलेमतोलाई न्युनिकरण गर्न प्रभावकारी रूपमा काम गर्न नसकेको स्वीकारे।

...घरेलु फुटबलमा पनि मिलेमतोको हल्ला सुनिन्छ। तर, ठोस प्रमाण नपाएपछि त्यो सबै यत्तिकै सेलाउँछ,' उनले भने, ...त्यसको न्युनिकरणका लािग होम एन्ड अवे, हेड टु हेड अपनाएका छौं। तर त्यसले मात्र मिलेमतो पूर्ण रूपमा नियन्त्रण गाह्रो हँुदोरहेछ। एन्फाले गर्न सक्ने तहमा काम गरे पनि प्राविधिक रूपमा हामी पछि परेको सही हो।'

प्रहरीका अनुसार पक्राउ परेका खेलाडीले मिलेमतोका लागि ठूलो रकम लिएको स्विकारिसकेका छन्। खेल हार्न र विपक्षीले चाहेजति गोलअन्तरमा हार्न उनीहरूले रकम लिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बयानका क्रममा एक खेलाडीले आर्थिक स्रोत बलियो नभएको र एन्फाले जति भने पनि समस्या नसुनेका कारण मिलेमतो गर्नुपरेको बताए।

तर, नेपाली खेलकुदमा सबैभन्दा बढी सुविधा र पारिश्रमिक फुटबल खेलाडीले नै पाउँछन्। राष्ट्रिय टोलीका खेलाडीले एन्फाबाट मात्र होइन, क्लबबाट पनि पारिश्रमिक पाउँछन्। त्यसबाहेक पक्राउ परेका पाँचमध्ये ४ खेलाडीले एन्फाका ठूला पुरस्कार जितिसकेका छन्। सागर र रितेशले एन्फाले अपार्टमेन्ट पुरस्कार पाएका छन् भने तीन वर्षअघि सन्दीपले एनसेल कार जितेका थिए। अञ्जनले पनि प्रतिष्ठित रुपक स्मृति पुरस्कार प्राप्त गरेका थिए। चोट कारण केही वर्षयता विकास मैदानमा सक्रिय छैनन्।

आन्तरिक फुटबलमा गलत कार्य रोक्न नसक्दा नेपाली खेलाडी अहिले राज्यविरुद्धको अभियोगमा अनुसन्धान घेरामा छन्। यसले फुटबलको लोकप्रियता र खेलाडीप्रतिको विश्वास घटाउने सिइओ तुलाधरको अनुमान छ।

उनले भने, ...यो घटनाले सबैभन्दा बढी मर्माहत आमदर्शक र समर्थक भएका छन्। जसले यो खेल र खेलाडीलाई वर्षौदेखि माया गरिरहेका छन्। उनीहरूलाई यो घटनाले निराश बनाएको छ।'

यो घटनाले खेलमिलेमतोलाई गम्भीरतापूर्वक लिनुपर्ने पाठ सिकाएको तुलाधर मान्छन्। 'खेलमिलेमतो विश्व फुटबलको महारोग हो। हामीलाई पनि जवाफ दिन गाह्रो भइरहेको छ,' तुलाधरले भने, ...हामीले आउने दिनमा घरेलु फुटबलमा पनि प्रहरीको सहयोगमा मिलेमतोको न्युनिकरणका लागि प्रयास थाल्नुपर्ने आवश्यकता देखिएको छ। हामीले यो संयन्त्र अझै बलियो बनाएर काम गर्नुपर्ने भएको छ।'

एन्फाले बिहीबार पाँच खेलाडीलाई मिलेमतोको घटनाको पूर्ण छानबिन नभएसम्म फुटबलका सबैखाले गतिविधिबाट निलम्बन गरेको छ। प्रेस विज्ञप्तिमार्फत एन्फाले घटनाले दुखित बनाएको भन्दै छानबिनमा प्रहरीलाई सबैखाले सहयोग गर्न तयार रहेको जनाएको छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...