×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 26 Mangshir, 2074 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

सानो भान्जो अर्थात् विकेश कुथु

(0 votes)
नागरिक फाइल तस्बिर नागरिक फाइल तस्बिर
सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस क्लब, नेपाली सेना, एपीएफ, हिमालयन शेर्पा जस्ता टोलीलाई हराउँदै उपाधि जितेको थियो। घरेलु टोलीले ट्रफी जित्दा मामा–भान्जा 'नायक' बनेका थिए।
nepali-patro-june
त्यसपछि प्रतियोगिताको चार संस्करण हुँदा मामा भान्जाको चर्चाले थप उचाई लियो। उनीहरुको खेल हेर्न वरपरका दसगाउँका स्थानीय उर्लेर लामोसाँघुको बसन्तपुर मैदान पुग्थे। र खेल हेरेपछि उनीहरु भन्थे, 'सानो भान्जो एकदिन पक्कै ठूलो मान्छे बन्नेछ।' सानो भान्जो अर्थात विकेश कुथु। भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जित्दा उनै कुथु नायक मध्ये एक बने। फाइनलमा उनले फाइनलमा भारतीय खेलाडीको कडा प्रहार सानदार बचावट गर्दै नेपाललाई उपाधि दिलाउन योगदान गरे। तीन साता अघि नेपालले बंगलादेशमा बंगबन्धु गोल्ड कप जित्दा विकेश नेपाली टोलीको गोलकिपर थिए।

'कुथुको मेहनत, लगाव र अनुशासन देखेरै जिल्लावासीले उनीबाट ठूलो अपेक्षा गरेका थिए,' सिन्धु कप आयोजना गर्ने जिल्ला फुटबल संघका अध्यक्ष वीरबहादुर खड्का भन्छन्, 'सिन्धुको घेरा तोडेर उनले मुलुककै अपेक्षा पूरा गरे।' टीम सदस्य तथा फुटबल गुरु मामा र दाजुलाई उछिन्दै दोस्रो सिन्धु कपमा पाएको उत्कृष्ट गोलकिपरको उपाधि उनको फुटबल करियरमा कोशेढुंगा सावित भएको खड्का सम्झन्छन्।

'स्कुलदेखि राम्रो खेलेपनि भान्जा (कुथु)ले अहिले सफलता पाउला भन्ने सोचेको थिएन,' विकेशका मामा हरिशरण श्रेष्ठले भने।

उनका अनुसार परिवारै फुटबलमा होमिएकाले कुथु आठ–नौ कक्षा पढ्दा खेलाडी बनिसकेका थिए। दाजु बिएम कुथु र मामा बालगोपाल श्रेष्ठले उनलाई फुटबल खेल्न सिकाएका हुन।

आफ्नो खेल करियरमा यी दुई जिल्लाकेा अब्बल खेलाडीमा गनिन्थे। सिन्धु कप र जिल्लामा प्रतियोगिता हुँदा यी तीन मामा भान्जा एउटै टीमबाट खेल्थे। जमानाका चर्चित खेलाडी बालगोपाल भान्जा भएकाले मैदान भित्र र बाहिर कुथु दाजुभाइलाई सबैले भान्जा भन्छन।

दाजुभाइमा कान्छा भएकाले कुथुलाई सानो भान्जाले सम्बोधन गर्न थालिएको थियो। कुथुकी दिदी रुपा महिला राष्ट्रिय फुटबल टीमकी पूर्व खेलाडी हुन्। उनले २०४५–०४६ तिर राष्ट्रिय टीम परेर खेल्न थालिन्। श्रेष्ठले भने, 'एउटा खेलाडीमा चाहिने अनुशासन, लगाव र मेहनत कुथुमा सानैदेखि विकास भएको थियो। यही गुणका कारण उनी राष्ट्रिय खेलाडी बन्न सकेका हुन।'

विकेशले दिलाएको सफलताले भुकम्पबाट पिडित बनेको सिन्धुपाल्चोक बासीलाई खुसी मनाउने अवसर दिएको छ। भुकम्पको पीडालाई यहाँका बासिन्दाले अझै पुर्ण रुपमा बिर्सन सकेको छैन। तर राष्ट्रिय टोलीको पाएको सफलताले सिन्धुपाल्चोकमा खुसी छाएको थियो। त्यसमा पनि आफनै जिल्लाको विकेशले राष्ट्रिय टोलीको लागी गरेको योगदानबाट त सिन्धुबासीले गर्व गरिरहेको छन। विकेश र राष्ट्रिय टोलीको सफलताको सम्मानमा जिल्लैभर मंगलबार मोटरसाइकल र्यानली निकालिएको थियो।

सामान्य परिवारका कुथु बाह्रविसे गाविस सुनकोसी गाउँका हुन्। भूकम्पपछि चर्किएको घरमा उनको परिवार बसिरहेको छ। भूकम्प पीडित कुथुका अरु दुई घर ढलेका थिए। लामोसाँघुको केतु बोर्डिङबाट एसएलसी गरेका उनले विद्यालय स्तरीय खेलबाट फुटबल करियर सुरु गरेका हुन्। एकपछि अर्को गर्दै उनले राम्रो प्रदर्शन गरेपछि फुटबल संघका अध्यक्ष खड्काले सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने विभिन्न प्रतियोगितामा उनलाई मौका दिए। जिल्ला लिग, रेडबुल लिग, एनसेल कप खेल्दै उनी माझिँदै गए।

कुथुलाई तिखार्न प्रत्यक्ष, अप्रत्यक्ष भूमिका खेलेका खड्का अहिले एन्फाका उपाध्यक्ष छन्। उनका मामा श्रेष्ठ कुथुलाई यो उचाइमा पुर्यारउन खड्काको ठूलो देन र भूमिका रहेका स्वीकार्छन्। उनलाई राष्ट्रिय खेलाडीको रुपमा परिचित बनाउने काम भने पूर्व कप्तान उपेन्द्रमान सिंहले गरे। सिन्धु कप खेल्न हिमालयन शेर्पा क्लव पनि आउँथ्यो। त्यसको प्रशिक्षक थिए सिंह। होचो कदका भएपनि कुथुको गोलकिपिङ कौशल देखेर सिंहले उनलाई हिमालयनमा भित्र्याए। कुथुले त्यहाँ राम्रो गरिरहँदा सिंहको क्लव मध्यपुर ए–डिभिजनमा पुग्यो। पहिलो रोजाइको गोलकिपरको रुपमा उनले त्यहाँ ठाउँ पाइ हाले।

मध्यपुरमै गरेको प्रदर्शनबाट कुथु एन्फाको नजरमा परेको उपाध्यक्ष खड्का सुनाउँछन्। उनका अनुसार नेपालको उमेर समूहमा छनोट भएपनि कुथु लामो समय बेन्चै सिमित भए। राष्ट्रिय टिममा परेपछि सन् २०१२ मा भारतको नेहरु कपमा उनले डेब्यू गरे। पहिलो रोजाइका किपर रितेश थापा घाइते भएपछि उनले डेब्यू हुने मौका पाएका थिए। उनको यही डेब्यू खेलमा थापालाई म्याचफिक्सिङको आरोप लागेको छ। त्यसयता निरन्तर राष्ट्रिय टिममा पर्दै आएपनि उनी दोस्रो रोजाइमा सिमित थिए। तर पछिल्लो दुइ प्रतियोगिमा विकेशले उत्कृष्ट प्रदर्शन गदै नेपाललाई दुइ उपाधि दिलाउमा महत्वपुर्ण योगदान गरिसकेको छन। एउटा कुशल गोलकिपरमा हुने गुण छ उनमा। एक पछि अर्को सफलता हासिल गरिरहेको विकेशबाट नेपाली फुटबलले अझै धेरै अपेक्षा गरेको छ। नेपाली फुबलमा उनी एक प्रतिभाशाली गोलकिपर हुन। उनमा नेपाललाई थप उपाधि दिलाउन सक्ने क्षमता छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...