Tuesday 14 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

टिम जिताउन पूजा र बलि

  • आइतबार ९ भाद्र, २०७०
  • प्रकाश तिमल्सिना
  • Be the first to comment!
(0 votes)
साफ च्याम्पियनसीपमा जित कामना गर्न शनिबार दशरथ रंगशालाको प्यारापिटमा संकल्प पूजा गरिँदै। तस्विरः विकास कार्की साफ च्याम्पियनसीपमा जित कामना गर्न शनिबार दशरथ रंगशालाको प्यारापिटमा संकल्प पूजा गरिँदै। तस्विरः विकास कार्की
काठमाडौं - अन्तर्राष्ट्रिय फुटबलमा सधैं निराशा भोग्दै आएको नेपाली राष्ट्रिय टोलीको सफलता कामना गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार दशरथ रंगशालामा संकल्प पूजा गर्नुका साथै पञ्चबलि दिएको छ।
nepali-patro-june
यसै साता रंगशालामा दक्षिण एसियाका आठ देशको सहभागितामा सुरु हुने साफ च्याम्पियनसिपको आठौं संस्करणमा नेपाली टोलीको सफलता कामना गर्दै उक्त संकल्प पूजा र बलि दिएको एन्फा स्रोतले जानकारी दियो। साफ च्याम्पियनसिप १६ वर्षपछि घरेलु मैदानमा हुन लागेको हो।

एन्फा अध्यक्ष गणेश थापा र उपाध्यक्ष महेश विष्ट शनिबार दिउँसो संकल्प पूजामा सामेल भए। काठमाडौंमा रहेका एन्फाका अन्य अधिकांश पदाधिकारी तथा सदस्य पूजा दौरान रंगशालामै थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामा पनि एन्फा पदाधिकारीलाई हौस्याउन पूजास्थल पुगेका थिए।

दक्षिण एसियाली स्तरमा नेपालले सधैं उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा निकाल्न असफल भइरहेका बेला दशा टार्न यस्तो पूजापाठ गरिएको एन्फाका एक पदाधिकारीले बताए।

'साफ च्याम्पियनसिपमा हामीलाई सधंै भाग्यले ठग्ने गरेको छ। त्यसैले अहिले दूर्भाग्यको सिकार बन्नु नपरोस भन्ने कामनामा पूजा गरेका हौं,' उनले भने, 'हामीले प्रतियोगिता दौरान कुनै दुर्घटना नहोस् र सफलता साथ आयोजना सम्पन्न होस् भनेर पनि पूजा गरेका हौं।'

एन्फाले दशरथ रंगशालामा मध्यराततिर पञ्चबलि दिएको थियो। मैदानको उत्तरी भागमा भेडा, बोका, हाँस, कुखुरा र अन्डा भोग दिइएको हो। पञ्चबलि दिनुअघि दिनभरजसो खेलदौरान पत्रकार सम्मेलन गर्ने हलमा लिपपोत गरी पाठपूजा गरिएको थियो। दिउँसो करिब २ बजे सुरु भएको संकल्प पूजा सकिएपछि साँझ पौने सात बजे पञ्चबलि पूजा सुरु भयो।

विगतमा पनि अन्य प्रतियोगिता गर्दा एन्फाले सफल आयोजनाको कामनासहित बलि दिने गरेको थियो। 'यस्तो पूजा पहिले पनि हुन्थ्यो, कुनै ठूलो कुरा होइन। धर्ममा आस्था राख्नेले परम्पराअनुसार पूजाआजा गर्नु राम्रो हो,' एन्फाका अर्का पदाधिकारीले भने, 'हामीले पूजामात्र गरेर जितको कामना गरेका छैनौं। जितका लागि लामो समयदेखि राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा राखेर विशेष रूपमा तयार पारेका छौं। हामी खेलले पनि जित्न लायक छौं।'

साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली टोली हाल अरब राष्ट्रको भ्रमणमा छ। बहराइनमा ११ दिन बसेर दुई खेल खेलेपछि कुवेत पुगेको टोली आइतबार नेपाल फर्कने योजना छ। कुवेतमा नेपालले तीन अभ्यास खेल खेल्यो।

सन् १९९७ मा काठमाडौंबाटै सुरु भएको दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो मेलामा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन। १९९९ मा भारतको गोवामा सम्पन्न दोस्रो संस्करण र २०११ मा नयाँदिल्लीमा सम्पन्न सातौं संस्करणमा सेमिफाइनलसम्म पुग्नु नै प्रतियोगितामा नेपालको अहिलेसम्मको सफल नतिजा हो।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...