×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 5 Ashad, 2075 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

अर्जेन्टिना समूह विजेता

(0 votes)
अर्जेन्टिना समूह विजेता
सियाटल- अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदा बोलिभियालाई सहजै ३–० ले हराएको छ। अर्को खेलमा चिलीले पानामालाई ४-२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। पहिलो दुई खेलमा चिली र पानामामाथि विजय पाएको उपाधि दाबेदार अर्जेन्टिना समूह 'डी' बाट क्वार्टरफाइनलमा पुगिसकेको थियो। मंगलबार (नेपाली समयअनुसार बुधबार बिहान) को जितपछि टोली समूह विजेता बन्न सफल भयो।
nepali-patro-june
अर्जेन्टिनाले ३ खेलबाट ९र चिली६ अंक जोड्दैअर्को चरण पुगे। पानामा र बोलिभिया समूह चरणबाटै बाहिरिए।

अब अर्जेन्टिनाले शनिबार सेमिफाइनल पुग्नका लागि भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ। दुईपटकको विश्व विजेता अर्जेन्टिना २३ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा केन्द्रित छ।

अर्जेन्टिना २०१४ को विश्वकप र गतवर्ष कोपा अमेरिकाको फाइनलमा असफल भएको थियो।

पानामाविरुद्ध सानदार प्रर्दशन गर्दै ह्याटि्रक गरेका कप्तान लियोनल मेसीलाई बुधबार प्रशिक्षक जेरार्डाे मार्टिनोले आराम दिएका थिए। उनको अभावमा पनि अर्जेन्टिना बोलिभियाविरुद्ध हाबी भयो। बोलिभियाले सुरुआतदेखिनै हारको सामना गर्दै आएको थियो।

खेलको सुरुको केही मिनेटबाटैअर्जेन्टिना हाबी भयो। टोटनह्यामका विङ्गर इरिक लामेलाले १३ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। दुई मिनेटपछि घाइते भएर खेलमा फर्किएका स्ट्राइकर इज्जेक्वेल लाभेजीले गोल गरेर टोलीलाई २–० को अगाडि बढाए। उनले गोन्जालो हिग्विनले हेडबाट नजिकै मिलाइदिएको बलमा गोल गरेका हुन्।

सेन्टर रक्षक भिक्टोर कुएस्टाले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफ अघि ३–० को अग्रता बनाएको थियो। उनले ३२ औं मिनेटमा लाभेजीको पासमा गोल गरेका थिए। मेसीवैकल्पिक खेलाडीको रूपमा दोस्रोे हाफमा मैदानमा छिरेका थिए। खेलमा बार्सिलोनाका सुपरस्टारले कीर्तिमान बनाउने अवसर थियो। मेसीलाईबुधबार राष्ट्रिय टोलीबाट ५४ अन्तर्राष्ट्रिय गोल गर्दैग्राब्रियल बाटिस्टुटाको लामो समयदेखिको कीर्तिमानसँग बराबरी गर्ने अवसर थियो। तर, उनले त्यो मौका सदुपयोग गर्न सकेनन्। बल पोसेसनमा पनि अर्जेन्टिनाले विपक्षीलाई दबाबमा राख्यो। अर्जेन्टिनाले ८७ प्रतिशत आफ्नो नियन्त्रणमा राखेको थियो।

अर्को खेलमा एलेक्सिस सान्चेज र इडुवार्डो भार्गसले समान २ गोल गरेपछि चिलीले पानामामाथि ४–२ को सफलता पाएको थियो। मिगुइल कामार्गोले सुरुको पाँचौं मिनेटमा गरेको गोलबाटै स्तब्ध भएको चिलीले खेलमा सुधार गर्दै सफलता पाएको थियो। आर्सनलका सान्चेजले दुई गोल गर्नु अघि भार्गसले गोल गरेर खेल बराबरी गरेका थिए। भार्गसले १५ औं मिनेटमा गोल गरे। उनले व्यक्तिगत दोस्रो गोल ४३औं मिनेटमा थपेका थिए। सान्चेजले व्यक्तिगत दोस्रो गोल ८९औं मिनेटमा गरे। चिलीले शनिबार सेमिफाइनलमा पुग्नका लागि मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। पानामाका अब्दिल अरोयोले ७५औं मिनेटमा गोल गरेका थिए। उनले रिकार्डो बुइट्रागोको फ्रिकिकमा हेड गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर, सान्चेजले दोस्रो गोल गरेपछि पानामा खेलमा फर्कन असफल भयो।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...