Tuesday 29 Shrawn, 2075 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

पोर्चुगल र अष्ट्रेयाको अनपेक्षित हार

  • बिहीबार २ असार, २०७३
  • सञ्जिव मिश्र
  • Be the first to comment!
(0 votes)
युरोपियन च्याम्पियनसिपमा मंगलबार रातिभएका दुवै खेलका नतिजा अनेपक्षित हुन्। समूह 'एफ' मा पोर्चुगलले आइसल्यान्डसँग १–१ को बराबरी खेल्ला र फुटबलमा सम्भावना देखिएको अस्ट्रिया हंगेरीसँग २–० ले हार्ला भन्ने अनुमान कमैले मात्र गरेका थिए होलान्। यद्यपि फुटबलमा अपेक्षा गरेका टोलीले सधैँ उच्च स्तरको प्रदर्शन गर्छन् भन्ने अनिवार्य हुन्न। बराबरी पोर्चुगलका लागि हारकै पीडामा रह्यो भने आइसल्यान्डका लागि जित बराबरको थियो।
nepali-patro-june
ठूलो टोलीबाट आशा पनि ठूलै गरिएको हुन्छ। फुटबलमा पोर्चुगल र आयसल्यान्डको तुलना हुन सक्दैन। तर, सबै खेलमा स्टार, इतिहासले मात्र जित्न सकिन्न भन्ने यी दुई टोलीबीचको बराबरीले प्रस्ट हुन्छ। खेलपछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आयसल्यान्ड टोलीको आलोचना गरे। आइसल्यान्डले युरो जितेको जत्तिकै खुसी मनायो भन्ने उनको टिप्पणी थियो। उनी जस्तो क्लब स्तरमा धेरै सफलता पाइसकेका खेलाडीका लागि त्यो बराबरीको खास ठूलो अर्थ छैन। आइसल्यान्डको फुटबलमा जुन पृष्ठभूमि छ, त्यो हिसाबले उसका लागि त्यो जित जस्तै हो।

तीनपटकका विश्व वर्ष खेलाडी रहिसकेका रोनाल्डोमा हरेक खेलमा दबाब हुन्छ नै। कुनै खेलमा उनी दबाबमाथि जित पाउन सफल हुन्छन्। कहिले उनले चाहे जस्तो टोलीको नतिजा आउँदैन र उनी आफै पनि असफल हुन्छन्। रोनाल्डो बाहेक पनि आन्द्रे गोमेज, पेपे, नानी जस्ता ठूला नाम पोर्चुगलमा छ। तर, पनि रोनाल्डोकै प्रभाव टोलीमा बढी रहन्छ। कहिलेकाहीं प्रभाव दबाबमा बदलिन्छ। उनले खेलपछि आइसल्यान्डको आलोचना गर्नु पनि उनको आफैमाथिको आक्रोश हो। उनले खेलपछि विपक्षी खेलाडीसँग राम्ररी हात पनि मिलाएनन्। टोलीले अपेक्षाअनुसार नतिजा निकाल्न सकेको भए उनले आइसल्यान्ड टोलीको आलोचना पक्कै गर्ने थिएनन्।

पछिल्लो एक दशक रोनाल्डोको विश्व फुटबलमा जुन किसिमको चर्चा छ, त्यसले उनीमाथि हरेक खेलमा उच्च प्रदर्शन गर्नुपर्ने दबाब रहन्छ। म्यानचेस्टर युनाइटेडदेखि रियाल मड्रिडको यात्रा तय गर्दा उनले थुप्रै सफलता आत्मसात गरिसकेका छन्। त्यसले उनको हरेक खेल सबैले चासोसाथ हेरेका हुन्छन्। तर, एउटा खेलाडी जति राम्रो भए पनि फुटबल आखिर टिममा खेलिन्छ। व्यक्तिगत रूपमा पनि ठूलो प्रभाव पार्न सक्ने रोनाल्डो आइसल्यान्डविरुद्ध प्रभावकारी हुन सकेनन्। उनले प्रयास नै नगरेका होइनन्, सबै प्रयास खेर गरे। तीनपटक सेट पिसमा मौका पाए। दुईपटक हेड गरे, त्यो पनि सफल भएन। सफल नहुँदा रोनाल्डोमाथि दबाब धेरै रह्यो भने रोनाल्डोलाई असफल बनाउन सकेकोमा आइसल्यान्डका खेलाडीको मनोबल उच्च रह्यो। जसरी पनि पोर्चुगललाई रोक्न आइसल्यान्ड सफल भयो। उनीहरूले आफ्नो लक्ष्यअनुसार प्राप्त गरेका छन्। त्यसैले पनि उनीहरू खुसी मनाउने हक राख्छन्। पोर्चुगलले खराब नै खेलेको भने होइन।सबैतिर खेलमा नियन्त्रणमा लिएर पनि टोली गोल गर्ने मामलामा मात्र कमजोर भएको हो। खेलमा प्रदर्शन नै कमजोर भएको होइन। पोर्चुगल जस्तो ठूलो टोलीसँग रक्षात्मक खेल्नुपर्ने आइसल्यान्डको बाध्यता नै हो। उसलाई जित्नु भन्दा पनि हार रोक्नु बढी महत्वपूर्ण थियो।

१–१ को नतिजा पोर्चुगलका लागि निराशजनक नतिजा हो। टोली आवश्यकभन्दा बढी आत्मविश्वासी देखियो। विपक्षीलाई हल्का लिएर अनमार्क छोडेका कारण गोलको सामना गर्नुर्योी। जति कमजोर राष्ट्र भएप नि फुटबलमा पूरा ९० मिनेट निगरानी राख्न आवश्यक हुन्छ।

ठूला खेलाडीसँग आशा राख्नु स्वाभाविक हुन्छ। तर, आखिर मान्छेको सधैँ दिन एकनास हुँदैन। कहिले राम्रो कहिले नराम्रो हुन्छ। अपेक्षा जति हुन्छ दबाबमा पनि बढी हुन्छ। क्लब र राष्ट्रिय टोलीबाट खेल्नुमा केही अन्तर पक्कै रहन्छ। क्लबमा हरेक खेलाडी स्टार हुन्छन्, राष्ट्रिय टोलीमा सबै उस्तै खालका स्टार हुन्नन्। रोनाल्डो भन्नेबित्तिकै अपेक्षा र दायित्व बढी हुन्छ। त्यसले उनीमाथि भार पनि ज्यादा पर्छ। खेलका क्रममा त्यस्ता स्टार खेलाडी एकपछि अर्को प्रयासमा असफल भएपछि त्यसले विस्तारै निराशा पनि बढाउँछ। आक्रमण गर्ने खेलाडी हरेक पटक असफल हुँदा ऊ स्वयं निराश हुन्छ भने विपक्षीको मनोबल बढ्दै जान्छ। रोनाल्डोले जे भने आइसल्यान्डका लागि यो सुखद नतिजा हो। १ अंक पनि त्यो टोलीका लागि ठूलो अर्थ राख्न। लक्ष्यमा सफल भएकाले खुसी हुन स्वाभाविक हो। पोर्चुगलले ३ अंकलाई खेलेको थियो। लक्ष्य पूरा नहुँदा पोर्चुगल निराश हुनु पनि त्यत्तिकै स्वाभाविक छ।

उता, अस्ट्रियालाई यो च्याम्पियनसिपमा 'डार्क हर्स' का रूपमा लिइएको थियो। अस्ट्रिया फिफा वरीयतामा दसौं र हंगेरी २० औं स्थानमा छन्। धेरैको अनुमान अस्ट्रियाले नतिजा आफ्नो पक्षमा पार्छ भन्ने थियो। सुरुआत पनि त्यस्तै गरेको थियो। खेल नियन्त्रणमा राखेको पनि हो। तर, फुटबलमा कहिलेकाहीं साना घटनाले पनि असर पारिरहेको हुन्छ।

पहिलो हाफ अस्ट्रियाको पक्षमा थियो। डेविड अल्बाको प्रहार सुरुमै पोस्टमा लागेर बाहिरियो। त्यो बल गोल हुन्थ्यो भने खेलको कथा बेग्लै हुनसक्थ्यो। दोस्रो हाफमा पनि अस्ट्रियाले राम्रो खेल्यो तर, हंगेरीले दोस्रो हाफमा रणनीतिमा परिवर्तन गर्योब। काउन्टर एट्याकमा एडम सजालइले गोल गरेपछि भने हंगेरी खेलमा हाबी भयो। अर्को एउटा घटनाले पनि अस्ट्रिया कमजोर भयो। ६६ औं मिनेटमा बराबरी गोलको मुभमेन्टमा एलेकजेन्डर ड्रागोभिचले हंगेरीका खेलाडीलाई फाउल हाने। रेफ्रीले गोलअघि फाउल लिएका कारण अस्ट्रियाको बराबरी गोल गणना भएन। एक त गोलको अर्थ भएन अर्को ड्रागोभिचले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड पाएर मैदान छोड्नुपर्यो।। खेलाडीको संख्या बराबर नहुनेबित्तिकै जति नै राम्रो टोली पनि दबाबमा पर्छ। अस्ट्रियालाई दबाब बढ्यो भने हंगेरीलाई त्यसको थप फाइदा पुग्यो। जसले गर्दा हंगेरीलाई अर्को गोल थप्न माहोल तयार भयो।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...