×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 4 Kartik, 2075 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

संकटा र पुलिस विजयी

(0 votes)
काठमाडौं- संकटा र नेपाल पुलिस क्लबले जितबाट ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा यात्रा सुरु गरेका छन्।


सुमन डंगोलको निर्णायक पेनाल्टी गोलमा संकटाले रुस्लान थ्री स्टार क्लबलाई ३–२ ले हरायो भने पुलिसले सरस्वती युवा क्लबमाथि ५–३ को जित पायो। प्रतियोगिता थ्री स्टारका अध्यक्ष तथा एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठकै स्मृतिमा भइरहेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दुई पटकसम्म खेलमा बराबरी गरे पनि समूह 'सी' मा थ्री स्टारले हार टार्न सकेन। दीपेन्द्र केसीले १८ औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए। तर, २७ औं मिनेटमा अरुज सिंहले बराबरी गोल फर्काए। ३७ औं मिनेटमा संजोक राईले शक्तिशाली प्रहार गोल गरेपछि संकटाले दोस्रोपटक अग्रता लियो। आदित्य शाक्यले ७८ औं मिनेटमा रिबाउन्डमा प्राप्त मौकालाई भलीमार्फत गोलमा परिणत गर्दै २–२ को बराबरीमा पुर्या ए।

सुमनले खेल सकिन दुई मिनेट बाँकीमा प्राप्त पेनाल्टीमा गोल गरेपछि संकटा विजयी बन्यो। पेनाल्टी बक्समा थ्री स्टारका कमल थापाले बल ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको हो।

संकटाका प्रशिक्षक देवेन्द्रजंग शाहीले ठूलो अन्तर जित्ने सम्भावना भएपछि केही मौका खेर जाँदा जित कठिन भएको बताए। उनले आउने खेलमा सुधार हुने अपेक्षा राखे। उक्त समूहमा सुदूरपश्चिम पनि छ।

समूह 'डी' को पहिलो खेलमा एलन थापाले सात मिनेटको फरकमा दुई गोल गरेपछि पुलिसले पहिलो हाफ आफ्नो नियन्त्रणमा राख्यो। एलनले १९ र २६ औं मिनेटमा गोल गर्नुअघि क्षितिज राजले १० औं मिनेटमा पहिलो गोल गरेका थिए। ओमप्रकाश सिंहले ४१ औं मिनेटमा गोल फर्काउँदै गोलअन्तर घटाए भने ४९ औं मिनेटमा अर्को गोल थपे। तर, ५५ औं मिनेटमा एलनले गोल थप्दै ह्याटि्रक पूरा गरे। मिङ्मा शेर्पाले ६४ औं मिनेटमा गोल गर्दै सरस्वतीलाई खेलमा फर्काउने संकेत गरे। तर परिवर्तित सुगम कार्कीले ८० औं मिनेटमा गोल गरेपछि पुलिसले गोल अन्तर पुनः बढाएको थियो।

पुलिसका प्रशिक्षक अनन्त थापाले खेल आफ्नो पक्षमा पार्न सहज भए पनि टोलीमा आपसी तालमेलको अभाव रहेको बताए। मोरङ फुटबल क्लब पनि समूह 'डी' मा छ। लिगकम नकआउटपछि हरेक समूहका दुई टोली क्वार्टरफाइनल पुग्ने छन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...