×

Warning

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 9 Ashwin, 2075 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

दुई छिमेकीको लडाइँ

(0 votes)
दुई छिमेकीको लडाइँ
सान्टेली- इङ्ल्यान्डले युरोपियन च्याम्पियनसिपमा बिहीबार वेल्ससँग खेल्दा दोहोरो चुनौती सामना गर्नुपर्नेछ। एकातिर समर्थकको गलत व्यवहारका कारण अयोग्य हुनुपर्ने डर छ भने अर्कोतिर उच्च मनोबलमा रहेको छिमेकी गारेथ बेलको टोलीसँग प्रतिस्पर्धा गर्नु छ।
nepali-patro-june
मार्सेमा रुस र इङ्ल्यान्डबीच पहिलो खेल १–१ बराबरीमा टुंगिएपछि समर्थकहरू एकापसमा भिडेका थिए। त्यस कारण रोए हड्सनको टोलीलाई युइएफएले युरोबाट अयोग्यसम्म गर्न सक्ने चेतावनी दिएको थियो। इङ्ल्यान्डका मिडफिल्डर एडम लालानाले समर्थकका कारण प्रतियोगिताबाट बाहिरिनुपरे त्यो ठूलो दुर्भाग्य हुने बताएका छन्। हड्सन र टोलीका कप्तान वाइने रुनीले भने शान्त रहन समर्थकलाई भिडियो सन्देश सार्वजनिक गरेका थिए।

इङ्ल्यान्ड र वेल्सको खेललाई उच्च सतर्कताका साथ हेरिएकाले लेन्समा २ हजार ४ सय सुरक्षाकर्मी सडकमा तैनाथ गरिने बताइएको छ। बेलायतबाट सुरक्षाका लागि थप अधिकारी खटाउने बताइएको छ। त्यस्तै मादक पदार्थमा प्रतिबन्ध गरिएको छ भने स्थानीय विद्यालय पनि बुधबार नखोल्ने भनिएको छ।

इङ्ल्यान्ड र वेल्सका फुटबल संघले आफ्ना समर्थकलाई बिना टिकट खेलस्थल नजान सचेत गराएका छन्। यी दुई टोलीबीच खेल हुने रंगशालाको ३५ हजार टिकट बिक्री भएको छ। तर ४० देखि ५० हजार समर्थक त्यहाँ पुग्ने अनुमान गरिएको छ।

सुरक्षा बाहेक हड्सनले रियाल मड्रिडका फरवार्ड बेलको चुनौती पनि चासोसाथ हेरेका छन्। वेल्सले स्लोभाकियालाई २–१ ले हराउँदा बेलले झन्डै २५ यार्डबाट फ्रिकिकमा गोल गरेका थिए। पहिलो खेलमा अंक गुमाइसकेको इङ्ल्यान्डले वेल्ससँग हारेमा टोलीको अघिल्लो चरणको यात्रा कठिन हुनसक्छ। त्यो अवस्थामा वेल्स अन्तिम १६ मा पुग्नेछ।

बेलका साउथह्याम्पटनका पूर्व सहकर्मी लालानाले पेनाल्टी बक्समा अनावश्यक गल्ती कम गर्नुपर्ने बताएका छन्। तर, उनले बेललाई मात्र आवश्यकताभन्दा बढी केन्द्रमा राख्नु मूर्खता हुने बताए।

'बेलजस्ता स्तरीय र आक्रामक खेलाडीलाई यत्तिकै छोड्नु खतरनाक हुन्छ। तर, यो एक्लै खेलिने खेल होइन,' लिभरपुलका मिडफिल्डर लालानाले भने, 'टिममा अरु राम्रा खेलाडी पनि छन्। जोए एलान, आरोन रामसे जस्ता क्षमतावान खेलाडी छन्।'

स्लोभाकियाको खेलअघि नै बेलले इङ्ल्यान्डबारे टिप्पणी गरेका थिए। उनले इङ्ल्यान्ड टोलीले आफूलाई ठूलो देखाउन खोज्ने तर, आफूहरूले धैर्य र गौरवसाथ खेल्ने बताएका थिए। हड्सनले भने वेल्स टोलीप्रति अनादर देखाएका थिए।

बेलले मंगलबार पत्रकार सम्मेलनमा भनेका थिए 'कसले के भन्छ मलाई खासै मतलब छैन। हामीलाई थाहा छ, हामी राम्रो टोली हांै भन्ने । हामी आफ्नो दिनमा उनीहरूलाई हराउने छौं।' वेल्सका प्रशिक्षक भने गोलकिपर वाइने हेनिसेयीको फिटनेसप्रति चिन्तत छन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...