Monday 7 Magh, 2075 |
Menu

खेल

istl

टर्कीलाई कप्तानको लय खाँचो

(0 votes)
टर्कीलाई कप्तानको लय खाँचो
नाइस- युरोपियन च्याम्पियनसिपअर्न्तगत समूह 'डी'को दोस्रो खेलमा टर्कीले साबिक विजेता स्पेनलाई पराजित गर्ने हो भने बिहीबार कप्तान अर्दा तुरान लयमा फर्किनु आवश्यक छ। आइतबार क्रोएसियासँग १–० ले पराजित खेलमा तुरान ६५ औं मिनेटमा मैदान छाडेका थिए। प्रतियोगिताको पहिलो खेल नै हारेपछि टर्कीका खेलाडीको चर्को आलोचना भएको थियो।
बार्सिलोनाका मिडफिल्डर तुरानले निकै फितलो प्रदर्शन गरेका थिए। उनले क्रोएसियाका रक्षापंक्ति तोड्दै गोलका लागि अवसर सिर्जना गर्न सकेका थिएनन्। पछि आफूले राम्रो खेल्न नसकेको भन्दै उनले टर्किज समर्थकसँग माफी मागेका थिए।

प्रशिक्षक फतिह तेरिम पनि तुरान र हकन कलहानोग्लुको प्रदर्शनबाट सन्तुष्ट हुन सकेनन्।

'यिनीहरू टोलीका महŒवपूर्ण खेलाडी हुन्,' प्रशिक्षक तेरिमले भने, 'उनीहरूको प्रदर्शनमा हामी निर्भर थियौं तर, उनीहरूले राम्रो खेल्न सकेनन्। कहिलेकाही यस्तो हुन्छ। हामीलाई उनीहरूको खाँचो छ।'

२१ वर्षको उमेरमा कप्तान बनेका तुरानको उत्कृष्ट प्रदर्शनमा टर्कीले २००८ को यरोमा सेमिफाइनलसम्मयात्रा तय गरेको थियो। प्राविधिक र रणनीतिक रूपमा उत्कृष्ट तुरान लयमा भएको बेला उनको उपस्थितिले नै टोलीको प्रदर्शनमा फरकपन देख्न सकिन्छ।

तथापि गत जुलाईमा एट्लेटिकोबाट बार्सिलोना गएपछि २९ वर्षे तुरानले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन्।

प्रेरणादायी प्रशिक्षक डिएगो सिमोनीको प्रशिक्षणमा तुरानले एट्लेटिको मड्रिडमा उत्कृष्ट सिजन बिताएका थिए। टर्कीमा जन्मिएर स्पेनिस ला लिगा जित्ने उनी पहिलो खेलाडी हुन्। एट्लेटिकोले २०१४ मा ला लिगा जितेको थियो।

बार्सिलोनाबाट खेल्ने सपना साँचेका तरानले क्याटलन क्लब खेलाडी स्थानान्तरण प्रतिबन्धमा परेको थाहा हुँदाहँुदै सम्झौताका लागि राजी भएको थिए। त्यसेले बार्सिलोनाबाट डेब्यु गर्न उनले ६ महिना कुर्नुपर्योह।

जनवरीबाट उनी खेल्न थालेपछि पनि बार्सिलोनाको शैलीसँग घुलमिल हुन तुरानलाई संघर्ष गर्नुपर्यो । उनले यस सिजन लिगका ९ खेलमात्र खेले भने अर्को ९ खेलमा बैकल्पिक खेलाडी भएर मैदान छिरे।

चेक गणतन्त्रविरुद्ध पहिलो खेलमा स्पेनले १–० को नतिजा निकालेको थियो। उक्त खेलमा साबिक विजेता स्पेनले चेकलाई पूरै समय दबाबमा राखेको थियो। टर्कीले जितका लागि स्पेनको त्यही बलियो मिडफिल्ड र रक्षापंक्ति तोड्नुपर्ने हुन्छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...