×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 24 Mangshir, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

चार महिनामा जुवाको खालबाट साढे २३ लाख बरामद

(0 votes)
चितवन–चितवन प्रहरीले साउन ६ गतेदेखि मंसिर ७ गतेसम्म जिल्लाका विभिन्न २० स्थानमा जुवा खेल्नेहरु विरुद्ध कारवाही गर्दा १५१ जनालाई पक्राउ गरेको छ।
nepali-patro-june
उनीहरुको साथबाट २३ लाख ४८ हजार ६९५ रुपैयाँ बरामद भएको चितवन जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी सार्वजनिक गरेको छ ।

चितवन प्रहरीले साउन ६ गते खैरहनी नगरपालिका–१ बाट साढे ३१ हजार रुपैयाँसहित जुवा खेलेको आरोपमा तीनजनालाई समाएको थियो। पछिल्लो पटक मंसिर सात गते सोमबार भरतपुरबाट एक लाख ४२ हजार रुपैयाँसहित पाँचजना पक्राउ परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन अधिकारीले बताए ।

चितवन प्रहरीले तिहार नजिक कात्तिक २७ गते भरतपुर उपहानगरपालिका–३ बाट दुई लाख ५१ हजार रुपैयाँसहित पाँचजनालाई समाएको थियो। त्यस्तै मंसिर चार गते पर्यटकीय क्षेत्र मेघौलीको घोलाघाटमा रहेको एउटा रिसोर्टमा कौडा खेल्दै गरेका १५ जनालाई पाँच लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिए ।

त्यसपछि पनि मंसिर ६ र ७ गते भरतपुरका दुई स्थानमा ठुलो परिमाणको नगदसहित जुवाडेहरु समातिएका थिए। प्रहरीले ६ गते भरतपुर–६ बाट चार लाख ५१ हजार आठ सय रुपैयाँसहित छजनालाई समाएको थियो । त्यस्तै सात गते भरतपुर–२९ बाट तीन लाख ४१ हजार १२० रुपैयाँसहित १९ जना पक्राउ परेका थिए ।

छापा मारेका २० ठाउँमध्ये सवैभन्दा कम रकम असोज १८ गते बरामद भएको थियो । सो दिन भरतपुर–३ मा जुवा खेल्दै गरेका आठजना पक्राउ पर्दा १६ हजार ९० रुपैयाँ बरामद भएको थियो । चार महिनामा न्युुनतम १६ हजारदेखि अधिकतम पाँच लाख ३० हजार रुपैयाँसमेत गरेर कुल २३ लाख ४८ हजार ६९५ रुपैयाँ बरामद गरेको डिएसपी अधिकारीले बताए ।

'जुवाले समाजमा अपराध बढाउँछ । त्यसैले हामीले यस्तो कार्यका विरुद्ध सक्रिय भएर कदम चालेका हौं,' चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसन्त कुँवरले भने। जुवा खेलेको आरोपमा पक्राउ परेका सवैलाई कानुनी कारवाही भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...