Friday 10 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

अग्निपरीक्षाको घडी

  • बुधबार १६ मंसिर, २०७२
  • वीरेन्द्रप्रसाद यादव
  • Be the first to comment!
(0 votes)
सय दिन नाघेको तराई–मधेस आन्दोलन टुंगिने संकेत देखिन्न । सरकारले झुक्दैनौँ भन्दैछ भने आन्दोलनकारी माग पूरा नभएसम्म मैदान नछोड्ने अडानमा छन् । दुवै अतिवादको चरम मार मुलुक र जनता खेप्दैछन् । भूकम्पले थिलथिलो पारेको पीडितको मात्र होइन तराईदेखि हिमालसम्मको चुलो निभेको छ । औषधि अभावमा बिरामी मर्दैछन्।
nepali-patro-june
मानवीय संकट चुलिँदौ छ । तर, निकासको छाँट देखिँदैन । संयुक्त मधेसी मोर्चाले सुरु गरेको आन्दोलनमा यतिखेर मधेसवादी दल, सशस्त्र शक्ति, पृथकतावादी मानसिकताका व्यक्ति तथा बौद्धिक वर्ग सक्रिय छन् । यसको व्यवस्थापन निकै चुनौतिपूर्ण छ ।

आमजनताको आवश्यकता पूरा गर्न, कालोबजारी रोक्न, प्रकोपको पीडा कम गर्नु पूर्ण असफल रहेको सरकार छिमेकीसँग जुहारी गर्दै ठूलो संकट निम्त्याइरहेको छ । जति बल गरे पनि चीनलगायत अन्य देशबाट आवश्यकताको १५ प्रतिशतभन्दा बढी आपूर्ति हुने अवस्था छैन । नेपालमा भारतविरोधी भावना बढ्यो भने भारतमा पनि नेपालविरोधी भावना बलियो हुनसक्छ भनी हाम्रा नेताले बुझ्नु जरुरी छ । यतिखेर सामाजिक सञ्जालले एकअर्काप्रति घोचपेचको क्रम बढाएको छ । वैज्ञानिक आधारबिना गरिएको सीमांकनमा राज्य लचिलो बन्नु आवश्यक छ भन्ने कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताले बुझ्नु जरुरी छ । यही सीमांकनका सवालमा राज्यले पहाड र मधेसलाई दुईथरि व्यवहार ग¥यो । पहाडका कुरा एक सातामा सुन्यो भने मधेसलाई साढे ३ महिना हुँदा पनि सुन्न चाहेन ।

देशले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन–हुँदैन । सबैलाई बराबर दूरीमा राख्नुपर्छ । अहिले मधेसको अवस्था नितान्त फरक छ । हिजोको निर्वाचनमा आएको परिणाम सदाका लागि मान्य हुँदैन । यतिखेर मधेसमा ३ ठूला दलका लागि जे पनि गर्न तयार हुने कार्यकता हिनताबोधमा बाँचिरहेका भेटिन्छन् । आफू संलग्न दलले धोका दिएको तिनको मूल्यांकन छ । यसबाट मधेसमा ठूला दलको जनमत कमजोर बन्न पुगेको छ । यसकारण पनि जतिसक्यो चाँडो ठूला दलले मधेसको आवाज सुन्नु आवश्यक छ । समाधान जति ढिलो भयो उति नै ठूला दललाई घाटा पर्नेछ ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र सामानुपातिक सामावेशी संशोधन विधेयक पारित नगरी सरकार एवं ठूला दल सार्वभौम संविधान सभाको निर्णयको अवज्ञा गर्नुका साथै आन्दोलनलाई अझ सशक्त बनाउन बाध्य पार्दैछन् । यति दुई कुरामात्रै संशोधन हुन सक्दा पनि आन्दोलनकर्ताले आफूलाई सुनेको महसुस गर्नेछन् । अमेरिकाजस्ता देशले त संविधान ल्याएको पहिलो ६ वर्षमा ११ पटक र अहिलेसम्म २२६ वर्षको अवधिमा २७ पटक संशोधन गरिसकेको छ । अमेरिकी संविधान निर्माताले पनि आफ्नो संविधान उत्कृष्ट नै भनेका थिए, तर त्यहाँ संविधानतः अश्वेत, महिला, दास, धार्मिक अल्पसंख्यकलगायतलाई मतदान गर्नेसम्मको अधिकार थिएन । महिलाको जनसंख्या आधा हुँदा पनि मतदान गर्ने अधिकारी पाउन १३० वर्ष संघर्ष गर्नुप¥यो । अमेरिकामा २० प्रतिशतभन्दा कम श्वेत जमातले बनाएको संविधानलाई उत्कृष्ट भनेजस्तै ५१ प्रतिशत जनसंख्या असन्तुष्ट रहेको नेपालको संविधान कफ्र्युमाझ जारी गरेर कति उत्कृष्ट हुन सक्ला ? यसर्थ संविधानमा कमजोरी नै छैन, संशोधन गरिँदैन भन्नु अतिवादमात्रै हो । त्यसैगरी, तराईमा आन्दोलनरत दलले पनि सबै कुरा अहिले नै नपाइ छोड्दैनौँ भन्नु पनि व्यावहारिक हँुदैन । संविधान गतिशील प्रक्रिया हो । संशोधन गर्न सकिने संविधानको सरल विधि सबैको जायज माग पूरा गर्ने हतियार हो ।

मुलुकमा निम्तिएको संकटलाई रोक्न प्रधान मन्त्री तथा अन्य ठूला दलको जिम्मेवारी जति छ त्यति नै मधेसवादीको पनि छ । मधेस आन्दोलन राजनीतिक दलको नियन्त्रणबाहिर जाने सम्भावना बढ्दो छ । त्यसो हुँदा जेजस्ता दुर्घटना हुन्छन्, त्यसको जिम्मा आन्दोलनकारी शक्तिले लिनुपर्छ । अहिले राष्ट्रियताको ढोल पिट्ने होइन, बरु यसको वास्तविकरूपमा संरक्षणको खाँचो छ । सरकार र आन्दोलनकारी जो बढी उदार भएर संकटबाट निकास निकाल्न अघि सर्छन् उही नै असल राष्ट्रवादी सावित हुनेछन् । यो दुवै पक्षको अग्निपरीक्षाको घडी हो ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...