×

Warning

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 10 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

बेइजिङमा प्राेफेसर वाङको 'नेपाल' लोकार्पण

(0 votes)
बेइजिङमा प्राेफेसर वाङको 'नेपाल' लोकार्पण
बेइजिङ—नेपालबारे निकै थोरै जानकारी रहेको चीनमा प्रोफेसर वाङ होङवेको पुस्तक 'नेपाल' को दोस्रो संस्करण लोकार्पण गरिएको छ। सन् २००४ मा पहिलो पटक चिनियाँ भाषामा प्रकाशिक पुस्तकलाई अध्यावधिक गरी दोस्रो संस्करण ल्याइएको चीनको सोसल साइन्स एकेडेमिक प्रेसले जनाएको छ।
nepali-patro-june
नेपाल–चीन दौत्य सम्बन्धको ६०औँ वार्षिक उत्सवको अवसरमा बुधबार बेइजिङस्थित नेपाली दूताबासमा एक समारोह आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो। पछिल्लो समय इन्स्टिच्युट अफ एसिय–प्यासेफिक स्टडीजमा आवद्ध प्रोफेसर वाङ होङवे बेइजिङका वरिष्ठ नेपाल विज्ञ हुन्। वाङले चीन–दक्षिण एसिया–भारतबारे पुस्तक लेखेका छन् ।

लेखक वाङले ४५० पृष्ठको पुस्कमा नेपालको इतिहास, भूगोल, संस्कृति, अर्थतन्त्र र सैन्य संरचना समेटिएको जानकारी दिए। बेइजिङमा नेपाल आध्ययनसँग सम्वद्ध करिब चार दर्जन सहभागीबीच प्रोफेसर वाङले नेपाल सम्बन्धी पहिलो पुस्तक लेख्दाको अनुभव सुनाउँदै दोस्रो संस्करणमा २००४ यताको नेपाल समेटिएको बताए। 'सन् २००० मा नेपाल जाँदा सायद नेपालबारे अध्ययन गर्ने मेरो पुस्तामा म पहिलो चिनियाँ थिएँ, त्यसैले राजा वीरेन्द्रले पनि मसँगको भेटमा पुस्तक लेख्न उत्प्रेरित गरे', वाङले भने।

चीनका लागि नेपाली राजदूत महेश मास्के र नेपालका लागि चिनियाँ पूर्व राजदूत लीउ तप्याओले पुस्तक लोकार्पण गरेका थिए। राजदूत मास्केले प्रोफसर वाङले नेपालका तत्कालीन राजा र माओवादी विद्रोही दुवै शक्तिलाई भेटेको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रियालाई अगाडि बढाउन पनि उनको भूमिका रहेको बताए ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सको लगानीमा सोसल साइन्स एकेडेमिक प्रेसले १९९८ यता 'गाइड टु वर्ल्ड नेशन' परियोजना अन्तर्गत १६३ देश तथा अन्तर्राष्ट्रिय संघसंस्थाबारे लेखिएका १४४ पुस्तक चिनियाँ भाषामा प्रकाशित गरिसकेको छ। प्रकाशन संस्थाका प्रमुख स्ये सौ क्वाङ्गले चीन–नेपाल दौत्य सम्बन्धको ६०औँ वर्षगाँठको कोसेलीको रुपमा वाङको पुस्तकको दोस्रो संस्करण आएको बताए।

'चीनमा नेपालबारे सबभन्दा धेरै पढिएको पुस्तक यही हो र यसको पहिलो संस्करणले चिनियाँ नागरिकमा नेपालबारे आँखा खोलेको थियो, दोस्रोले चिनियाँ पाठकमा नेपाल सम्बन्धी बुझाई अझै गहिरो बनाउने विश्वास छ', क्वाङ्गले भने।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...