Tuesday 11 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

अन्नपूर्ण फेरोमा नयाँ पदमार्ग

(0 votes)
अन्नपूर्ण फेरोमा नयाँ पदमार्ग
बागलुङ-विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य अन्नपूर्ण फेरोअन्तर्गत मुस्ताङमा नयाँ पदमार्ग निर्माण गरिएको छ । मुस्ताङमा खनिएका धुले ग्रामीण कच्ची सडकले पदमार्गलाई प्रदूषण र धुलाम्मे बनाएपछि वैकल्पिक पदमार्ग तयार गरेर सञ्चालनमा ल्याइएको छ ।


nepali-patro-june
विदेशी पर्यटकको आकर्षणको केन्द्र अन्नपूर्ण फेरोमा नयाँ ग्रामीण कच्ची सडक निर्माणले असर पुर्याएपछि नयाँ ट्रेकिङ रुट निर्माण गरेर सञ्चालन गरेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले जनाएको छ ।

नयाँ वैकल्पिक पदमार्ग निर्माण गरिएको एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले बताए । 'धुले बाटोमा टुरिस्ट हैरान भएर चिन्न नसक्ने अवस्था भयो,' कुइँकेलले भने, 'अन्नपूर्ण फेरोको ट्रेकिङको अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश गएपछि नयाँ विकल्प ल्याएका हौं ।'

अन्नपूर्ण फेरोको मुक्तिनाथ–रानीपौवा–लुप्रा–थिनी–छैरो–चिमाङ–चोखोपानी–कोखेठाँटी–टिटी ताल–टाकुला–झिप्रा देउराली हुँदै म्याग्दीको पहिरो थाप्लासम्म नयाँ पदमार्ग निर्माण गरिएको हो । सात दिन लाग्ने सो पदमार्ग ५० किलोमिटर रहेको छ । मुक्तिनाथ–कागवेनी–जोमसोम–मार्फा–टुकुचे–घाँसा हुँदै पहिरो थाप्लोका विकल्पमा यो नयाँ रुट सञ्चालनमा ल्याएको हो ।

मुलुककै प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण फेरोको विभिन्न ठाउँमा कच्ची धुले सडकले पदयात्रामा असर पु¥याएपछि विदेशी विज्ञ सहितको टोलीले नयाँ पदमार्गको अनुसन्धान गरी सार्वजनिक गरिएको हो । यसअघि कालीगण्डकीपारि धौलागिरी साइडबाट रहेको पदमार्गको विकल्पमा अहिले जोमसोम निलगिरी, अन्नपूर्ण हिमालतर्फबाट तयार गरिएको हो । सो रुटमा जर्मन पर्यटक आन्दे्रजको सहयोगमा रातो, सेतो, निलो संकेत चिह्न पनि लगाइएको छ । हिमालयन म्याप हाउस काठमाडौंले यो रुटको नक्सा पनि सार्वजनिक गर्ने तयारी गरेको छ । ठाउँठाउँमा सूचना बोर्ड राखिएको छ ।

राउन्ड अन्नपूर्णमा पर्ने पदमार्ग सडकमा परिणत हुने क्रम बढेपछि त्यसको विकल्पमा नयाँ पदमार्ग अनिवार्य भएको टान पोखराका सोम थापाले बताए । 'विदेशी पर्यटक हिँडेर प्राकृतिक सौन्दर्यसँग रमाउन चाहन्छन्,' थापाले भने, 'पदयात्रामा कच्ची सडकले असर पु¥याएकाले विकल्पको रुपमा नयाँ पदमार्ग पहिचान गरेका हौं ।'

यसअघि पनि म्याग्दीको गलेश्वरबाट पिप्ले, राखु भगवती, रुप्से, भुजेलगढी, कालापहाड र धौलागिरी आइसफल हँुदै मुस्ताङको नाउरीकोट र लेतेसम्म अर्को पदमार्ग तयार गरिएको थियो । धौलागिरी आइसफल पदमार्ग करिब दुई हप्तासम्मको हुने टानका थापाले बताए ।

बेनी–जोमसोम सडक सञ्चालन भई म्याग्दी र मुस्ताङको पदमार्गमा सवारी साधन सञ्चालन हुन थालेपछि पर्यटकको चाहनाअनुसार नयाँ गन्तव्यको रुपमा धौलागिरी आइसफल पदमार्ग निर्माण गरिएको थियो । सो पदमार्गमा ग्रामीण बस्ती, धार्मिक स्थल, पौराणिक तथा ऐतिहासिक भगवती कोट, भुजेलगढी, मगर समुदायको संस्कृति, जिवनशैली, हिमपात हुने धौलागिरी हिमालको बेस क्याम्पलगायतका मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

लमजुङ, कास्की, म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाका पर्यटकीय स्थललाई समावेश गरिएको अन्नपूर्ण पदमार्गको मनाङ र थोराङपास बाहेकका अधिकांश क्षेत्रमा सडक पुगेर पदमार्गको अस्तित्वनै संकटमा परेपछि विकल्प खोज्न थालिएको हो । सडक सञ्जालले छोएर २१ दिन लाग्ने अन्नपूर्ण फेरोको पदमार्ग ७ दिनमा झरेपछि व्यवसायी चिन्तित छन् ।

यता कास्कीको घान्दु्रक हुँदै म्याग्दी घोरपानीसम्म पुरानै रुट भए पनि घोरपानीबाट सिख, घारा हुँदै, घारखोला, तातोपानीसम्म पनि नयाँ पदमार्ग निर्माण गरिएको छ । त्यसैगरी तातोपानीदेखि नारच्याङवेसी, घराप, गठापार, भालेवासबाट पैरौथाप्ला हुँदै घाँसा पुग्ने रुट कायम गरिएको एक्याप मुस्ताङले जनाएको छ ।

कास्कीको नया"पुलबाट सुरु हुने अन्नपूर्ण पदयात्रा विरेठा"टी, घान्द्रुक म्याग्दीको घोरेपानी, शिख, घारखोला, तातोपानी, दाना, पुनहिल पुग्छ । स्थानीयको पहलमा कास्कीको नयाँपुलदेखि पर्वतको भुकदेउराली, देउपुर, देउराली, क्याङ हुँदै शालिजा लेकफाँट, बाँसखर्क हुँदै म्याग्दीको घोरेपानीसम्म पनि नयाँ पदमार्ग निर्माण गरिएको छ ।

धार्मिक तथा पुरातात्विक महत्व बोकेका ऐतिहासिक स्थल, हिमशृंखलाको अध्ययन, अवलोकन, जैविक, सांस्कृतिक विविधता , हिमशृंङ्खलाको अवलोकन, टे«किङको लागि अन्नपूर्ण आकर्षक गन्तव्य रहेको एक्याप मुस्ताङका प्रमुख सन्तोष शेरचनले बताए ।

सो रुटमा अमेरिका, कोरिया, बेलायत लगायत युरोपेली पर्यटक पैदलमार्गको आनन्द लिन आउने गरेका छन् । नयाँ पदमार्ग निर्माणपछि पर्यटन व्यवसायी समेत उत्साहित छन् । सवारी चल्ने धुलो सडकमा हिँड्नु पर्दा विदेशीले निकै नरमाइलो मान्थे, ट्रेकिङ गाइड मनोज शेर्पाले भने, 'नयाँ पदमार्ग निर्माणपछि पर्यटकको बसाइ लम्ब्याउन पनि सघाउ पुग्नेछ ।'

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...