Monday 13 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मोर्चाको हिंसात्मक प्रदर्शन, कांग्रेस कार्यालयमा अागजनी

  • बुधबार १५ पुष, २०७२
  • उपेन्द्र यादव
  • Be the first to comment!
(0 votes)
कलैयामा प्रदर्शन गर्दै मोर्चा कार्यकर्ता। अधिकांशले लाठी, खुकुरी र भाटा बोकेका थिए। तस्विर: उपेन्द्र कलैयामा प्रदर्शन गर्दै मोर्चा कार्यकर्ता। अधिकांशले लाठी, खुकुरी र भाटा बोकेका थिए। तस्विर: उपेन्द्र
बारा—संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ताले बुधवार कलैयाको मोतीवाग स्थित नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुको साथै आगजनी गरेका छन्।
nepali-patro-june
मोर्चा आक्रमणबाट भवनको मुख्य प्रवेशद्वारमा क्षति भएको छ भने कार्यालय परिसरमा रहेको विश्वेश्वर कोइरालाको शालिकलाई समेत तोडफोड गरेको प्रहरीले जनाएको छ। कार्यालयभित्र प्रवेश गरी फर्निचर लगायतका कागजपत्रहरु समेत जलाइएको प्रहरीले जनायो।

प्रहरीले पार्टी कार्यालयलाई प्रदर्शनकारीहरु को आक्रमणबाट बचाउनको लागि ४ राउन्ड हवाईफाएर गर्नुको साथै ३ राउन्ज अश्रुग्यास समेत प्रहार गरेको प्रहरीले जनाएको छ।

कांग्रेसको पार्टी कार्यालयमा आक्रमणपछि मोर्चा कार्यकर्ता पन्नाबागमा स्थित एमालको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्न पुगेका थिए। त्यहाँ पनि स्थिति तनावग्रस्त बनेको थियो। एमाले कार्यालयमा तोडफोड गरी आगो लगाउने प्रयास गरेपछि प्रहरीले प्रदर्शनकारीलाई भगाउनलाई केही राउण्ड हवाई फायर र ६ राउण्ड भन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ।

बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले प्रदर्शनकारीहरुले कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरी आगजनी प्रयास गर्दा केही राउन्ड हवाईफायर र केही अश्रुग्यास प्रहार गर्नुपरेको बताए ।

हतियार सहित प्रदर्शन

मोर्चाले कलैयामा बुधवार बृहद् लाठी जुलुस प्रदर्शन गरेको थियो। गाउँगाउँबाट आएका हजारौं मोर्चाका कार्यकर्ताले कलैया नगरमा प्रदर्शन गरेका हुनु। मधेस आन्दोलनको माग तत्काल सम्बोधन गर भन्दै सबैले हातहातमा लठी, भाटा र धारिलो हतियार खुकुरी, भला र लठीगडाँस बोकेर नगर परिक्रमा समेत गरेका थिए।

कलैयाको सिद्धेश्वर र श्री ३ श्री चन्द्र माविमा भेला भई देवकोटा चोक हुँदै अदालत रोडबाट बरियारपुर रोड हुँदै भरतचोकमा पुगेका थिए। भरत चोकबाट प्रदर्शनकारीहरु कलैया वीरगन्ज सडकको भरतचोकदेखि बाल मन्दिरसम्म प्रहरी र प्रशासन कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...