Thursday 13 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

राष्ट्रनिर्माताको सम्झना

(0 votes)
प्रत्येक वर्ष पुस महिनामा नेपाल एकीकरणको सन्दर्भले चर्चा पाउने गरेको छ। त्यसमा पनि जनआन्दोलन– २०६२/६३ पछि सरकारले पुस २७ गते राष्ट्रिय एकता दिवस नमनाउने निर्णय गरेयता यसका पक्ष र विपक्षमा आवाज उठ्दै आएका छन्। विशेष गरी नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) को योगदानलाई वर्तमान सन्दर्भमा पनि स्वीकार गर्नुपर्छ। नेपाल एकीकरण एक यथार्थ हो।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
उनले यो राष्ट्रलाई एकीकरणको मालामा नउनेका भए नेपाल अहिलेको रुपमा हुन्थ्यो वा हुन्नथ्यो, भन्न सकिन्न। पृथ्वीनारायण शाहले गरेको राष्ट्र एकीकरणको काम ठीक थिएन भन्न कसैले पनि सक्दैन। त्यसैगरी उनले एकीकरणका क्रममा के गरे वा के गरेनन् भनेर अहिल्यै मूल्यांकन गर्न सकिन्न। राष्ट्र निर्माणको त्यो कालखण्डमा उनीबाट भएको योगदानको सम्झना गरिनु गुणग्राही समाजको लक्षण हो।

पृथ्वीनारायणले भौगोलिक एकीकरण गरे पनि भावनात्मक हुन नसकेको टिप्पणी गरिन्छ। उनले समयको आवाजलाई सुनेर २० वर्षको उमेरमा राजा हुनुअघिबाटै अभियाननिम्ति मनस्थिति बनाएर काम थालिसकेका थिए। सानो पहाडी राज्य गोर्खाका निम्ति अन्य क्षेत्रको विजय गर्नु थप स्रोतका निम्ति पनि अत्यावश्यक थियो। किनभने कतिपय अन्य राज्यले गोर्खालाई पाखे भनेर हेप्ने गरेका थिए। आजभन्दा अढाई सय वर्षअघि यस भूभागमा विशृंखलित अवस्थामा रहेका भुरेटाकुरे राज्यलाई एकीकृत गर्नु बुद्धि र साहसको काम थियो। सात समुद्रपारिबाट आएको अंग्रेजले भारतमा शासन गरिरहेको थियो। पृथ्वीनारायणले जीवनभर एकीकरण अभियानमा लगाए र यो क्रम सुगौली सन्धिसम्म रोकिएको थिएन।

पृथ्वीनारायणले दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको नेपालको यथार्थलाई प्रस्ट्याउने गरी 'दुई ढुंगाबीचको तरुल' जस्तो मानक स्थापित गरे, जसलाई अहिलेसम्म पनि परिवर्तन गर्न सकिएको छैन। बरु यसलाई अहिले पनि अत्यन्तै सुझबुझपूर्ण अभिव्यक्तिका रुपमा लिइन्छ। उनको दिव्योपदेश अहिलेसम्म पनि सान्दर्भिक छ। त्यसयताका कैयन शासक र क्रान्तिकारीहरूले पृथ्वीका योगदानभन्दा फरक डिस्कोर्स दिएका छैनन्। त्यस बेला उनले काठमाडौंका तीन सहरलाई जितेपछि पनि जित्नेकै तर्फबाट गोर्खा राज्य नामकरण गर्न सक्थे। उनले यसलाई नेपाल भनेर माने। काठमाडौं उपत्यकाका सम्पूर्ण संस्कार र संस्कृति अंगीकार गरेर एउटा उदात्त शासकको परिचय दिए उनले। यो ऐतिहासिक पृष्ठभूमिलाई चटक्क बिर्सन सकिन्न। उनीप्रति कृतघ्न नबनौं। परिवर्तित सन्दर्भमा पृथ्वी उत्तिकै सान्दर्भिक छन्। त्यसैले सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णय तत्काल गरोस्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...