Monday 10 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

पुनर्निर्माणबारे प्रधानमन्त्रीको 'ब्रिफिङ'

(0 votes)
काठमाडौं- परराष्ट्रमन्त्रीले विदेश कूटनीतिक नियोगका प्रमुखलाई पछिल्लो परिस्थितिबारे ब्रिफिङ गरेको दुई दिनपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार त्यस्तै प्रकृतिको कार्यक्रम आयोजना गरेका छन्। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मंगलबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई परराष्ट्र मन्त्रालयमा देशको पछिल्लो अवस्थाबारे नकारी गराएका थिए।
nepali-patro-june
दिवाभोजसहित ब्रिफिङमा प्रधानमन्त्री ओलीले राजदूत, कूटनीतिज्ञ तथा दातृ निकायका प्रमुखलाई नेपालको समग्र अवस्थाबारे चर्चा गर्दै पुनर्निर्माणको काम अघि बढाउन सहयोग गर्न कूटनीतिक नियोग र दातृ निकायसँग आग्रह गरेका थिए।

उपप्रधानमन्त्री थापाको भन्दा पाँच सय शब्द छोटो लिखित सम्बोधनमा प्रधानमन्त्री ओलीले त्यसलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन्। तर, सम्बोधनको विषय र धारणा उही नै छन्।

मधेसमा जारी आन्दोलन, त्यसको समाधानका लागि भएका प्रयास, भारतको अघोषित नाकाबन्दीले पारेको समस्या, त्यसले उत्पन्न गर्न सक्ने संकट र पुुनर्निर्माणको काम र त्यसलाई पारेको असरबारेमा रहेको छ।

'प्रधानमन्त्रीले माघ २ बाट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण महाअभियान सुरु भयो भन्ने जानकारी गराउन कार्यक्रम राख्नुभएको हो,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले नागरिकसँग भने, 'उपप्रधान तथा परराष्ट्रमन्त्रीले देशको समग्र अवस्थाबारे जानकारी गराउनुभएको हो। यसलाई जोडेर हेर्नु हुँदैन।'

प्रधानमन्त्री प्राधिकरणका अध्यक्ष हुन्। माघ २ गते राष्ट्रपति र प्रधानमन्त्रीले छुट्टाछुट्टै स्थानमा अभियान प्रारम्भ गर्ने कार्यक्रम छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले नाकाबन्दी नभएको भए अहिलेसम्म पुनर्निर्माणका कार्यक्रम सुरु भइसक्ने थियो भन्ने जानकारी गराएका थिए।

प्राधिकरणले आकार ग्रहण गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले तीन महिनामा पुनर्निर्माण अभियान कोसेढुंगा सावित हुने बताएका छन्। काम सुरु भइसकेको, सहयोग प्राप्त गर्नेहरुको सर्वेक्षण गर्न सुरु भइसकेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले डेढ महिनाभित्र सर्वेक्षण र घर निर्माण गर्ने सहयोग प्राप्त गर्नलाई हातमा रकम प्राप्त गरिसक्ने बताएका छन्।

बिहीबार बिहानको प्रधानमन्त्रीको ब्रिफिङमा उपप्रधानमन्त्री थापा भने उपस्थित थिएनन्। परराष्ट्रमन्त्रीकै जानकारीको कार्यक्रम भएको दाबी गर्दै दाहालले भने, 'उपत्यकाबाहिर रहनुभएकाले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपस्थित हुने नसक्नुभएको हो।'

एउटै कार्यक्रम गर्दा हुने कार्यक्रमलाई दुईपटक आयोजना गरेर सरकारले बढी महत्व दिएको छ। 'एउटै गर्दा राम्रो हुन्थ्यो, दुई वटा गरे झनै राम्रो भयो। सरकारले काम देखाएको छ,' पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यको व्यंग्यात्मक टिप्पणी छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...