×

Warning

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Monday 10 Magh, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

'पुल हालेर नाका खोल्देऊ, सरकार'

(0 votes)
'पुल हालेर नाका खोल्देऊ, सरकार'
कात्तिके (सिन्धुपाल्चोक)- वैशाख १२ को भूकम्पले घर ढालेर हिमाली गाविस गोल्चे, सांगुलिङ गाउँका पायामाइला तामाङलाई झन्डै किचेको! घर भत्केर एकैचोटि ओइरिएका ढुंगेगारो र काठपात छल्दै कसोकसो उनी फुत्किए। धन्न बाँचेका उनलाई त्यसपछि झन् ठूलो आपत आइलाग्यो।
nepali-patro-june
गाउँमाथिबाट खसिरहेको पहिरो छल्दै परिवारै भागेर तेम्बाथानतिर अघि त बढ्यो तर पारि तर्ने झोलुङे पुल चुँडिइसकेछ।

फरक्क फर्केर बोल्दै गाउँतर्फ भाग्न खोज्दा नेसम खोलाको पुल पनि उसैगरी चुँडिएछ।

कतै भाग्ने उपाय नभएपछि 'मारे भूकम्पले बाँचे भाग्यले' सोच्दै उनी गाउँमै रोकिए। परिवारलाई ओडारमा लगेर राखे। सिमलका मुना र ऐँसेलु खाएर धानिए। धेरैपछि मात्र हेलिकप्टरले चामलका बोरा आकाशबाट खसाल्दा फुटेर छरिएका कनिका टिपेर खोले खाएको उनले अझै भुलेका छैनन्।

बर्खा नजिकिँदै गर्दा नाकाबन्दीमा फसेको त्यो कहालीलाग्दो क्षण पायामाइलाको स्मृतिमा झलझली आउन थालेको छ।

'सरकारले अझै पुल हालिदिने सुरसार गरेन। नाकाबन्दीमा पर्न लागिसक्यौं,' किनमेल गर्न घुमाउने जँघार तर्दै एक दिन पैदल हिँडेर कात्तिके बजार आइपुगेका उनले रुन्चे अनुहारमा भने, 'अर्काे बर्खामा पनि गाउँमै थुनिने पक्कापक्की भयो।'

पुल हुँदा उनी आधादिनमै कात्तिके आइपुग्थे। अहिले साँघुरिएको खोलो खोजेर हालिएको फड्केबाट ओहरदोहर गर्छन्। बर्खामा उर्लिने खोल्सीले फड्के बगाएपछि नाकाबन्दीमा पर्ने उनले बताए। 'स्यारर्र पानी पर्दा खोल्सी बढेर धेरैपटक फड्के बगाइसकेको छ। फेरि उसैगरी हाल्छौं,' पायामाइलाले दुःख सुनाए, 'बर्खामा फड्के हाल्न सम्भवै छैन।'

उनका अनुसार गाउँबाट किनमेलमा कात्तिके बजार र सदरमुकाम चौतारा निस्कनु परे दुइटा खोला तर्नुपर्छ, कामविशेषले तेम्बाथान जान अर्को एउटा।

हिउँदमा खोलो घटेकाले घुमाउरो जँघार तरेर भए पनि अहिलेसम्म हिँड्न पाएका छन् उनी। हातका औंलामा महिना गन्दै उनले भने, 'वैशाखदेखि त गाउँमै थुनामा परिन्छ।'

भूकम्पको दस महिना बित्न लाग्दा त्यसले चुँडालेको हिमाली गाविस गोल्चे र गुम्बाका आधा दर्जन गाउँवासी ओहरदोहर गर्ने झोलुंगे पुल अझै हालिएको छैन। बर्खा नजिकिँदै गर्दा सम्भावित नाकाबन्दीले गाउँले पिरोलिन थालेका छन्। पुल नहाले उनीहरु नाकाबन्दीमा मात्र होइन, बर्खामा भोकमरीमा पनि पर्नेछन्।

भूकम्पले गुम्बा गाविसको गुम्बा र बोल्दे जोड्ने याम्बिलिङ ताकोर खोला (बोल्दे खोल्सी), नेसम खोला र सांगुलिङ–तेम्बाथान झोलुंगे पुल चुँडिएको थियो। भूकम्पपछि कात्तिकसम्म ६ महिना गुम्बा गाविसका बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेगा, तेम्बाथान तथा गोल्चेका सांगुलिङ र दिपुगाउँ नाकाबन्दीमा परेका थिए। ६ सयभन्दा बढी घरपरिवारको सदरमुकाम चौतारासँग मात्र होइन, छिमेकी गाउँसँगै सम्पर्कविच्छेद भएको थियो।

'फेरि त्यही अवस्था आउन लाग्यो,' क्याङसिङ गाउँका पासाङ शेर्पा भन्छन्, 'अझै पुल हाल्ने छाँटकाँट छैन।' उनका अनुसार लेकाली क्षेत्र भएकाले यहाँ वैशाखदेखि नै बर्खा सुरु हुन्छ। ढिला नगरे बाँकी समयमा पुल हाल्न भ्याइन्छ। 'अहिलेसम्म सरकारले हेरेन, कसले हाल्देला र पुल?' पासाङ निराश छन्।

बोल्दे खोला तरेपछि २ सय ६० परिवार बस्ने गुम्बा गाउँ पुगिन्छ। त्यसपछि आउने नेसम खोला तरेर २ सयभन्दा बढी परिवार रहेको क्याङसिङ, अम्बाखर्क, तेगागाउँ पुगिन्छ। यही खोला हुँदै गोल्चेको दिपु र सांगुलिङ गाउँ पुग्नुपर्छ। त्यहाँ झन्डै ४० परिवार बस्छन्। सांगुलिङपछि गुम्बाकै अन्तिम गाउँ तेम्बाथान पुग्न अर्को खोला तर्नुपर्छ।

गुम्बा गाविसका सामाजिक परिचालक प्रेम तामाङका अनुसार जुगल हिमालको फेदीमा रहेको सिन्धुपाल्चोककै अन्तिम गाउँ तेम्बाथानबाट सबैभन्दा नजिकको बजार पाङताङको कात्तिके पुग्न पूरै दुई दिन हिँड्नुपर्छ। १ सय १० परिवारमा बाँडिएका तेम्बाथानवासी सदरमुकाम पुग्न कात्तिकेबाट थप एक दिन लाग्छ। 'गाविसकै एक गाउँबाट अर्कोमा पुग्न एकदेखि दुई दिनसम्म हिँड्नुपर्छ। किनमेलमा कात्तिके बजार निस्कन र सरकारी कामले चौतारा जान रसदपानीकै जोहो गरेर हिँड्नुपर्छ,' प्रेमले भने, 'पुल चुँडिएपछि जँघार तर्नुपर्दा हिँडाइ अझै थपिएको छ।'

भूकम्पपछि लामो समय सम्पर्कविहीन गाउँले पहिरो छल्दै घुमाउरो बाटो भएर ४२ सय मिटर उचाइको पाँचपोखरी निस्केर पाँच दिनमा सदरमुकाम आइपुगेपछि स्थानीय प्रशासनले त्यहाँको खबर थाहा पाएको थियो। भूकम्पले जमिन धाँजा र चिरा पार्दै पहिरो निम्त्याएपछि धेरै गाउँले पाँचपोखरी नजिक र आसपास विस्थापित भएका थिए। अन्यत्र बस्दा राहत सुविधाबाट वञ्चित भएपछि उनीहरु जोखिम मोल्दै थातथलो फर्किए। बर्खा थामिएर चाडबाड सुरु भएसँगै विस्थापितहरु गाउँ फर्के पनि खोलो सतह घट्दा तिहारपछि मात्र नाकाबन्दीमुक्त भएको सामाजिक परिचालक प्रेम बताउँछन्।

जिल्लाको कर्णाली क्षेत्र भनेर चिनिने पारिका हिमाली गाविस गोल्चे र गुम्बा विकासको पूर्वाधारबाट निकै पछाडि छ। सडक ट्र्याकले भर्खर गाविस मात्र छोएको छ। बिजुली पुग्न सकेको छैन। पुल छैन, पैदल हिँड्न गतिलो बाटोघाटो छैन, दुई पाउ मुश्किलले अट्छन्। भूकम्पपछि त्यही अप्ठ्यारा बाटाघाटा पनि पहिरोले बिगार्योल। गाउँ पुग्न गाउँलेले नाकै ठोकिने ठाडो उकालोमा काठको लिस्नो हालेका छन्।

भूकम्पपछि यहाँका पीडितलाई राहत पुर्याकउन स्थानीय प्रशासनलाई सबैभन्दा ठूलो चुनौती थपिएको थियो। सदरमुकामबाट सेनाको हेलिकप्टरले खाद्यान्न लगे पनि ल्यान्ड गर्ने ठाउँ नहुँदा आकाशबाटै खसाल्नुपरेको थियो। खसाल्दा बोरा फुटेर छरिएको चामल टिपटाप गरी खान बाध्य भएका थिए। हिउँदको समय भएकाले गाउँलेले दुःखजिलो गरी खाद्यान्न जोहो गर्दै आएका छन्। 'बर्खा लागेपछि के गर्ने, कसरी खाने पत्तो छैन,' दीपु गाउँका मिङमार शेर्पाले भने।

उनका अनुसार लेकाली जग्गामा कोदो, गहुँ, जौ, आलु जे लगाए पनि एक बाली मात्र लाग्छ। लगाएको १३ महिनामा भित्रने उत्पादनले कसैलाई तीन महिनाभन्दा बढी खान पुग्दैन। कात्तिके बजार झरेर चामल नकिनी भात देख्न मुश्किल छ। 'पुल हुँदा बेसाएर र कष्ट सहेर भए पनि भातै खाएका थियौं। अब त खान नपाएर मरिन्छजस्तो छ,' मिङमारले दुःखेसो पोखे।

बर्खामा बहुलाएर उर्लने बोल्दे, नेसम खोल्साखोल्सी गाउँलेको सधैंका दुःख र पीर थिए। हिउँदमा हालेको फड्के बर्खामा बगाएपछि उनीहरु पुर्खौंदेखि वर्षको ६ महिना नाकाबन्दीमा पर्थे। सात वर्षअघि झोलुंगे पुल हालेपछि गाउँलेले दुःखका दिन बिदा भएको सोचेका थिए। तर भूकम्पले उनीहरुले अनुभव गर्दै गएको सुख खोसेर लग्यो।

नौ महिना बितिसक्दा पुलसम्म नहालिदिने सरकारको राजधानीको घरघरमा ग्यास पाइप लाइन बिछ्याउने भाषण उनीहरुलाई 'हावादारी गफ' लाग्छन्। 'सरकारले पहिले चुँडिएका पुल हालेर देखाओस्,' दिपु गाउँकै अन्डरे शेर्पाको सरकारसामु चुनौती छ।

सिन्धुपाल्चोक, पाङताङस्थित कात्तिके बजारको भग्नावशेषमा घाम ताप्दै स्थानीय। पृष्ठभूमिका जुगल हिमाल फेदीका गोल्चे (बायाँ) र गुम्बा गाविस। तस्बिर : ध्रुव/नागरिक

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...