Sunday 12 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

चुँडिएको जुइनो

  • आइतबार १० माघ, २०७२
  • सुवोधराज प्याकुरेल
  • Be the first to comment!
(0 votes)
हामी विकासका बारेमा ठूला कुरा खुब सुन्छौँ। सरकारी, निजी , अन्तर्राष्ट्रिय योजना सुनेर दंग पर्छौं। हामीलाई लाग्छ, दाम छुट्याइएको छ, ठेक्का लगाइनेछ र काम सम्पन्न हुनेछ। क्या काइदा! कति सजिलो? के यसरी कामहरू सम्पन्न हुन्छन्? तिनको योग्यता सुनिश्चित हुन्छ?
nepali-patro-june
कल्पना गरौँ, विशिष्ट चिकित्सक, सम्पूर्ण औजार उपकरणसहित सुविधासम्पन्न भवनमा अस्पताल खोलियो, तर व्यवस्थापन सही छैन भने त्यो अस्पतालमा पुग्ने बिरामी निको हुने होइन झन् बिरामी हुने वा मर्ने सम्भावना बढी हुनेछ। भर्खरैको हाम्रो मुलुकको स्वास्थ्य क्षेत्रको एउटा उपमा दिन्छु– तन्नेरी स्वास्थ्य मन्त्री खगराज अधिकारीले देखे– ८ हजार स्वास्थ्य स्वयंसेवी, कार्यकर्ता छन्, हजारौँ स्वास्थ्य केन्द्र छन्, उनीहरूको काम हो जनाताको घरघर गएर स्वास्थ्य चेतना दिनु। तर, यो काम हुन सकेन। सजिलो काम गरेर थोरतिनो भत्ता पचाएर बस्न सरकारले बर्सेनि दिने गरेको २ अर्ब रुपैयाँको औषधि म्याद गुजि्रएर वा थन्किएर सकियो। तर, निजी क्षेत्रबाट १२ अर्बभन्दा बढीको औषधि तिनै ठाउँमा, तिनै रोगका नाममा बिक्री भैरहे। पूर्वचेतना हुँदा र उपयुक्त औषधि दिँदा सस्तोमा निको हुन सक्ने रोगमा नागरिकले सयौँ गुणा बढी खर्च गर्नु पर्यो । उनले उपाय सोचे, हरेक स्वास्थ्य चौकीको निगरानी गर्ने र जनतालाई परिचालित गरेर तिनको अनुगमनसमेत गर्ने उद्देश्यले ३ हजार स्वास्थ्य केन्द्र र ८ हजार स्वास्थ्यकर्मीको निगरानी र अनुगमन गर्ने अधिकारी नियुक्त गरे। हाम्रो देशमा पहिलो कुरा, राजनीतिक भागबन्डा खोजिन्छ, दोस्रो सरकारमा भएकालाई आफ्नो हिसाबले काम गर्न दिइन्न। कथंकदाचित तिनले राम्रो काम गरे आफ्नो प्रभाव घट्छ भन्ने डर सबै राजनीतिकर्मीमा व्याप्त छ। किनकि, उनीहरूमा अरुले गरेको कामको उन्नति, परिमार्जन वा विकल्प दिने ज्ञानगुण शून्यप्राय छ। अहिलेसम्म गाउँविकास समितिका सचिव र स्वास्थ्यकेन्द्रका प्रमुखले सदर गरेपछि हरेक कुरा अन्तिम हुने गरेकोमा अब नयाँ सौता आएजस्तो भयो। ती अधिकारी अहिले राजनीतिक द्वेष र स्वास्थ्य पदाधिकारीदेखि गाविस सचिवसम्मबाट यथोचित सहयोग नपाएर रनभुल्लमा परेका छन्। स्वास्थ्यसम्बन्धी विषयमा बैठक राख्ने, निर्णय लिने आदि अधिकार प्राप्त ती व्यक्तिहरूले खासै काम गर्न सकेका छैनन्। उनीहरू पनि स्वयंसेवी नै हुन्, तर अनेक आशंका छ। कुन दिन सरकार फेरिन्छ र उनीहरू पनि फेरिने छन्। नेपालमा काम गर्ने तरिका यही हो।

खासमा व्यवस्थापनको स्थायी संरचना र प्रक्रिया तय नगरी गरिएको हरेक कामको अन्तिम दुर्दशा त्यही हुन्छ, जसको उदाहरण माथि दिइयो। कुनै योजना निर्माण गर्दा समावेशितालाई ख्याल गर्ने भनेको जातविशेषको, दलहरूको कुरा होइन। त्यो त सेवाग्राहीको कुरा हो। जनताले योजनाको बारेमा थाहा पाएर सुझाव दिन पाए कि पाएनन्? उनीहरूले गर्न सक्ने योगदान गर्न अभिप्रेरित भए कि भएनन्? सम्पूर्ण योजनाको हरेक चरणमा उनीहरूले अनुगमन गर्न सके कि सकेनन्? र, योजनाको हरेक चरणको मूल्यांकनमा सेवाग्राहीको अर्थपूर्ण सहभागिता रह्यो कि रहेन? यतातिर कसैको ध्यान जाँदैन। विकसित देशमा योजना कार्वान्वयनमा जति स्रोत र जनशक्ति लगानी हुन्छ, त्यसको झन्डै एकतिहाइ अनुगमन मूल्यांकनमा लगानी गरिन्छ। अनुगमन प्रणाली भरपर्दो भयो भने त्यसले खर्च बचाउँछ, योजनालाई दीर्घकालीन बनाउँछ र त्यसलाई समयमै मर्मतसम्भार गर्ने र विकास गर्ने कुरामा जनसहभागिता बढाउँछ।

योजना लागु गर्दा ककसलाई सामेल गर्ने? ककसको भूमिका केके हुने? उनीहरूबीच समन्वय कसरी गर्ने? आदिजस्ता विषयका अतिरिक्त आवश्यक कानुन, नीतिको तर्जुमा गरेर सबैलाई स्पष्ट जवाफदेहीका शर्तबन्दीका साथ काममा सामेल गर्ने काम व्यवस्थापनको हो। अतः व्यवस्थापन भन्नाले स्रोत, संलग्नता, निर्देशक सिद्धान्त– कानुन, नियमलगायत मूल्यांकन र दण्ड–सजायँ सबैको समष्टि हो। व्यवस्थापनको काम गर्नेले अरु चिजको अतिरिक्त पूर्वतयारी र पूर्व आकलन गर्न सक्नुपर्छ। व्यवस्थापनकै जिम्मेवारीभित्र सम्पूर्ण मूल्यांकन र नेकीवदीको अभिलेख र कार्वान्वयनसमेत पर्छ। तर, नेपालमा कुनै पनि योजनामा व्यवस्थापनको बारेमा नै सोचिन्न। मन्त्रीहरू आफ्ना मान्छेमार्फत् योजनाको सफलताको कामना गर्छन्। सिस्टमको कुरा कसैले गर्दैन। सबै राजा भएजस्तो गरी आफूलाई कानुनभन्दा माथि ठानेर व्यवहार गर्छन्। सांसदहरू कहिल्यै पनि प्राइभेट बिल राख्दैनन्। आफ्नो क्षेत्रको कुवा, स्कुल, बाटोजस्ता कुराको लागि बजेट छुट्टियो कि छुट्टिएन भनेर यत्रतत्र दौडन्छन्, तर योजनाको जिम्मेवारी लिने औपचारिक संगठन, नेता र कर्मचारीको बारेमा कुनै विधेयक पेश भएछ भने बिल्कुलै नपढी पास गर्छन्। उनीहरूलाई लाग्छ, विकास भनेको बजेट र ठेकेदारमात्रै हो!

अहिले प्रधान केपी शर्मा ओलीले अनेक सपना देखिरहेका छन्। समुद्रले घेरिएको टापु सिंगापुर मलेसियाबाट छुट्टिँदा पिउने पानीको अभाव थियो। तर, सिंगापुरका निर्माता लि क्वान युले भने– हामी सर्वोत्कृष्ट पानी निर्यात गर्नेछौँ। नभन्दै समुद्रको पिँधबाट उच्चस्तरीय पिउने पानी बोतलबन्द गरेर आफू छुट्टिएको मुलुक मलेसियालाई निर्यात गर्न थाल्यो सिंगापुरले। सपनाबेगरको सिर्जना हुँदैन। तर, सृजनाका आधारहरू र त्यसलाई व्यवस्थापन गर्ने तौरतरिका, नियम, कानुन, संरचना र जवाफदेहीबेगरका सपनालाई जनताले हावा गफ नै ठान्नेछन्। जनताले भोगेको कुरा हो १० वा २० वर्षअगाडि सकिनुपर्ने योजनाहरू त्यत्तिकै थलिएको छ। सरकार तार तान्न सक्दैन, बाटो खोल्न सक्दैन, कर्चारीलाई जवाफदेही बनाउन सक्दैन! अख्तियार दुरूपयोग अनुसन्धान आयोग थिएन भने सायद आजका कर्मचारीहरू दिउँसै चौरमा पासा खेलिरहेका हुने थिए। अनि अति महŒवका कानुनहरू संसद्मा विगत डेढ दशकदेखि थन्किएर बसेका छन्। सांसदहरू त्यतातर्फ ध्यान दिन सक्दैनन्। एउटा सार्वजनिक निगमको हाकिमलाई छुन नसक्ने सरकारले मनै छुने खालका केही ससाना उदाहरणीय काम त गर्ला, तर राष्ट्रिय संस्कृति, संरचना र प्रक्रिया स्थापित गर्न कसरी सक्ला?

आजको युग विद्युतीय बोलीको युग हो, अर्थात् अक्षर, अंक, वाणी र तथ्यांक सबैको अभिलेख विद्युतीय हुन्छ। त्यसका लागि भाषालाई कम्प्युटर सहज बनाउनुपर्छ। कम्प्युटर सहज भाषाको यान्त्रिक अनुवाद सम्भव हुन्छ। तथ्यांक प्रशोधन हुनसक्छ। हरेक नागरिकको सम्पूर्ण अभिलेख, सार्वजनिक कार्यको समग्र विवरण र प्रचार विद्युतीय भाषाबाट मात्र सम्भव छ। दुनियाँमा यति धेरै अनुसन्धान भएका छन् कि अब पहिलेजस्तो खाताका चाङ राखेर अलमलिनु पर्दैन। व्यवस्थापन, अभिलेख, मूल्यांकन र पुनःस्मरणका लागि विद्युतीय भाषाले चमत्कार गरिदिएको छ। भर्खरमात्र एउटा समाचार आएको छ– अबको ५ वर्षमा कम्प्युटर र रोबोटको उचित प्रयोगमार्फत् १५ लाख मानिसको काम केही सय कम्प्युटर र रोबोटबाटै बिल्कुल ठीक ढंगले सम्पन्न गर्न सम्भव हुने छ। तर, चुनौती के मात्र हो भने ती कम्प्युटर र रोबोटको व्यवस्थापन मान्छेले गर्नुपर्छ। र, सही ढंगले गर्नुपर्छ। अर्थात् हामी जे गरौँ, उपयुक्त व्यवस्थापन गर्न सकेनौँ भने हाम्रा सम्पूर्ण योजना र सपनाका जुइना चुँडिने छन्, जसरि हामी नेपालीको विकास र मर्यादाका जुइना अहिले यत्रतत्र चुँडिएका छन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...