Friday 14 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

प्रियंकाको स्वतन्त्र आह्वान

(0 votes)
प्रियंकाको स्वतन्त्र आह्वान
काठमाडौं— प्रियंका कार्की नेपाली रजतपटकी चर्चित हिरोइन हुन्। फिल्म, म्युजिक भिडियो र विदेशका प्रस्तुतिले उनी निकै व्यस्त छिन्। त्यही व्यस्ततालाई चिर्दै अंग्रेजी नयाँ वर्षको पहिलो दिन उनले आफैँ स्वर दिएको गीत 'स्वतन्त्र छु म' सार्वजनिक गरिन्। अहिले गीतको भिडियोमा उनलाई जेनिफर लोपेज जस्तो देखियो भन्नेहरु धेरै छन्।
nepali-patro-june
'यो मेरो एक वर्षको कर्मको फल हो', प्रियंकाले सुनाइन्। स्वतन्त्र छु म.. महिला स्वतन्त्रताको साङ्गीतिक प्रस्तुति हो। 'शब्द, भाव र संगीतले एउटा राम्रो गीत तयार हुन्छ। यो गीतको भिडियोले एउटा स्वतन्त्रताप्रेमी युवतीलाई प्रस्तुत गर्छ र करोडौं युवतीलाई स्वतन्त्रताका लागि अपिल गर्छ,' गीतबारे उनको बुझाइ छ, 'मैले आफ्नो एकल गायन यसबाट सुरु गरेकी छु। त्यसैले पनि यो मेरो लागि आत्मिय भएको छ।' स्वतन्त्रताकाे अर्थ जिम्मेवारबिहीन भन्ने नभएकाे उनले सुनाइन्।

महिला स्वतन्त्रता र समानताको बहस चलिरहेको बेला उनले त्यसलाई गायनमार्फत् छर्लङ्ग पार्न खोजेको तर्क दिइन्। 'केटा र केटीका लागि स्वतन्त्रताको भ्यालु उस्तै हो। यसमा विभेद गरिनु हुन्न। स्वतन्त्रता केटीहरुका लागि पनि उत्तिकै प्यारो छ।' रेकर्ड भएको एक वर्षपछि गीत रिलिज भएको उनले सुनाइन्। 'मैले रचनाकार शैलेन्द्र सिंहलाई महिला स्वतन्त्रताबारे गीत तयार गर्न आग्रह गरेकी थिएँ। सुटिङको व्यस्थताका कारण गीतको सम्पूर्ण काम सक्न एक वर्ष लाग्यो।'
priyanka karki2
प्रियंकाले गाएको यो नै पहिलो गीत भने होइन। यसअघि फिल्म 'अवरण'को कभर गीतमा उनले आवाज दिएकी थिइन्। 'लक्की' नामक गीतको कभर गीत समेत पनि गाएकी थिइन्। साङ्गीतिक ज्ञानका आधारमा आफूले गीत नगाएको उनले प्रस्टिकरण दिइन्। 'मैले सौखले गाएकी हुँ। संगीतको विषयगत ज्ञानका आधारमा गाएको हैन', उनी भन्छिन्। स्कुले जीवनमा साधना कला केन्द्रबाट औपचारिक रुपमा चार वर्ष स्वर र संगीत अध्ययन गरे पनि त्यसपछि उनको सङ्गीतसँगको संगत रहेन। संगीतसँगको त्यही पुरानो सम्बन्ध जोड्ने प्रयासस्वरुप गाउने इच्छा जागेको उनी बताउँछिन्। 'अभिनयमा लागेपछि संगीतसँगको साथ टुटेको थियो। अब संगीतको साथ टुट्नेछैन्', उनको अठोट छ।

सात टेकमा ओके

प्रियंकाले अभिनय गर्ने फिल्म र म्युजिक भिडियोका दृश्य टेक नखाई ओके हुन्छन्। गायनमा त्यस्तो भएन। 'स्वतन्त्र छु म..' गीतको रेकडिङमा उनले सात पटक टेक खाइन्। सातौं पटकमा ओके भएको यो गीत साँच्चै उनका लागि 'लक्की सेभेन' सावित हुँदै गएको छ। युट्युबमा अपलोड भएको चार सातामा यो गीतलाई झन्डै ७ लाख पटक हेरिएको छ।

priyanka karki1

कलाकार र गायनसँगै यो गीतमार्फत् उनले म्युजिक भिडियो निर्देशनको काम समेत सुरु गरेकी छिन्। नेपाली म्युजिक भिडियो खिच्ने शैली परिवर्तन गर्न चाहेको उनले सुनाइन्। 'अहिले नेपालमा तयार हुने म्युजिक भिडियोहरुमा स्टोरी बुनेर एउटा सानो फिल्म तयार पार्ने चलन छ। हेरिरहुन्जेल दर्शकलाई आनन्द आउने म्युजिक भिडियो तयार गरेकी हुँ। म्युजिकमा भिडियो काटेर हेर्दाको दृश्यलाई भिडियोमा समेट्ने प्रयास गरेको छु।,'उनी भन्छिन्।

यसअघि नै काम गरिरहेको टिमसँग मिलेर उनले भिडियो तयार पारेकी हुन्। भिडियोबाट निकै राम्रो प्रतिक्रिया पाएकी उनी तत्काल अरुको म्युजिक भिडियो निर्देशन गर्ने सुरमा भने छैनन्। आरएनबी, पप र डान्स बिटको गीतहरु सुन्ने प्रियंका रिहाना र वियोन्सीको गीत सुन्न रुचाउँछिन्। फुर्सदमा रियाज गर्छिन्। 'यो गीतको रेकर्ड गर्नुअघि रियाज गर्न भ्याएकी थिइनँ। आठ महिनादेखि नियमित रियाज गरिरहेकी छु', उनले सुनाइन्।

अन्तर्राष्ट्रिय स्टाइलको लुक

पेशाले मेकअप आर्टिस्ट भए पनि म्युजिक भिडियोमा मोडलको रुपमा देखिसकेकी लिमी तामाङले 'स्वतन्त्र छु म..' गीतको म्युजिक भिडियोमा अभिनेत्री कार्कीलाई अन्तराष्ट्र्रिय चलनअनुसारको लुक्स दिएकी हुन्। 'नयाँ लुक्सको सर्वप्रथम आफैँमा प्रयोग गर्ने गरेको छु। प्रियंका इन्टरनेशनल स्टाइलको लुक्स चाहियो भनेपछि मलाई काम गर्न सजिलो भयो,'उनले भनिन्् 'विदेशी भिडियोमा प्रयोग गरिने सामान्य लुक्स भिडियोमा देखाउन खोजेकी हुँ।'

priyanka karki
यो भिडियो सिनेमेट्रोग्राफार सुशान प्रजापतिले क्यानोन सभेन डीबाट खिचेका हुन्। 'उनीसँग काम गर्न सजिलो भएकाले मैले सोचेको सर्टहरु सहज ढंगले खिच्न सकेँ। विभिन्न सर्टहरुको लागि मैलै समेत तयार गरेको हुन्थे', सुशानले भनेँ। भिडियोको सुटिङ तीन दिन लगाएर पोखरामा सिध्याइएको थियो। यो भिडियोका लागि मेकअप लिमी तामाङले गरेकी हुन् भने रोमीले सम्पादन गरेका हुन्।

बलिउड हिरोइन प्रियंका चोपडाबाट प्ररेरित भएर संगीततर्फ लागेको आरोप खेपिरहेकी प्रियंका नेपाली आफैँले लेखेको अर्को गीत नेपाली नयाँ वर्ष वैशाख १ मा रिलिज गर्ने तयारीमा छिन्। त्यसअघि भ्यालेन्टाइन–डे उनको स्वरमा कभर गीत आउँदैछ।

स्वतन्त्र छु म... (भिडियो)

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...