Thursday 2 Kartik, 2074 |
Menu

खेल

istl

भलिबलको फाइनल पुग्ने लक्ष्य

(0 votes)
काठमाडौं- फाइनल खेल्ने लक्ष्यसहित नेपाली भलिबल टोली १२औं दक्षिण एसियाली खेलकुद (साग) का लागि शुक्रबार भारत जाँदैछ। राष्ट्रिय टोलीका इरानी प्रशिक्षक हामिद मोभाहिदले नेपालले १२औं सागमा राम्रा टोलीहरूलाई हराउने लक्ष्य लिएको बताए। प्रशिक्षणका लागि समय अभाव भएको बताउने हामिदको लक्ष्य नेपालले पदकभन्दा प्रदर्शनमा ध्यान दिने छ। 'कुन पदक जित्छौं भनेर भन्दिनँतर हाम्रो लक्ष्य फाइनल जित्ने हुनुपर्छ। त्यसका लागि सबै कुराले साथ दिनुपर्छ। हामीले जति तयारी गरेका छौं, त्यसअनुसार हामीले राम्रो नतिजा निकाल्ने छौं।'

उनले भने,'नेपालको खेल्ने शैली धेरै पुरानो छ। मैले थोरै सुधार गर्ने कोसिस गरेको छु। आधुनिक भलिबलमा एउटा खेलाडीले हरेक पोजिसनबाट खेल्न सक्नुपर्छ। त्यसमा मैले सक्दो सुधार गर्ने प्रयास गरेको हो।'

उनले थपे, 'खेलाडीले छोटो समयमा कडा मिहिनेत गरेका छन्। हाम्रो बलियो पक्ष भनेको भलिबललाई माया गर्नु हो। यहाँका जनताले भलिबललाई हृदयदेखि मनपराउँछन्। त्यसले हामीलाई कोर्टमा राम्रो गर्न हौसला दिएको छ।'

नेपालले पुरुषतर्फ इम राना र महिलातर्फ बिनिता बुढाथोकीको कप्तानीमा खेल्दैछ। इम र सञ्जय अर्यालसँगसाग खेलेको अनुभव छ। अन्य सबै नयाँ हुन्। महिला टोलीमा मञ्जु गुरुङ, कप्तान बिनिता र कोपिला उप्रेतीसँग सागको अनुभव छ।

कप्तान इमले श्रीलंकालाई हराउँदै अगाडि बढ्ने बताए। उनले भने, 'टोलीमा सबै नयाँ खेलाडी छन्। हामीले इरानी प्रशिक्षकबाट खेल्ने नयाँ शैली सिकेका छौं। यसले हामीलाई राम्रो नतिजा निकाल्ने सहयोग गर्नेछ।'

महिला कप्तान विनिताले भारतसँग फाइनल खेल्ने लक्ष्य लिएर जान लागेको बताइन्। उनले भनिन्, 'नेपाली महिला भलिबलको इतिहासमै अहिलेको टोली उत्कृष्ट हो। हामी फाइनल खेल्ने कोसिस गर्छाैं। श्रीलंका र भारत हाम्रो मुख्य प्रतिस्पर्धी हुन्।'

बिनिताको नेतृत्वमा नेपालले १ वर्षअघि दक्षिण एसियाली आमन्त्रित भलिबलमा श्रीलंकालाई हराउँदै रजत जितेको थियो। साग खेल्ने टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशब कुमार विष्ट र नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले बिदाइ गरे।

टोली शनिबार गुवाहटी पुग्ने कार्यक्रम छ। त्यहाँ नेपाली खेलाडीले अफ्गानिस्तानको साग भलिबल टोलीसंग अभ्यास खेल खेल्ने तय भएको प्रशिक्षक सुदेशकुमार रिमालले जनाएका छन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...