Sunday 26 Mangshir, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

एन्जेलिकसँग सेरेना स्तब्ध

(0 votes)
एन्जेलिकसँग सेरेना स्तब्ध
मेलबर्न- एन्जेलिक क्रेबरले विश्व नम्बर एक सेरेना विलियम्सलाई स्तब्ध पार्दै शनिबार पहिलोपल्ट अस्ट्रेलियन ओपन टेनिस जितेकी छिन्। सन् १९९९मा स्टेफी ग्राफपछि ग्रान्ड स्लाम जित्ने क्रेबर पहिलो जर्मन खेलाडी हुन्। उनी ३४ वर्षीया अमिरिकी खेलाडी सेरेनाले मेनबर्न पार्कको सातौं उपाधि तथा २२ औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा तगारो बनिन्। सेरना ग्रान्ड स्लामको एकल उपाधिमा ग्राफको कीर्तिमान बराबरी गर्न चाहन्थिन्।
nepali-patro-june
सातौं वरीयताकी क्रेबरले पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा सेरेनालाई २–१ को सेटमा परजित गरेकी हुन्। उनी ६–४, ३–६, ६–४ को सेटमा विजयी भइन्।

'मैले पहिलो राउन्ड खेल्दा म पछि परेको थिएँ र जर्मनी फर्कने योजना बनाउँदै खेलंे,' क्रेबरले भनिन्, 'मैले दोस्रो मौका पाएँ। सेरेनासँग फाइनल खेल्ने मौका पाएँ र यो जितले मेरो सपना पूरा भएकोछ। अब म ग्रान्डस्लाम च्याम्पियन भन्न सक्छु।'

पहिलो सेटमा सेरेनाले जर्मनकी २८ वर्षीया सुन्दरीमाथि दबाब सिर्जना गरेकी थिइन्। १५–३० ले पछि परेको अवस्थामा उनले दबाब चिर्दै खेल पक्षमा पारेकी थिइन्। क्रेबरले सशक्त सेरेनाविरुद्ध उत्कृष्ट रक्षात्मक टेनिस खेलिन्। कडा सट प्रहार गर्नेक्रममा सेरेनाले पहिलो सेटमा २३ गल्ती गरिन्।

त्यही गल्ती र समयमा तालमेल मिलाउन नसक्दा सम्भावित विजेताको रूपमा हेरिएकी सेरेना जर्मन प्रतिद्वन्द्वीविरुद्ध फर्कन सकिनन् र ३९ मिनेटमै पहिलो सेट गुमाइन्।

दोस्रो सेटमा गल्ती सच्याउँदै सेरेनाले पुनरागमन गरिन् रसेट आफ्नो पक्षमा पार्दै अन्तिम निर्णायक सेटसम्म पुर्यालइन्। तर, अन्तिम सेटमा सेरेनालाई मौका नदिई क्रेबरले तेस्रो सेट ६–४ ले जितिन्।

'निकै रोचक छ कि जब म यो प्रेस रूममा छिर्छु सबैको चाहना मैले जितून भन्ने हुन्छ। मेरो जीवनको प्रत्येक खेल,' सेरेनाले भनिन्, 'प्रत्येक खेल जित्ने उद्देश्य हुन्छ। तर, आज त्यो हुन सकेन। उनका लागि म साँच्चिकै खुसी छु। मैले उनलाई धेरैपल्ट हराएको थिएँ। उनले आज निकै उत्कृष्ट खेलिन् उनको प्रदर्शन सबैका लागि प्रेरणदायी हुनसक्छ। '

पुरुषतर्फ उपाधि लागि आइतबारबेलायती एन्डी मरे र नोभाक जोकोभिच प्रतिस्पर्धा हुनेछ। गत वर्ष जोकोभिचले मरेलाई हराएर उपाधि जितेका थिए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...