Wednesday 5 Magh, 2073 |
Menu

खेल

istl

हवाई इन्धनको भाउ एक तिहाई घट्यो

(0 votes)
हवाई इन्धनको भाउ एक तिहाई घट्यो
काठमाडौं–मुलुकमा पेट्रोलियम पदार्थ बिक्रीवितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले पाँच गुणा महँगोमा हवाई इन्धन बेचिरहको सार्वजनिक भएको भोलिपल्टै एक तिहाईले मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले हवाई इन्धनको भाउ अन्तर्राष्ट्रिय उडानका जहाजलाई ३५.८८ प्रतिशत र आन्तरिकतर्फ ३३.८९ प्रतिशतले घटाउने निर्णय गरेको हो।
nepali-patro-june
निगमले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई प्रतिकिलोलिटर (एक हजार लिटर) मा पाँच सय ४९ डलर (५९ हजार आठ सय ४१ रुपैयाँ) घटाएको हो । सोमबारसम्म प्रतिकिलोलिटर एक हजार पाँच सय ३० अमेरिकी डलर (एक लाख ६६ हजार सात सय ७० रुपैयाँ) पर्ने इन्धन अब नौ सय ८१ डलर (एक लाख ६ हजार नौ सय २९ रुपैयाँ) मा खरिद गर्न पाइन्छ ।

निगमले भारतका नयाँदिल्ली, मुम्बई, बैंगलोर र कोलकाता, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र कतारको दोहामा भन्दा हवाई इन्धन पाँच गुणा महँगोमा बिक्री गर्दै आएको थियो । निगमले प्रतिलिटर १.५३ डलर (एक सय ६६ रुपैयाँ ७७ पैसा) मा बेचिरहेको इन्धन अब प्रतिलिटर एक सय ६ रुपैयाँ नौ पैसामा बेच्ने छ ।

भारतले नाकाबन्दी लगाउनुअघि निगमले एक किलोलिटरको एक हजार तीन सय ५० डलर (एक लाख ४७ हजार तीन सय ५० रुपैयाँ) मा बिक्री गथ्र्यो । यो भनेको प्रतिलिटर १.३५ डलर (एक सय ४७ रुपैयाँ १५ पैसा) हो ।

त्यसैगरी आन्तरिक वायुसेवा कम्पनीका जहाजलाई प्रतिलिटर एक सय ६४.८८ रुपैयाँबाट ५५.८८ घटाएर एक सय नौ रुपैयाँ बनाएको छ । नाकाबन्दीअघि भने प्रतिलिटर एक सय १८ रुपैयाँमा बेच्थ्यो तर नाकाबन्दीको बीचमा एकैचोटि ९७ प्रतिशतले बढाएर लिटरको दुई सय ३४ रुपैयाँ कायम गरेको थियो । त्यसको केही समयपछि लिटरमा ६९ रुपैयाँ घटाएको थियो ।

निगमले यसलाई मूल्य समायोजन भने पनि अन्तर्राष्ट्रिय बजारमा यहाँको दाँजोमा पाँच गुणासम्म सस्तो रहेको भन्दै उसको तीव्र आलोचना भएपछि बाध्य भएर मूल्य घटाएको हो । हवाई इन्धनको भाउ अति महँगो भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसहित यहाँ उडान गरिरहेका साढे दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र आन्तरिक वायुसेवा कम्पनीले घटाउन आग्रह गर्दै आएका थिए ।

आयल निगमले सोमबारसम्म हवाई इन्धन प्रतिकिलोलिटरको एक लाख ६६ हजार सात सय ७० रुपैयाँमा बिक्री गर्दै आएको थियो । यति नै परिमाणको इन्धन भारतमा भने ३४ हजार चार सय २२ रुपैयाँमै खरिद गर्न पाइन्छ । निगमले तोकेको मूल्य सम्पूर्ण करसहित हो भने भारतमा पनि सबै कर जोडेपछि उक्त मूल्य तोकिएको हो । त्यसमाथि आयल निगमले बिक्री वितरण गर्ने इन्धनको 'गुणस्तर' मा सधैं प्रश्न उठ्ने गरेको छ ।

'हामीसहित सबै अन्तर्राष्ट्रिय र आन्तरिक वायुसेवा कम्पनीलाई यो खुसीको कुरा हो, इन्धनको भाउ घट्नु भनेको अन्तिममा त्यसको फाइदा यात्रुलाई नै हुन्छ किनभने हवाई भाडा कम हुने गर्छ,' नेपाल वायुसेवाका कर्पोरेट डाइेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, 'आयल निगमले अझै पनि इन्धनको भाउ कम गर्न सक्छ र अन्य देशको सरह ल्याउन सके उसलाई नै फाइदा हुन्छ ।'

आयल निगमले सधैं घाटा पूर्ति गर्ने भन्दै हवाई इन्धनसहित पेट्रोल, डिजेल, मट्टितेल लगायतमा अधिकतम नाफा खाँदै आएको छ । अहिले हवाई इन्धनको भाउ घटाउ पनि पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको भाउ भने यथावत राखेको छ ।

पेट्रोलियम पदार्थ आयात तथा बिक्रीवितरण गर्न पाउने एकलौटी अधिकार दुरुपयोग गर्दै निगमले पाँच गुणासम्म महँगो भाउ बनाएपछि यहाँ आइरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले सकेसम्म आफ्नै देशबाट ट्यांकी भरेर ल्याउने र यहाँ आएपछि कम परिमाणमा मात्र भर्ने गरिरहेका थिए ।

काठमाडौंबाट एक घन्टा हवाई दुरीमा रहेको भारत नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलोलिटर हवाई इन्धनको भाउ तीन सय ६३.७ डलर (३९ हजार ६ सय ४३ रुपैयाँ) मात्र पर्छ । यो भनेको प्रतिलिटर ०.३ डलर (३९ रुपैयाँ ६४ पैसा) हो ।

भारतकै मुम्बईमा प्रतिकिलोलिटर तीन सय ६१.७ डलर (३९ हजार चार सय २५ रुपैयाँ तीन पैसा), बैंगलोरमा तीन सय १५.८ डलर (३४ हजार चार सय २२ रुपैयाँ) र कोलकातामा पाँच सय ५९.४ डलर (६० हजार नौ सय ७४ रुपैयाँ) मात्र पर्छ ।

नेपाल वायुसेवाको नाफायोग्य सेक्टर (हाई यिल्ड) गन्तव्य मलेसियाको क्वालालम्पुरमा त झन् सबैभन्दा सस्तोमा हवाई इन्धन किन्न पाइन्छ । त्यहाँ प्रतिकिलोलिटर तीन सय ४.३ डलर (३३ हजार एक सय ६८ रुपैयाँ) मात्र पर्छ ।

त्यसैगरी, निगम जाने थाइल्यान्डको बैंककमा प्रतिकिलोलिटर ३ सय १३.५ डलर (३४ हजार एक सय ७१ रुपैयाँ), हङकङमा ३ सय ३०.१ डलर (३५ हजार नौ सय ८० रुपैयाँ) र कतारको दोहामा तीन सय ४०८ डलर (३७ हजार एक सय ४७ रुपैयाँ) मात्र पर्छ ।

नेपाल वायुसेवासहित अन्य विदेशी वायुसेवा कम्पनीले नेपालमा हवाई इन्धन महँगो भयो भन्दै घटाउन आग्रह गर्दा आयल निगमका निर्देशक दीपक बरालले 'हामीसँगै हवाई इन्धन किन किन्नुप¥यो ? जहाँ सस्तो छ र पायक पर्छ, उतै किने भइहाल्छ नि !' भन्ने गैरजिम्मेवार जवाफ दिएका थिए ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...