Thursday 6 Magh, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

वीरगन्जबाट १७ सय ट्यांकर र सयअधिक बुलेट

(0 votes)
वीरगन्ज- माघ २२ गते साढे चार महिना लामो नाकाबन्दी हटेयता रक्सौल–वीरगन्ज नाकाबाट १७ सयभन्दा बढी पेट्रोलियम ट्यांकर र एक सय पाँचवटा ग्यास बुलेट भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

nepali-patro-june
'नाका खुलेपछिको सुरुका दुई दिनमा इन्धन आएन। माघ २५ गतेदेखि इन्धन आउन थालेपछि भन्सारको राजस्व पनि बढ्यो,' कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले भने, 'त्यसयता नियमित रुपमा हरेक दिन यो नाका भएर इन्धन भित्रिएको छ।'

भन्सार कार्यालयका अनुसार शुक्रबारसम्म नौ सय २९ ट्यांकरमा १४ हजार ६ सय ९९ किलोलिटर डिजेल, तीन सय सात ट्यांकरमा पाँच हजार पाँच सय २४ किलोलिटर पेट्रोल, चार सय ४० ट्यांकरमा तीन हजार एक सय ७० किलोलिटर हवाई इन्धन र २७ ट्यांकरमा एक सय ६४ किलोलिटर मट्टीतेल ११ दिनमा भित्रिएको छ। जम्मा एक हजार सात सय तीन ट्यांकर तेल भित्रिएको भन्सारको तथ्यांक छ। यो भनेको २३ हजार पाँच सय ५७ किलोलिटर हो। एक किलोलिटर बराबर हजार लिटर हुन्छ।

यसबीचमा यो नाका भएर दुई करोड ३० लाख ५७ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएको हो। त्यस्तै १० दिनमा आएका एक सय पाँच वटा बुलेटमा एक हजार आठ सय ९० टन खाना पकाउने ग्यास भित्रिएको छ। टनमा हजार किलोग्राम हुने भएकाले भित्रिएको ग्यास भनेको १८ लाख ९० हजार किलो हो। निगमका अनुसार वीरगन्जबाट भित्रिने इन्धन नेपालको सबैभन्दा बढी खपत हुने मध्यक्षेत्रमा आपूर्ति हुने गरेको छ। जनकपुर, अमलेखगन्ज, नारायणगढ र राजधानी काठमाडौं लगायत ठाउँमा यहाँबाट गएका इन्धन पुर्या इएको वीरगन्जस्थित निगमको कार्यालयले जनाएको छ। इन्धन अझै पनि सहज रुपमा उपलब्ध नभएको गुनासो भने कायमै छ।

राजस्वमा क्रमिक सुधार
इन्धन आयात सुचारु भएसँगै वीरगन्ज भन्सार कार्यालयको राजस्व असुलीमा पनि सुधार भएको छ। यो आर्थिक वर्षमा दैनिक ३० करोडभन्दा बढी राजस्व असुलीको लक्ष्य लिएको भन्सारले यहाँको नाका थुनिएको अवस्थामा एक प्रतिशतको असुलीमा झरेको थियो। व्यापारी र ढुवानीकर्ताले जति बल गर्दा पनि दिनको ५० लाखभन्दा बढी असुली नाघ्न सकेको थिएन। नाका खुलेपछि लक्ष्यको आधाको हाराहारीमा राजस्व उठ्न थालेको छ। माघ २२ यता शुक्रबारसम्म एक अर्ब ६३ करोड तीन लाख रुपैयाँ उठेको छ। यसमा इन्धनबाट उठेको करिब ३० करोड रुपैयाँ पनि समावेश छ। यो आर्थिक वर्षमा वीरगन्ज भन्सारलाई एक खर्ब तीन अर्ब राजस्व असुलीको लक्ष्य छ। माघ महिनासम्म १५ अर्ब ३४ करोड मात्र उठेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द, हडतालले वीरगन्ज भन्सारको करिब ४१ अर्ब राजस्व गुम्यो। माघ महिनासम्मको लक्ष्य अनुसार ५६ अर्ब ६ करोड यो नाकाबाट उठ्नुपर्ने हो। 'क्रमिक रुपमा राजस्व असुलीमा सुधार आउँदैछ,' पन्तले भने।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...