Sunday 19 Mangshir, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

'बिहान–बेलुका बिजुली देऊ'

(0 votes)
काठमाडौं-वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहान र साँझ विद्युत आपूर्ति कटौती नगर्न भन्दै पठाएको पत्रलाई नेपाल विद्युत प्राधिकरणले अव्यवहारिक भनेको छ । मन्त्रालयले पठाएको पत्रमा बिहान र बेलुका ५ देखि ९ बजेसम्म बिजुली नियमित गर्न अनुरोध गरिएको छ ।


nepali-patro-june
नाकाबन्दीका कारण ग्यास आपूर्ति नहुँदा समस्या थपिँदै गएकाले मन्त्रालयले कात्तिक १७ गते प्राधिकरणलाई उक्त समयसम्म बिजुली नियमित आपूर्ति गर्न लिखित अनुरोध गरेको थियो । तर, प्राधिकरणले मन्त्रालयको अनुरोधलाई अव्यवहारिक भनेको छ । भारतबाट आयातित करिब २ सयसहित अहिले ७ सय २० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । माग झन्डै १ हजार ३ सय मेगावाटसम्म पुगेको छ । तराई आन्दोलनका कारण झन्डै ३ सय उद्योग बन्द भएपछि त्यस क्षेत्रमा खपत हुने बिजुली प्राधिकरणले सर्वसाधारण ग्राहकलाई उपलब्ध गराइरहेको छ । 'बिजुली उत्पादन र आपूर्तिको अवस्था प्रतिकूल हुँदा–हुँदै प्राधिकरणले आपूर्ति नियमित गर्ने प्रयास गरेको छ,' प्राधिकरणका एक उच्च अधिकारीले नागरिकसँग भने, 'यस्तो अवस्थामा मन्त्रालयले जबर्जस्ती व्यवस्थापन गर भन्ने आशयको पत्र पठाएको छ, यो व्यवहारिक भएन ।' प्रणालीमा हुँदै नभएको बिजुली प्राधिकरणले व्यवस्थापन गर्न नसक्ने उनले बताए । 'दक्षिणका सीमा नाकाबाट हुने आयात–निर्यात अवरोध भई देशमा अत्यन्त सीमित खाना पकाउने ग्यास लगायत पेट्रोलियम आयात भएको छ,' मन्त्रालयले प्राधिकरणलाई लेखेको छ, 'उपभोक्ताको मागअनुसार खाना पकाउने ग्यास उपलब्ध हुन नसक्दा खाना पकाउन बिजुलीको उपयोग गर्नुपर्ने अवस्था छ ।' आम उपभोक्तको हितलाई ध्यानमा राखी बिहान ५ देखि ९ बजेसम्म र साँझ सोही अवधिसम्म विद्युत आपूर्ति सहज हुने गरी व्यवस्था मिलाउन मन्त्रालयले प्राधिकरणलाई अनुरोध गरेको छ । तर, प्राधिकरणले तराई आन्दोलन सुरु भएदेखि नै निरन्तर बिजुली उपलब्ध गराउँदै आएको छ । उपत्यकाबाहेक तराई क्षेत्रमा करिब ३ सय उद्योग सञ्चालनमा छन् । ती उद्योगमा ३ सय ५० मेगावाट बराबर बिजुली माग छ । तराई आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण अहिले सबै उद्योग चल्न सकेका छैनन् । उद्योग नचल्दा वा त्यस क्षेत्रमा खपत नहुँदा बचेको बिजुली नै प्राधिकरणले साधारण ग्राहकलाई बाँड्दै आएको छ । निरन्तर बिजुली उपलब्ध गराएकैले ग्यास अभाव झेलिरहेका सर्वसाधारणलाई ठूलो राहत पुगेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । 'नाकाबन्दी यही अवस्थामा रहेर उद्योग कलकारखाना सञ्चालन नहुने हो भने सर्वसाधारणले लोडसेडिङको चर्को मार झेल्नु पर्दैन,' उनले भने, 'प्रणाली (प्रसारण लाइन) बचाएर भएको बिजुली वितरण गर्ने हो, जबरजस्ती गर्ने भन्ने हुँदैन । उनका अनुसार अहिले भारतबाट मात्रै झन्डै २ सय १५ मेगावाट बिजुली आयात भइरहेको छ । औद्योगिक क्षेत्र सञ्चालन नहुँदा बचेको ३ सय ५० मेगावाटकै कारण लोडसेडिङ बढेको छैन । अहिले प्राधिकरणको तालिकाअनुसार दैनिक साढे ६ (सातामा ४४ घन्टा) घन्टा लोडसेडिङ छ । उद्योग नचलेकै कारण तालिका अनुसार लोडसेडिङ नभएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले बताए । 'गत वर्ष सही बेला दैनिक १२ घन्टासम्म लोडसेडिङ थियो,' उनले भने, 'अहिले सातामा १७÷१८ घन्टा मात्र लोडसेडिङ छ ।' सोही बिजुली उपलब्ध भएकाले सर्वसाधारणले दैनिक करिब १० घन्टा बढी बिजुली उपभोग गर्न पाएका छन् । गत वर्ष यही समयमा दैनिक १२ घन्टा (सातामा ८३ घन्टा) सम्म लोडसेडिङ थियो । प्राधिकरण केन्द्रीय प्रसारण लाइनमा अहिले करिब ७ सय ८० मेगावाट बिजुली जोडिएको छ । तर, उत्पादन आधामात्र छ । प्राधिकरणका अनुसार अहिले प्राधिकरणका आयोजनाबाट ३ सय ३५ मेगावाट उत्पादन भइरहेको छ । यस्तै, निजी क्षेत्रबाट १ सय ८० र भारतबाट करिब २ सय मेगावाट आपूर्ति छ । बिजुलीको माग अहिले करिब १ हजार २ सय मेगावाट पुगेको छ । 'नदी तथा खोलामा पानीको बहाब घट्दै गएकाले उत्पादन पनि घट्दै गएको छ,' भार प्रेषण्का क्षत्रीले भने, 'उद्योग चल्न सकेनन् भने लोडसेडिङ धेरै बढ्दैन ।' क्षेत्रीका अनुसार एक सातापछि लोडसेडिङको नयाँ तालिका सार्वजनिक हुनेछ । नाकाबन्दी र तराई आन्दोलनको अवस्था यही रहेर उद्योग सञ्चालनमा नआए लोडसेडिङ धेरै नबढ्ने उनले दाबी गरे । नाकाबन्दीले दैनिक जीवनयापनदेखि विकास निर्माणसमेत ठप्प भइरहँदा सरकारले विशेष योजना ल्याएर निजी क्षेत्रले बनाइरहेका आयोजनाको निर्माण पूरा गर्न सघाउनुपर्ने काफ्लेले बताए । 'नाकाबन्दी अवस्था यही रहे उद्योग क्षेत्रलाई बिजुली नदिएर पनि सर्वसाधारणको समस्या समाधान गर्नुपर्ने हुन्छ,' उनले भने । बिजुली आपूर्ति अझ सहज बनाउन प्राधिकरणले आउँदो एक महिनाभित्र भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने तयारी गरेको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट उक्त परिमाणको बिजुली किन्न लागेको हो । यो ४ सय केभीको प्रसारण लाइन भए पनि तराई बन्दले ढल्केबारमा निर्माण हुने सबस्टेसन बन्न समय लागेपछि १३२ केभीमा 'चार्ज' गरेर बिजुली ल्याउने प्रयास भइरहेको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...