11 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

आयरल्यान्डका प्रशिक्षक खेलाडीबाट दंग

(0 votes)
डब्लिन– आयरल्यान्डका प्रशिक्षक मार्टिन ओनिलले युरोपियन च्याम्पियनसिपको फाइनल चरणमा स्थान सुरक्षित गरेपछि आफ्ना खेलाडीको जुझारुपनको प्रशंसा गरेका छन् ।


nepali-patro-june
सोमबार राति प्लेअफको दोस्रो लेगमा बोस्निया हर्जगोभिनामाथि २–० को विजय पाएपछि ओनिलको टोली ३–१ को समग्र विजय हासिल गर्दै अर्को वर्ष फ्रान्समा हुने युरोपियन च्याम्पियनसिपलाई छनोट भएको थियो । पहिलो लेग १–१ को बराबरी भएको थियो ।

आयरल्यान्डको जितमा सोमबार दुवै हाफमा स्टोक सिटीका फरवार्ड जोन वाल्टर्सले गोल गरेका थिए । ओनिलले पूरा छनोट यात्राकाक्रम आफ्नो टोलीले देखाएको जुझारुपन र सकारात्मक सोचको प्रशंसा गरे । जुनमा डब्लिनमा स्कटल्यान्डसँग १–१ को बराबरीमा समेटिएपछि आयरल्यान्डको छनोट यात्रा कठिन हुने अनुमान गरिएको थियो ।

तर, त्यसपछि आयरल्यान्डले जिब्राल्टार, जर्जिया र विश्व च्याम्पियन जर्मनीलाई हराउँदै समूह 'डी' बाट तेस्रो स्थानका साथ प्लेअफमा ठाउँ सुरक्षित गरेको थियो । सोमबार ल्यान्डओन रोडमा बोस्निया हर्जगोभिनामाथि सहज जित पाएपछि आयरल्यान्डको अभियानले सुखद क्लाइमेक्स पाएको थियो ।

'मैले योभन्दा बढी गर्व गर्ने ठाउँ पाउन्न होला,' ओनिलले भने, 'मेरो टोलीमा अत्यन्तै सकारात्मक सोचका प्रतिभावान खेलाडीको समूह छ । उनीहरू आफ्नो देशका लागि भिडेर खेल्न चाहन्छन्, जुन सबैभन्दा महŒवपूर्ण कुरा हो । उनीहरूले आफूसँग भएको सबथोक छनोट अभियानमा दिएका छन् ।'

स्कटल्यान्डसँग जित्नुपर्ने खेलमा बराबरी नतिजा निस्किएपछि टोलीलाई थप उर्जा मिलेको उनको भनाइ थियो । 'स्कटल्यान्डसँगको खेलपछि हामी पछि परेका थियौं । तर, अझै फ्रान्सको सिट हाम्रो हातमा छ भन्ने सकारात्मक सोच पलायो र त्यही सोचका कारण आज हामी यहाँ छौं,' ओनिलले भने, 'त्यसकै परिणामस्वरुप हामीले लगातार तीन महŒवपूर्ण खेलमा जित हासिल ग¥यौं ।'

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...