15 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

निन्दनीय संवेदनहीनता

(0 votes)
मधेस आन्दोलनका नाममा भएको बन्द र नाकाबन्दीका कारण सिंगो मुलुक आक्रान्त एवं अर्थतन्त्र धराशायी भइसक्ता पनि वार्ताका नाममा नाटकमात्र भइरहनु राजनीतिक नेतृत्वको चरम संवेदनहीनताको उदाहरण हो । वार्ताका लागि सरकारी समिति बनेको छ तर त्यसको उपलब्धि शून्य बराबर छ । आन्दोलनकारीहरू सरकारले वार्ता गर्न चासो लिएन भन्छन् तर वार्तामा तर्कसम्मत छलफल गर्नैका लागि माग पूरा हुनुपर्ने सर्त राख्छन् । प्रमुख विपक्ष नेपाली कांग्रेसका नेताहरू आपूmलाई सरकारले उपेक्षा गरेको गुनासो गर्छन् तर वार्तामा बस्नैका लागि पनि 'काइते भाउ' खोज्छन् । 'अघोषित नाकाबन्दी' गर्ने भारत सरकार वार्ताबाट सहमति भएपछि मात्र नाका खुल्छ भन्छ। भारतलाई गाली गरेकोमा क्रुद्ध मधेसी नेता चाहिँ वार्ताभन्दा नाकाबन्दीमै बढी रमाएका देखिन्छन् । अर्थात्, जनताको पीडादायी अवस्थाप्रति राजनीतिक क्षेत्र पटक्कै संवेदनशील भएन।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
नाकाबन्दी टुंगिने लक्षण अभैm देखिएको छैन । देशभर र विशेषगरी सहरी क्षेत्रमा जनजीवन निकै कष्टकर भइसकेको छ । सम्भवतः काठमाडौं उपत्यकाको जनजीवन सबैभन्दा धेरै असहज भएको छ । सरकारले अहिलेसम्म सबै ध्यान इन्धनको आपूर्तिमा लगाए पनि कुशल वितरण व्यवस्थाको अभावका कारण खासै सहयोग पुगेको छैन । नेपाली जनताले यसपटकको अभावलाई 'राष्ट्रिय स्वाधीनताको प्रश्न' ठानेकाले जति नै अप्ठेरो पनि त्यसलाई सहने धैर्य देखाएका छन् । तर, अव्यवस्था लामो समयसम्म कायम रहे जनताको धैर्य टुट्न सक्छ । इन्धनको अभावसँगै महँगी पनि निकै बढेको छ । अभाव र महँगी दुवैको मार सहन निश्चित आय हुने र दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरूका लागि निकै कष्टकर भइसकेको छ । अस्पतालहरूमा अत्यावश्यक जीवनदायिनी औषधि र उपकरणको समेत अभाव भइसकेको छ । अन्तर्राष्ट्रिय समुदायले नेपालमा मानवीय संकट उत्पन्न हुनसक्ने चेतावनी दिइसकेका छन् । यस्तो अवस्थामा पनि राजनीतिक दलका नेताहरू वार्ताप्रति गम्भीर नहुनु अत्यन्त दुर्भाग्यपूर्ण र आपत्तिजनक हो ।

मधेसी दलका नेताहरू संसद्मा उपस्थित भइसकेपछि नाकाबन्दी गरेर जनतालाई थिलथिलो बनाउन प्रवृत्त हुनुको रहस्य बुझ्न निकै कठिन भएको छ । अघोषित कुनै दुराशय नभए मधेसी दलका नेताले मधेसकै बालबालिकाको भविष्यप्रति मधेसी नेता यति संवेदनहीन हुनु नपर्ने हो । यस्तै भूकम्पले थिलथिलो पारेको क्षेत्रका जनतालाई सरकारी उदासीनताले लगाएको घाउमा मधेसी नेताको नाकाबन्दीले नुकचुक छरेको छ । तैपनि, राजनीतिक दलका नेताहरू भने अत्यन्त गैरजिम्मेवाररूपमा प्रस्तुत भइरहेका छन् । सरकारका मन्त्रीहरूले समस्या टुंगिने हैन देश विभाजन गर्ने अभिव्यक्ति दिन्छन् । संसद्मा एक तिहाइभन्दा बढी सदस्य संख्या भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरू उत्तिकै गैरजिम्मेवाररूपमा प्रस्तुत भएका छन् । मानवीय संकटमा पर्न लागेको देशका राजनीतिक नेताहरूले अहम् त्ुष्टिको राजनीति गर्नुभन्दा दुर्भाग्य अरू के हुनसक्छ ? जनतामा असन्तोषको आगो दन्कनुभन्दा पहिले राजनीतिक दलका नेताहरू गम्भीर भएनन् भने त्यसको परिणाम निकै भयावह हुनसक्छ ।

सरकार पक्कै पनि अरूभन्दा बढी जिम्मेवार हुनुपर्छ । सबैभन्दा पहिले प्रधानमन्त्रीलगायत मन्त्रीहरूले उत्तेजक अभिव्यक्ति दिन बन्द गर्नुपर्छ । प्रमुख विपक्षीबिना संविधान संशोधन हुननसक्ने हुनाले कांग्रेसलाई किनाराको साक्षी राख्ने हैन संवादको मियो बनाउन सरकार तयार हुनुपर्छ र कांग्रेसले पनि त्यस्तो भूमिका जिम्मेवारीपूर्वक पूरा गर्नुपर्छ । मधेसी दलका नेताहरूले पनि जनताका नाममा जनतालाई नै सास्ती दिने कार्यशैली नछाड्ने हो भने अहिले प्राप्त हुनसक्ने उपलब्धि पनि गुम्नेछ । राजनीतिक संयन्त्रजस्ता गैरसंवैधानिक माध्यमबाट अनौपचारिक प्रयाससम्म हुनसक्छ तर आधिकारिक निर्णय त संसद्ले नै गर्नुपर्छ । यसैले मधेसी दलसमेतको सहभागिता हुने गरी तत्काल संसदीय समिति बनाएर वार्ता अगाडि बढाउनु आवश्यक र उपयुक्त देखिन्छ । वार्ताप्रति अहिले देखिएको निन्दनीय गैरजिम्मेवार प्रवृत्ति तत्काल अन्त्य होस् ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...