Monday 13 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

भुटानी शरणार्थी भारतको बाटो हुँदै आएका हुन् : अाेली

(1 Vote)
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानबाट लखेटिएका नेपाली भाषी भुटानीहरु भारतको बाटो हुँदै नेपाल आएको बताएका छन्। दक्षिणी भुटानबाट बलपूर्वक लखेटिएका नेपाली भाषी भुटानीलाई नेपाल सरकारले मानवताका आधारमा शरण दिएको उनले बताए।
nepali-patro-june
तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत एक लाख भुटानी शरणार्थीलाई विश्वका आठ मुलुकमा सफलतापूर्वक पुनर्वास गरिएको सन्दर्भमा यहाँस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

झण्डै अढाइ दशकदेखि नेपालले झेल्दै आएको भुटानी शरणार्थी समस्या र त्यसको समाधान गर्न विश्व समुदायले गरेको सहयोगको सराहना गर्दै प्रधानमन्त्री ओलीले बाँकी रहेका करिब १८ हजार शरणार्थीलाई पनि सोही कार्यक्रमअन्तर्गत पुनर्वासको व्यवस्था गर्नुपर्ने धारणा राखे।

'हामी भूटानी शरणार्थी समस्या समाधान गर्न चाहन्छौँ, यो साझा समस्या भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न नेपाल सरकार तत्पर छ', शरणार्थी पनि विश्व परिवारका सदस्य भएको उनले बताए।

भुटानी शरणार्थीलाई ससम्मान घर फर्काउन धेरै चरणमा भूटान सरकारसँग वार्ता भएको तर त्यसले कहिल्यै निकास नपाएपछि आफू उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री हुँदा तेस्रो मुलुक पुनर्वासको नयाँ सोचका साथ अन्तर्राष्ट्रिय जगतसँग छलफल चलाएको स्मरण गर्दै उनले त्यसैको परिणामस्वरुप आज एक लाख शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापित हुन सकेको उल्लेख गरे।

नेपालका लागि अमेरिकी राजदूत र अष्ट्रेलियाली राजदूत क्रमशः अलाइना टेपलिट्ज र ग्लेन ह्वाइटले एक लाख शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन सक्नु ठूलो उपलब्धि भएको उल्लेख गरेका थिए।

कार्यक्रममा दिइएको जानकारीअनुसार अमेरिकाले ८४ हजार ५००, क्यानाडाले छ हजार ५००, अष्ट्रेलियाले पाँच हजार ५५४, न्युजिल्याण्डले एक हजार दुई, डेनमार्कले आठ सय ७४, नर्वेले पाँच सय ६६, बेलायतले तीनसय ५८ र नेदरल्यान्डस्ले तीनसय २७ जनालाई पुनर्वास गराएका छन्। रासस

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...