Monday 10 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

दुवैमा एपिएफ च्याम्पियन

(0 votes)
दुवैमा एपिएफ च्याम्पियन
इटहरी- पाचौं पुरुष तथा चौथो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगितामा दुवैतर्फको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। इटहरीमा शुक्रबार भएको फाइनलमा पुरुषतर्फ एपिएफका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडी च्याम्पियन बन्यो। उनीहरूको जोडीले आर्मीका हरिहर थापा र मानबहादुर श्रेष्ठको जोडीलाई २१–१०, २१–१७ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो।

nepali-patro-june
महिलातर्फ नेबिका चौधरी र सरस्वती चौधरीको जोडीले उपाधि जित्यो। नेबिका र सरस्वतीको जोडीले आफ्नै क्लबका विनिता बुढाथोकी र रेश्मा भण्डारीको जोडीलाई २१–१९, १०–२१, १५–३ ले हराएको थियो ।

दुवैका विजेताले समान २० हजार नगद पुरस्कार पाए।

शुक्रबारै सेमिफाइनलमा महेन्द्र र सुरेशले आर्मीका ज्ञानेश्वर अधिकारी र भरत भण्डारी तथा हरिहर र मानबहादुरले पश्चिमाञ्चलका रमेश केसी र भूपेन गुरुङको जोडीलाई हराएका थिए।

पुरुष र महिला दुवै विधातर्फ पश्चिमाञ्चल तेस्रो भयो। रमेश र भूपेनको जोडीले आर्मीका ज्ञानेश्वर र भरतको जोडीलाई २१–१८, २१–१७ को सोझो सेटमा हरायो। महिलातर्फ भने मञ्जु गुरुङ र अरुणा शाहीको जोडीले आर्मीकै निमा श्रेष्ठ र रत्ना गुरुङको जोडीलाई १७–२१, २१–१३, १२–१५ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो ।

उपविजेताले १५ हजार, तेस्रोले १० हजार र चौथो स्थान हात पार्ने जोडीले ५ हजार पुरस्कार पाएका थिए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कृत गरे।

समापनका अवसरमा पूर्व राष्ट्रिय खेलाडी एवं सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई, जापनिज प्रशिक्षक शुन्जी यानागिता तथा पूर्वराष्ट्रिय खेलाडीहरू जयनारायण चौधरी, श्याम पौडेल, कुमार ओझा र मोहन गिरीलाई सम्मान गरिएको थियो। सदस्यसचिव विष्टले आयोजकले भलिबलका पुराना हस्तीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताए।

स्पर्धामा पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रसहित आर्मी तथा एटिएफका पुरुषतर्फ १० र महिलातर्फ ७ टोली सहभागी थिए। प्रतियोगिता गर्न ८ लाख रुपैयाँ खर्च भएको जानकारी दिइयो। नेपाल भलिबल संघको आयोजना तथा पूर्वाञ्चल क्षेत्रीय भलिबल संघको संयोजनमा भएको हो।

यसैबीच पूर्वाञ्चल भलिबल प्रशिक्षण केन्द्रको शुक्रबारै शिलान्यास गरिएको छ। इटहरी पूर्वाञ्चल क्षेत्रीय रंगशालामा करिब ५ कठ्ठा जग्गामा निर्माण गरिने अन्तर्राष्ट्रिय भलिबल प्रशिक्षण केन्द्रको सदस्यसचिव विष्ट र जापनिज प्रशिक्षक यानागिताले संयुक्त शिलान्यास गरे।

यहाँ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वधार निर्माण गर्ने क्रममा चार करोड २६ लाख रुपैयाँमा खेलमैदान निर्माण भएको छ। क्षेत्रीय रंगशालामा फुटबल र दौड प्रतियोगिता गर्न आठ लेनको ट्र्याक र फिल्ड निर्माण भएको हो।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...