Friday 24 Mangshir, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

आयल निगमको प्राविधिक टोली आज चीन जाने

(0 votes)
काठमाडौं- चीनबाट व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ ल्याउन नेपाल आयल निगमको टोली सोमबार बेइजिङ जाने भएको छ। टोलीमा निगमका दुइ उच्च अधिकारी मात्र सहभागि हुने छन। निगमका निर्देशक दीपक बराल र निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराई प्राविधिक अध्ययन गर्न चीन जान लागेका हुन्। उनीहरुले अध्ययन गरेको दुई दिनपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको टोली जानेछ।

nepali-patro-june
'पहिलो चरणमा निगमको टोलीमात्र चीन जानेछ,' वाणिज्य मन्त्री गणेशमान पुनले नागरिकसँग भने, 'टोलीले प्राविधिक अध्ययन सकेपछि मन्त्रालयको प्रतिनिधिमण्डल जानेछ।'

मन्त्री पुनका अनुसार व्यापारिक सम्झौतापछि पेट्रोलियम पदार्थ आयात गर्दा चीनले उताको कर छुट दिने संकेत गरेको छ। यसलाई अन्तिम रुप दिन मन्त्रालयको टोलीले पहल गर्नेछ। 'चीनबाट दीर्घकालीन रुपमा पेट्रोलियम पदार्थ ल्याउन थालेपछि उसले उतातिरको कर छुट दिने संकेत गरेको हो,' उनले भने, 'कर छुट दिए अहिलेको भन्दा धरै महँगो पर्दैन।'

उनका अनुसार वाणिज्य मन्त्रालयले दैनिक जसो चिनियाँ अधिकारीसँग कुरा गरिरहेको छ। 'हाम्रो पहिलो प्रथामिकता भनेकै कर छुट हो। अहिले त्यसैमा छलफल हुँदैछ,' उनले भने, 'कर छुट दिए नेपालीलाई धेरै राहत हुन्छ।'

प्राविधिक विषयमा टुंगो नलगाई मन्त्रालयको टोली जाँदा बेकार हुने भएकाले रोकिएको मन्त्री पुनले बताए। त्यसैकारण निगमका प्राविधिक विषयमा जानकार अधिकारीलाई त्यसतर्फ पठाउन लागिएको हो।

'चीनसँग प्राविधिक विषयमा आयल निगम र पेट्रो चाइनाबीच इमेलमा मात्रै कुरा भएको छ,' मन्त्री पुनले भने, 'पहिला चीनले दिने पेट्रोलियम पदार्थको मूल्य, निकासी गर्दा कर छुट लगायत विषय टुंग्याउनुपर्ने भएकोले प्राविधिक टोली पठाउन लागिएको हो।'

प्राविधिक विषय टुंगो लागेपछि व्यावसायिक सम्झौताका लागि वाणिज्य मन्त्रालयका सह–सचिव शम्भु घिमिरे, परराष्ट्र, अर्थ र कानुन मन्त्रालयका सह–सचिव चीन जानेछन्। यसअघि अनुदानको तेल लिन निगमको नेतृत्व गर्दै बराल केरुङ पुगेका थिए।

यो टोलीले बेइजिङमा पेट्रो चाइनाका अधिकारीसँग छलफल गर्नेछ। मन्त्री पुनका अनुसार अहिलेसम्म पनि पेट्रो चाइनाले नेपाललाई दिने पेट्रोलियम पदार्थको मूल्यबारे जानकारी दिएको छैन। निगमले पेट्रो चाइनालाई इन्डियन आयल कर्पोरेसन (आइओसी)ले दिएकै मूल्यमा पेट्रोलियम दिन प्रस्ताव गरेको छ।

तर चीनबाट आउने पेट्रोलियम पदार्थ उच्च गुणस्तरको भएकोले मूल्य केही महँगो पर्नेछ। चीनले युरो–४ मापदण्डको पेट्रोल मात्रै बिक्री गर्छ। भारतबाट युरो–३ मापदण्डको दिँदै आएको छ।

पेट्रोलियम पदार्थको व्यापारिक सम्झौता गर्न नेपाली अधिकारी गत बिहीबारै चीन जानुपर्ने थियो। चीनले गत कात्तिक ३० गते नै निगमलाई पत्राचार गरी व्यापारिक सम्झौता गर्न बोलाएको थियो।

चीनको पेट्रो चाइनाबाट पत्र आएलगत्तै बाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो दिँदै सहसचिव शम्भु घिमिरेको संयोजकत्वमा ७ सदस्यीय टोली गठन गरेको थियो। त्यसमा आयल निगमका अधिकारीसमेत समावेश थिए।

मन्त्री पुनले पनि यसअघि बिहीबार नै सरकारी टोली चीन गएर सम्झौता गर्ने सार्वजनिक गरिसकेका थिए। त्यसैअनुसार निगमले सबै तयारी पूरा गरेको थियो।

मन्त्री पुन पेट्रोलियम पदार्थको सहज आपूर्ति र दोहोरो कर हटाउने विषयमा कुरा गर्न एक हप्ताअघि चीन गएर फर्किएका थिए। उनी नेपाल फर्केलगत्तै निगमलाई व्यापारिक सम्झौता गर्न औपचारिक पत्र आएको थियो।

चीन सरकारले लगाउने कर हटाउन पहल गर्न निगमका अधिकारी मात्रै गएर नहुने मन्त्रालय स्रोतको भनाइ छ। 'राज्य तहबाट पहल नभई कर छुट हुँदैन,' मन्त्रालयका एक उच्च अधिकारीले भने।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...