Monday 10 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

सरकार गरेर देखाऊ!

  • मङ्गलबार ८ मंसिर, २०७२
  • रामप्रसाद रौनियार
  • Be the first to comment!
(0 votes)
विकसित देशले मंगल ग्रहमा मानव बस्ती बसाल्ने तयारी गरिरहेका छन् भने हाम्रो देशमा चाहिँ हामी दाउरे युगतिर फर्किनु पर्ने बाध्यता आइपरेको छ।

nepali-patro-june
समस्या भारतको अघोषित नाकाबन्दी होस् या मधेसी मोर्चाको आन्दोलन नेपाली जनताले तीन महिनादेखि अत्यन्त कष्टकर जीवन जिउन बाध्य छन्। काठमाडौंलगाएत देशका विभिन्न सहरमा ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको अत्यासलाग्दो लाइन देख्दा दिक्क लाग्न थालेको छ।

तीन–चार दिनसम्म लाइनमा बस्दा पनि पेट्रोलियम पदार्थ नपाएर जनता रित्तै हात फर्कन बाध्य छन्। थोरबहुत भारतबाट आएको पेट्रोलियम पदार्थ र चीन सरकारले अनुदानमा दिएको तेलको उचित ढंगले ब्यवस्थापन र वितरण हुननसक्दा जनताले थप सास्ती भोग्नुपरेको हो।

यही मौका छोपी देशमा कालोबजारी चरम उत्कर्षमा पुगेको छ। विगतमा समान्य तरिकाले पाउने पेट्रोल हाल जनताको पहुँचभन्दा बाहिर गएको छ। कालोबजारमा भने सजिलै पाइन थालेको छ।

मोटरसाइकल हाम्रो देशमा सहरका मध्यमवर्गीय परिवारका लागि अपरिहार्यजस्तै भइसकेको छ। बर्सेनि लाखौंको संख्यामा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा मोटरसाइकल थपिँदै गएको छ।

जनताको मोटरसाइकललाई सरकारले उपलब्ध गराउन खोजेको पेट्रोलका बारेमा विद्यमान असहज परिस्थितिमा पनि आपूर्ति व्यवस्था सहज बनाउने दीर्घकालीन उपायहरू यस प्रकारका हुनसक्छन्।

प्रत्येक मोटरसाइल धनीले आआफ्नो मोटरसाइकल नम्बर (लटसमेत), ब्लुबुक नम्बर ,आफनो नजिकको पेट्रोलपम्पको नाम (कम्तीमा २ वटा) र आफनो मोबाइल नम्बर एसएमएस गर्न सरकारले आह्वान गर्ने। नेपाल टेलिकमले सो एसएमएस वापत १० रुपियाँ शुल्क लिन सक्ने व्यवस्था गरिदिने।

सो शुल्कबापत उठेको रकमबाट टेलिकमले एसएमएसमार्फत आएको तथ्यांकलाई पम्पको नाम र उपभोक्ता संख्याको आधारमा वर्गीकरण गरी नामावली तयार पार्ने ब्यवस्था गराउने । सो नामावली आयल निगम, सम्बन्धित पम्प, आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई टेलिकमले पठाई दिने। त्यसपछि तेल वितरणको व्यवस्था सरकारले मिलाउने। फलस्वरूप, सरकारलाई अतिरिक्त आथिर्क व्ययभार र थप जनशक्तिको भार पर्नेछैन। उदाहरणका लागि, नेसनल ट्रेडिङको पम्पमा चार हजार उपभोक्ताको नामावली आयो भने त्यसलाई हजारको दरले चार वटा सूची तयार पार्ने। प्रत्येक हजारको सूचीलाई निश्चित वितरण गर्ने व्यवस्था मिलाई मिति तोकी नेपाल टेलिकमले सो हजार उपभोक्तालाई एसएमएसमार्फत् उपभोक्ताले प्राप्त गर्ने परिणाम,मीति र पम्पको नामको सूचना पठाउने ब्यवस्था गर्नुपर्ने आवश्यक छ।

तेल पाउने उपभोक्ताको नामावलीलाई आयल निगमलगायतका वेबसाइटमा समेत राख्न लगाउँदा सबैले सार्वजनिकरूपमै सूचना प्राप्त गर्न सक्नेछन्। जस्तै आयल निगमको डिपोबाट ५ हजार लिटर तेल नेसनल ट्रेडिङको पम्पमा पठाउने व्यवस्था भयो भने हजार उपभोक्ताको नामावलीलाई साथमै पठाई वितरण गर्न लगाउने।

सूचीमा नाम भएका उपभोक्ताले तेल भर्न आउँदा अनिवार्यरूपमा ब्लु बुकसाथमा लिएर आउनुपर्ने र तेल भरेपछि पम्पकेा छाप र सही ब्लु बुकमा गराईमात्र पठाउने व्यवस्था गर्नुपर्छ। त्यसले गर्दा वास्तविक उपभोक्ताले सहज तरिकाले तेल प्राप्त गर्न सक्छन्।

यसो गर्दा पाँच लिटरको दरले हजार जना उपभोक्ताले पाँच हजार लिटर पेट्रोल पाउने निश्चित हुन्छ। सरकारले यस्तो व्यवस्था गर्न सकेमा सामान्य उपभोक्ता लामो समयसम्म लाइन बस्ने झन्झटबाट मुक्त हुनेछन्। समयको पनि बचत हुन्छ। कालोबजारी स्वतः नियन्त्रण हुन्छ। सरकारसँग सबै थोकको सेवा सुविधा उपब्लध हुँदाहँुदै पनि उसले किन यस्तो व्यवस्था गर्न नसकेको? कतै सरकार कालो बजारी गर्नेलाई संरक्षण त गरिरहेको छैन?

यो व्यवस्था लागु गर्दा पम्पवालाको मनपरीसमेत हट्छ। यसरीनै प्राइवेट कार, ट्याक्सी र भाडाका सावारी साधनलाई पनि व्यवस्थित इन्धन वितरणको व्यवस्था मिलाउन सकिन्छ।

यस्तैगरी ग्यास, डिजेल, मट्टीतेलमा पनि यस्तै किसिमको वैज्ञानिक प्राणालीबाट आपूर्ति व्यवस्था सरकारले मिलाउन सक्छ । तर यसका लागि सरकार र जिम्मेवार निकाय इमानदारीसाथ लाग्नु आवश्यक हुन्छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...