Thursday 13 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

आर्थिक वृद्धिदर २ प्रतिशतमा खुम्चँदै, मूल्यवृद्धि करिब १० प्रतिशत हुने

  • बुधबार ९ मंसिर, २०७२
  • बालकृष्ण ज्ञवाली, कुबेर चालिसे
  • Be the first to comment!
(0 votes)
आर्थिक वृद्धिदर २ प्रतिशतमा खुम्चँदै, मूल्यवृद्धि करिब १० प्रतिशत हुने
काठमाडौं-सय दिनदेखि जारी तराई–मधेस आन्दोलन र दुई महिनायताको नाकाबन्दीका कारण आर्थिक वृद्धिदर २ प्रतिशत हाराहारीमा खुम्चने भएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो ।


nepali-patro-june
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार मन्त्रालयमा 'देशको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तन्कालको कार्यदिशासम्बन्धी श्वेतपत्र' जारी गर्दै बन्द हडताल, आपूर्ति प्रणालीको अवरोध लम्बिँदै गए आर्थिक वृद्धिदर थप संकुचन भई २ प्रतिशतबाट पनि तल झर्ने सम्भावना रहेको बताए ।

नाकाबन्दीले मुलुकको उद्योग, कृषि, सेवालगायत सबै क्षेत्र नराम्ररी प्रभावित भएकाले अर्थतन्त्रको विस्तार खुम्चिएको मन्त्री पौडेलको भनाइ थियो । 'खाद्यान्न, इन्धन, औषधिलगायत जीवनरक्षाका लागि अत्यावश्यक दैनिक उपभोग्य वस्तु र सेवाको आपूर्ति हुन नसक्दा जनजीवन कष्टकर मात्रै भएको छैन, मानवीय संकटको स्थिति पनि देखा पर्न थालेको छ,' उनले भने ।

श्वेतपत्रमा 'भारत' उल्लेख नगरी अर्थमन्त्री पौडेलले तराई–मधेस आन्दोलनका नाममा भएका बन्द, हडताल र अवरोधले मुलुकको आर्थिक, सामाजिक अवस्था झन् पछाडि धकेलिएको बताए । वर्तमान सरकारलाई स्वाधीन अर्थतन्त्रको जग बसाल्ने चुनौती रहेको जनाउँदै उनले हालको आर्थिक शिथिलताले नेपाललाई सन् २०२२ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने र २०३० सम्ममा मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने लक्ष्यमा चुनौती थपिएको बताए ।

अर्थमन्त्री पौडेलले तत्कालका लागि केही आश्वासन पनि बाँडेका छन् । उनले ऊर्जा, खाद्य सुरक्षा तथा पुनर्निर्माणमा सरकार तदारुकताका साथ लाग्ने बताए । आयातका वैकल्पिक मार्ग, विद्युतीय सवारी साधनलाई प्रोत्साहन, पेट्रोलियम पदार्थको कारोबारमा निजी क्षेत्रको संलग्नतादेखि उद्योग व्यवसायलाई दिइने आर्थिक सुधारका कार्यक्रमको निरन्तरता, औद्योगिक सुरक्षा गर्ने अर्थमन्त्रीको आश्वासन छ । यस्तै, उद्योग–व्यवसायको सहजीकरण, शासकीय सुधार, आन्तरिक उत्पादन वृद्धि, वैदेशिक लगानी प्रोत्साहन, पर्यटन प्रवद्र्धन, आर्थिक कूटनीति तथा पारदर्शी ढंगमा इन्धन आपूर्ति र अनुगमन गरिने पनि उनले बताए ।

नयाँ संविधानप्रति असन्तुष्ट भारतले गरेको नाकाबन्दीका कारण दुई महिनामै अर्थतन्त्र तहसनहस भइसकेको र नाकाबन्दी अझै दुईतीन महिना जारी रहे आर्थिक वृद्धि ऋणात्मक हुने नेपाल राष्ट्र बंैकले अघिल्लो साता सार्वजनिक गरेको अध्ययनले देखाएको छ । एक दशकयता मुलुकको अर्थतन्त्रको विस्तार औसतमा ४.१ प्रतिशतले भएकाले पनि तत्कालै नाकाबन्दी हटे ठूलो प्रभाव देखिने छैन । अहिले मुलुकको अर्थतन्त्रको आकार २१ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले यो वर्ष १ खर्ब २८ अर्ब रुपैयाँले मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान गरेको थियो । अहिलेसम्मको नाकाबन्दीका कारण यस वर्ष अर्थतन्त्रमा ४२ अर्ब रुपैयाँ मात्र थपिने भएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोग र सबै मन्त्रालयको सहयोगमा स्वेतपत्र तयार गरेको हो । अर्थले नाकाबन्दीले पारेको असरको तथ्यांक तयार गरी पेस गर्न केही दिनअघि सबै मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसअनुसार तयार स्वेतपत्र मंगलबार मन्त्रिपरिषदमा छलफल भई पास भएको थियो ।

मूल्यवृद्धिको तथ्यांक लुकाइयो

चालु आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएसँगै सर्वसाधारणले दोहोरो अंकको मूल्यवृद्धि सामना गर्नुपर्ने देखिएको छ । नाकाबन्दीका कारण रोजगारी र आय गुमाउन बाध्य बनेका सर्वसाधारणलाई मूल्यवृद्धिको चाप थेग्न झनै समस्या पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ८ प्रतिशतभित्रै राख्ने प्रक्षेपण गरेको थियो । तर, आपूर्तिजन्य समस्या र आन्तरिक उत्पादनमा कमीले मूल्यवृद्धि धेरै हुने मन्त्री पौडेलले बताए । तर, स्वेतपत्र तयार गर्दा मूल्यवृद्धि दोहोरो अंकमा अर्थात १० प्रतिशतभन्दा माथि पुग्ने देखिएपछि अर्थ मन्त्रालयले भने यसलाई लुकाएर एक अंकमा देखाउन ९.९ प्रतिशत राखेको छ ।

'दोहोरो अंकको मूल्यवृद्धि हुने तथ्यांक सार्वजनिक भए सर्वसाधारणमा नकारात्मक असर पर्ने भएकाले वास्तविकता लुकाइएको हो,' अर्थका एक अधिकारीले नागरिकसँग भने ।

आपूर्तिजन्य समस्याका कारण बजारमा कालोबजारी बढेको र नागरिकले चर्को मूल्य तिर्नुपरेको यथार्थ सार्वजनिक भए पनि सही तथ्यांक ल्याए पेट्रोलियम पदार्थ र खाद्यान्नमा कालोबजारी गर्नेहरूलाई मूल्य बढाउन झनै सहयोग पुग्ने उनले बताए । तर, अर्थमन्त्री पौडेलले कालोबजारी नियन्त्रण गर्ने, वितरण प्रणाली व्यवस्थित गर्ने र मूल्यवृद्धिलाई वाञ्छित सीमाभित्र राख्ने दाबी गरेका छन् ।

नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आयात दुई महिनायता १५ प्रतिशत मात्र भएकाले मुलुकको अर्थतन्त्रका सबै क्षेत्र तहसनहस भएको छ । इन्धन अभावमा सबैभन्दा बढी मार औद्योगिक क्षेत्रमा परेको छ । मझौला र ठूला गरेर २२ हजार उद्योग बन्द भएका छन् । जेनतेन सञ्चालनमा रहेका उद्योगले पनि १० प्रतिशत मात्र उत्पादन गरेका छन् ।

अर्थतन्त्र खुम्चँदा लाखौंले रोजगारी गुमाएका छन् भने राज्यले प्रत्येक वर्ष सिर्जना गर्ने नयाँ रोजगारीको अवसर पनि यस वर्ष गुम्ने देखिएको छ । उद्योगी–व्यवसायीहरू यो वर्ष नयाँ रोजगारी दिनेभन्दा भएकाको रोजगारीलाई कसरी थमौती गर्ने भन्नेमा चिन्तामा छन् । नयाँ रोजगारीको अवसर नपाउनाले र भएकाको रोजगारी पनि गुमेका कारण अहिले करिब १० लाख जनसंख्या गरिबीमा थपिएको अनुमान पनि सरकारको छ । तर, श्वेतपत्रमा पौडेलले भूकम्पका कारण ७ लाख जनता गरिबीको रेखामुनि धकेलिएको र हालको संकटले थप जनसंख्या गरिबीको रेखामुनि झर्ने निश्चित भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...