Friday 24 Mangshir, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

'साउदीसँग तेल मागेको थाहा छैन'

  • आइतबार ५ पुष, २०७२
  • महेश श्रेष्ठ
  • Be the first to comment!
(0 votes)
साउदी अरब- नेपालले साउदी अरब सरकारसँग पेट्रोलियम पदार्थ अनुदान सहयोगका लागि अनुरोध गरेको व्यापक चर्चा भए पनि साउदी अरबमै रहेको नेपाली दूतावास भने अनभिज्ञ छ। भारतीय अघोषित नाकाबन्दीका कारण भएको पेट्रोलियम पदार्थ अभाव टार्न साउदीसँग दुई करोड लिटर पेट्रोलियम पदार्थ अनुदान सहयोग मागेको सरकारका मन्त्रीले नै बताइरहेका छन्। तर, साउदी अरबस्थित नेपाली दूतावासलाई यसबारे कुनै औपचारिक जानकारी नआएको कार्यवाहक राजदूत आनन्द शर्माले बताए।

nepali-patro-june
शर्माका अनुसार सरकारले दूतावासलाई कुनै जानकारी गराएको छैन र साउदी सरकारका तर्फबाट समेत प्रतिक्रिया प्राप्त भएको छैन। 'तेल मागेको कुरा समाचारमा सुनेको हुँ तर मलाई औपचारिकरूपमा लिखित तथा मौखिक कुनै पनि प्रकारको जानकारी आएको छैन,' नागरिकसँग भने।

राष्ट्र संकटमा परेकोे समयमा साउदी अरबबाट नेपाललाई सहयोग पुर्यामउन आफूले साउदी सरकारका उच्चपदस्थ व्यक्तिसँग कुराकानी गरेको र उनीहरू सकारात्मक रहेको कार्यवाहक राजदूत शर्माले जानकारी दिए। 'मैले साउदी सरकारका उच्च तहका पदाधिकारीसँग नेपाललाई सहयोग गर्न अनुरोध गर्दा उनीहरुले लिखितरूपमा अनुरोध आए सहयोग गर्नसक्ने बताएका थिए। मैले यही कुरा परराष्ट्र मन्त्रालयमा जानकारीसमेत गराएको थिएँ।'

अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा सामान्यतः सम्बन्धित दूतावासबाटै आवश्यक कार्य गरिने प्रावधान भए पनि साउदी सरकारसँग पेट्रोलियम पदार्थ अनुदान सहयोग माग गरिएको सम्बन्धमा नेपाल सरकारले यहाँस्थित दूतावासलाई जानकारी नै नदिएको हो। कार्यवाहक राजदूत शर्माका अनुसार औपचारिक निर्देशन नहुँदा थप पहल गर्न पनि कठिनाइ भएको छ।

गत मंसिर २२ गते पेट्रोलियम पदार्थ अभाव समाधान गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत १० हजार किलोलिटर पेट्रोल र १० हजार किलोलिटर डिजेल साउदी अरब सरकारसँग लिखितरूपमा माग गरेको सार्वजनिक गरेको थियो। त्यसैगरी परराष्ट्र मन्त्रालयले पनि प्रक्रिया अघि बढाएको समाचार बाहिर आएको थियो।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...