Sunday 16 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मधेसी मोर्चाका कार्यकर्ताले ट्रक जलाए

(0 votes)
रौतहट–रौतहटको गरुडामा मंगलबार राति मधेसी मोर्चाका कार्यकर्ताले एउटा मालवाहक ट्रकमा आगजनी गरेका छन्। गरुडा नगरपालिका–२ स्थित महम्मदपुर रोडमा राति १२ बजे मोर्चाका कार्यकर्ताहरुले सख्खर लोड गरेको ना ३ ख १७० नम्बरको ट्रकमा आगजनी गरेका हुन्।
nepali-patro-june
स्थानीय व्यपारी शिवजी जयसवालले सख्खर लोड गरेर बाराको जितपुरतर्फ पठाउन लागेको ट्रकमा बाटोमा गौडा ढुकेर बसेका मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर पेट्रोल छर्केर आगजनी गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र पोखरेलले बताए।

१०\१५ जनाको संख्यामा रहेका आन्दोलनरत मधेसी मोर्चाको कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी गरे लगतै व्यापारी साहले प्रहरीलाई खबर गरेका थिए। आगजनीको खबर पाउने बितिकै इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी र स्थानीय मिलेर करिब ३० मिनेट मै आगो नियन्त्रणमा लिएको थियो। आगजनीबाट ट्रकको बाहिरी भाग सबै जलेको छ। प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएर सख्खर जल्नबाट जोगाएको छ।

प्रहरी आएको देखेपछि आन्दोलनकारीहरु फरार भएका छन्। उनिहरुको खोजी भइरहेको प्रहरी प्रबक्ता डिएसपी पोखरेलले बताए। यसैगरी स्थानीय प्रशासनले रौतहटको सदरमुकाम गौरमा बुधबार बिहान ८ घण्टाका लागि कर्फ्यू हटाएको छ। बिहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यू हटाएको हो । सर्वसाधरणको असुविधालाई ध्यानमा राखेर बिहान कर्फ्यू हटाइएको र मध्यान्ह १२ बजे पछि भने फेरि कर्फ्यू लाग्ने रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताएका छन ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...