11 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

सरकार कालो अर्थतन्त्रको चंगुलमा

(0 votes)
काठमाडौं- देशमा छाया (कालो) अर्थतन्त्र हावी हुँंदै जाँदा सरकार बिस्तारै यसैको चंगुलमा फस्न थालेको छ। तीन महिनादेखिको तराई–मधेस आन्दोलन तथा भारतको नाकाबन्दीका कारण कमजोर सरकार भएको मौका छोपेर उपभोग्य सामग्री विशेषतः पेट्रोलियम पदार्थको खुलेआम कालोबजारी गर्ने क्रमसँगै भूमिगत अर्थतन्त्र मौलाउन थालेको स्पष्ट देखिएको हो।
nepali-patro-june
चालु आर्थिक वर्षको आर्थिक वृद्धि दुई प्रतिशतभन्दा तल रहने अनुमान गर्ने अर्थमन्त्रालय कालो अर्थतन्त्रबारे अनभिज्ञ भने छैन। मंगलबारै अर्थ मन्त्रालयमा राजस्व समीक्षा बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनौपचारिक अर्थतन्त्र मौलाउने अवस्था देखिएको भन्दै अर्थतन्त्रका प्रमुख आधारहरुमा सुधार ल्याउन कर्मचारीलाई सुझाव दिदै गर्दा विराटनगरस्थित विवादास्पद निजी कम्पनी विराट पेट्रोलियमले राजधानीमा ट्यांकरबाट सिधै उपभोक्तालाई चर्काे मूल्यमा पेट्रोल बिक्री गरिरहेको थियो। यो एउटा उदाहरण मात्र हो, कसरी अर्थतन्त्र सरकारको हातबाट बाहिर जाँंदैछ भन्ने।

अपराध, भ्रष्टाचार, कालोबजार र तस्करीजस्ता गैरकानुनी क्रियाकलापजन्य आम्दानीलाई छाया अर्थतन्त्र, समानान्तर अर्थतन्त्र, भूमिगत अर्थतन्त्र वा कालो अर्थतन्त्र भनिन्छ। राजनीतिक दलका नेता, कर्मचारी र व्यापारीको मिलोमतोमा यसरी छाया अर्थतन्त्र मौलाउँंछ।

विज्ञका अनुसार राजनीतिक दलका नेता तथा उनीहरुका नजिकका पहुँचवाला, सरकारी कर्मचारी तथा प्रहरी सहयोगमा कालोबजारीसँग मिलेर निस्चित फाइदको लागी कालो अर्थतन्त्रलाई प्रोत्साहा गर्दछन् तर कालान्तरमा गएर काला बजारी यति प्रभावशाली हुन्छन् कि उनीहरु नै सरकार चलाउन थाल्छन्। जसका कारण राज्य नै असफल हुने खतरा हुन्छ,' अर्थविद विश्वम्भर प्याकुरेल भन्छन्। उनका अनुसार नेपाल पनि अहिले असफल राष्ट्र हुने बाटोमा छ।

अर्थतन्त्र 'कोल्याप्स' हुने अवस्थामा रहेको भन्दै उनले उत्पादन घटेको, २,२०० उद्योग बन्द रहेको, बेरोजगारी बेपत्ता बढेकाले सरकारको नैतिकतामा प्रश्न उठेको उनले बताए।

'हाल आपूर्तिजन्य समस्या तथा अर्थतन्त्रका संरचनागत र सरकारका कमजोरीले कालोबजारी संस्थागत भएकाले पनि कालो अर्थतन्त्र मौलाउन थालेको हो,' उनले भने। सरकारको कमजोरीले यसको आकार बढ्दै जाँदा देशलाई नै असफल बनाउने खतरा बढ्दो छ।

सरकार कानुनको शासन स्थापना गर्न असमर्थ हँुदै जाँंदा कालो अर्थतन्त्र मौलाउने अवसर पाएको उनको ठहर छ। कालो अर्थतन्त्र मौलाउँंदै जाँंदा सुरुमा त्यसको सिकार मध्यम वर्ग हुने उनको भनाइ छ। 'गरिब वर्ग बढी पैसा तिर्नै सक्दैन, धनी र पहुँंचवाला वर्ग आफ्नो इज्जतका लागि जति पैसा तिर्न पनि राजी हुन्छन् तर मध्यमवर्गको सीमित आयले त्यस्तो खर्च धान्न सक्दैन, त्यसैले कालो अर्थतन्त्र बढ्दै जाँंदा मध्यम वर्ग मारमा पर्छ,' उनले भने।

नाकाबन्दीका कारण सिर्जित आपूर्तिजन्य समस्याको आडमा छोटो समयमै धेरै पैसा कमाउने समूहका कारण उपभोग्य सामग्रीको बजारभाउ पनि दोब्बरभन्दा बढी भएको छ। जसका कारण आर्थिक मन्दी हुने नेपाल राष्ट्र बैंकले चेतावनी दिइसकेको छ।

सरकारसँग भने मौलाउँंदो कालो अर्थतन्त्र नियन्त्रणमा ल्याउने कुनै खास योजना देखिएको छैन। अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार गोविन्द नेपाल अहिले कालो अर्थतन्त्र मौलाएको गएको स्विकार्छन्। सरकार कालो अर्थतन्त्र मौलाउन नदिन प्रतिबद्ध रहेको दाबी गरे पनि उनले त्यसको योजना भने खुलाउन सकेनन्। उनले यत्ति भने, 'सरकार यसबारे सचेत छ।'

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य चन्द्रमणि अधिकारी पनि हाल अभावका नाममा कालो अर्थतन्त्र मौलाउँदै गएको स्विकार्छन्। कालो अर्थतन्त्र मौलाउँंदै जाँदा यसबाट दीर्घकालमा अर्थतन्त्रमा ठूलो समस्या देखा पर्ने भन्दै उनले अर्थतन्त्र बिस्तारै सरकारको हातबाट कालोबजारी र अपराधीको हातमा जान लागेकोमा चिन्ता पनि व्यक्त गरे।

बजारमा माग बढेको तर आपूर्ति कम भएको मौका छोपी केही कालोबजारी सल्बलाएको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री बताउँंछन्। 'अभावका कारण उपभोक्ता जुनसुकै मूल्य तिरेर सामान किन्न बाध्य छन्, यसैले कालोबजारी मौलाएको हो,' उनले भने।

कालो अर्थतन्त्र बढ्दै जाँंदा आपराधिक गतिविधि पनि वृद्धि हुने र अपराधीहरुको सरकारमा पकड बढ्दै जाने हुन्छ। 'यसरी सरकार निरीह र पूर्ण रूपमा आश्रित भएपछि अर्थतन्त्रमा ठूलो दुर्घटना हुन्छ,' उनले भने।

ट्रान्सपरेन्सी इन्टरनेसनलको गत साताको प्रतिवेदनले नेपाल १ सय ७४ राष्ट्रमध्ये १ सय ३९ औं भ्रष्ट राष्ट्र बनेको देखाएको छ। एकातिर भ्रष्टाचार बढ्दै जाने र अर्कोतिर आपराधीकरण चढ्दै जाँंदा देशमा कालो धन थुपार्ने होडबाजी चल्छ।

कालो अर्थतन्त्र मौलाउँंदै जाँंदा मंसिर मसान्तसम्ममा सरकारले करिब ५० अर्ब राजस्व गुमाइसकेको छ। सरकारले पेट्रोल आयातबाट एक महिनामा ३ अर्ब गुमाए पनि बजारमा भने तस्करीको पेट्रोल प्रशस्त कारोबार भइरहेको छ। 'सीमा वारपार यसरी तस्करी मौलाउँंदा अर्थतन्त्रमा आपराधीकरण बढ्दै जान्छ र कालान्तरमा कालो अर्थतन्त्रले प्रजातन्त्र नै खतरामा पारेका धेरै मुलुक छन्,' प्याकुरेलले भने।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...