Thursday 13 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

आयो 'लक्ष्य'को फस्टलुक

(0 votes)
आयो 'लक्ष्य'को फस्टलुक
काठमाडौं- प्रेमकथा र द्वन्द्वको मिश्रण रहेको फिल्म 'लक्ष्य'को फस्टलुक तथा प्रोमो सार्वजनिक गरिएको छ। शनिबार अनामनगरस्थित एक पार्टी प्यालेसमा फिल्मको फस्ट लुक तथा प्रोमो सार्वजनिक गरियो। मिलन आले मगरको निर्देशन रहेको फिल्मलाई ओमलाल गुरुङले निर्माण गरेका हुन्। फिल्ममा सबिन श्रेष्ठ, अनु शाह र सारिका घिमिरे मुख्य भूमिकामा रहेका छन्। फिल्म चैत्र ५ मा रिलिज हुनेछ।


nepali-patro-june
तर सोही मितिमा सबिनको अभिनय रहेको 'भाग सानी भाग' पनि रिलिज हुँदैछ। सुशील पंगेनीले पटकथा लेखेको फिल्मलाई सुमन तण्डुकारले खिचेका हुन्। निर्माता ओमलालले 'लक्ष्य'मा भरपुर मनोरञ्जनका साथै युवा पिढीका लागि सन्देश पनि रहेको बताए। उनले फिल्म राम्रो बनाउनका लागि कुनै सम्झौता नगरिएको दावी गरे। त्यसैगरी अति कम बोल्ने निर्देशक मिलनले फिल्म दमदार बनेको बताए। उनले दर्शकको मनोरञ्जनका लागि फिल्म बनाएकाले आफू ढुक्क रहेको बताए। अभिनेता सबिन श्रेष्ठले 'लक्ष्य' पूर्ण एक्शन फिल्म भएकाले दर्शकले भरपुर मनोरञ्जन पाउने दावी गरेर भने अभिनेत्री सारिका केसीले निकै मिहिनेतका साथ काम गरेकाले धेरै आशा राखेको बताइन्।

फिल्ममा सुनिल थापा र अर्जुनजंग शाही पनि महत्वपूर्ण भूमिकामा देखिँदै छन्। 'चिनो'मा २५ वर्षअघि सँगै अभिनय गरेका उनीहरुले कार्यक्रममा पुराना अनुभव बाँडे। कार्यक्रममा सुनिल थापाले शाहीलाई फिल्म उद्योगमा स्वागत गरे भने शाहीले पनि आफ्नो पुनरागमन दर्शकको मायाले सार्थक बन्ने विश्वास व्यक्त गरे।

अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसीको फाइट छ। फिल्ममा रवि गिरी, भानु प्रतापको पनि अभिनय छ। कार्यक्रममा अनु शाह भने अनुपस्थित थिइन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...