Thursday 23 Mangshir, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

सहकारीका संकट

(0 votes)
सन् २००७ मा बेलायती बैंक नर्दन रकले आकस्मिकरूपमा तरलता अभाव भएको भन्दै त्यहाँको केन्द्रीय बैंकसँग सहयोगका लागि याचना गर्योत। पछिल्लो पटक विश्वव्यापी आर्थिक मन्दी हुनुको कारण वा वित्तीय क्षेत्रमा पहिरो जानुको आरम्भबिन्दु त्यही थियो। त्यसपछि सन् २००८ मा अमेरिकाको लेमेन ब्रदर्स बैंक टाट पल्टेको घोषणा गरियो। लेमेन कुनैबेला अमेरिकाको चौथो ठूलो वित्तीय संस्था थियो।
nepali-patro-june
यस संस्थालाई संकटबाट पार गर्न अमेरिकी सरकारले ७ सय बिलियन डलर दिनुपर्योौ। लेमेनको असफताले अमेरिकामा लाखाँै मानिस घरवारविहीन र रोजगारविहीन बन्न पुगे। उनीहरूको आर्थिक–सामाजिक र पारिवारिक जीवन संकटमय बन्यो। यो घटनालाई आर्थिक विश्लेषक वित्तीय क्षेत्रमा आएको विनाशकारी भूकम्पको संज्ञा दिन्छन्। सन् २००७ र २००८ को वित्तीय संकटको अवधिमा कतिपय संस्था समाप्त भए, कतिको स्वामित्व परिवर्तन त कतिपय एकीकरण भए।

सन् २००८ मा कुनै प्राकृतिक विपत्ति वा प्राविधिक गडबडीका कारण वित्तीय संकट आएको होइन। यसको मुख्य कारण मानवीय कमजोरी थियो। वित्तीय संस्था धराशायी हुनुको कारण पत्ता लगाउन अमेरिकी सरकारले गठन गरको छानबिन समितिले मानवीय गल्ती, गलत निर्णय र दुष्कर्मका कारण वित्तीय संकट तथा आर्थिक मन्दी सृजना भएको निष्कर्षसहितको प्रतिवेदन दियो। समयमै सचेत र अनुशासित भएको भए त्यस्तो संकट आउँदैनथ्यो भन्ने प्रतिवेदनमा उल्लेख छ। नाटकीयरूपमा भएको वित्तीय प्रणालीकै असफलताले स्वस्थ र दिगो विकासका लागि केही महŒवपूर्ण कुरा सिकाएको छ। यसै पृष्ठभूमिमा अधारित रहेर नेपालको सहकारी क्षेत्रबारे सोच्नु आवश्यक देखिएको छ।

२००७ पछिको विश्वव्यापी आर्थिक मन्दीले कुनै न कुनैरूपमा सबै क्षेत्रलाई प्रभावित गर्यो्। वित्तीय संकटपछि गरिएको एक अध्ययनले सहकारी क्षेत्रमा यसले गम्भीर असर नपरेको तथ्य सार्वजनिक भयो। अन्तर्राष्ट्रिय सहकारी महासंघ, विश्व ऋण परिषद्लगायतका संस्थाले विश्वव्यापी आर्थिक मन्दीमा सहकारी संस्थाहरूमा नकारात्मक असर नपरेको बताउँदै सहकारीको भूमिका झनै बढेको उल्लेख गरेका छन्। वित्तीय संकटको समयमा फ्रान्सका करिब डेढ सय कम्पनी आफ्नो स्थायित्व, रोजगारी तथा वित्तीय सुरक्षाका लागि उद्यम सहकारीमा रूपान्तरित भए। यसले अन्तर्राष्ट्रियरूपमै वित्तीय क्षेत्रको निर्विकल्प अंगका रूपमा सहकारीलाई स्थापित गरिदियो।

यद्यपि, नेपालको सहकारी क्षेत्रले भने आफूलाई संकटमुक्त पुष्टि गर्न सकेन। विश्वव्यापी आर्थिक संकटपछि नेपालमा पनि त्यसको केही प्रभाव देखियो। घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा गरिएको ठूलो लगानीका कारण ओरियन्टल सहकारी संस्था धराशायी भयो। पुँजीका हिसाबले नेपालको सहकारी अभियानकै एउटा ठूलो संस्था ओरियन्टलको दुर्भाग्यपूर्ण अवसानले सहकारी क्षेत्रलाई नराम्ररी प्रभावित गर्योह। सदस्यको रकम डुब्यो। धेरैजनाकोे आर्थिक, सामाजिक र पारिवारीक जीवन धराशायी बन्यो। जसरी विश्वव्यापी आर्थिक संकट मानवीय कारणले भएको थियो त्यस्तै थियो ओरियन्टलको कथा पनि। महँगो ऋण, जोखिमपूर्ण लगानी, अनुत्पादक क्षेत्रमा अत्यधिक लगानी र वित्तीय अनुशासनको अभावमा संस्था डुब्यो। ओरियन्टलको समाचार सार्वजनिक भएपछि अन्य वित्तीय संस्थाका आन्तरिक तथ्य पनि बाहिर आउन थाल्यो।। ओरियन्टलसहित १३० वटा सहकारी संस्थामार्फत् करिब ११ अर्ब रुपैयाँ जोखिममा पर्योन।

यसले सहकारी अभियानमै प्रश्न खडा गर्यो३। त्यस समस्याको समाधान हालसम्म पनि हुन सकेको छैन। ओरियन्टललगायतका सहकारी संस्थाको असफलताको प्रभाव नेपालको सहकारी अभियानका लागि गत बैश्ााखमा गएको भूकम्पको असरजत्तिकै संकटपूर्ण भएको छ। यसका पराकम्पनहरूले सहकारी क्षेत्रलाई बेलाबेलामा धक्का दिँदै आएको छ। सहकारीमार्फत् भएका आर्थिक अपराधमा कारबाही गर्ने बलियो कानुनी आधार नभएका कारण पीडितहरू हरेक दिन सम्बद्ध मन्त्रालयको ढोकामा पुग्छन् र आफ्नो डुबेको रकम उठाइदिन याचना गर्छन्। बलियो कानुन नहुँदा मन्त्रालयले पनि केही गर्न सकेको छैन। दोषीलाई कारबाहीको दायरामा ल्याउन सहकारी तथा गरिबी निवारण मन्त्रालयले छिट्टै नयाँ ऐन ल्याउने तयारी गरेको थियो। तर, राष्ट्रिय सहकारी संघको गम्भीर असहमति र अवरोधका कारण मन्त्रालयले प्रस्ताव गरेको ऐन पास हुन्छ–हुँदैन भन्न सकिन्न।

सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको कार्यकक्षबाहिर दिनहुँजसो सहकारी पीडितको लाइन लाछ। मन्त्रालयले प्रस्तावित ऐनको मस्यौदा कानुन मन्त्रालयमा पठाएको छ। उता नयाँ ऐनका विरोधी भने यसले सहकारी अभियान नै धराशायी हुने बताउँछन्। मन्त्रालय भन्छ– छिट्टै सहकारी ऐन आएन भने सहकारी अभियान धराशायी हुन्छ। यस्तो विरोधाभासले सहकारी क्षेत्रलाई झन् ठूलो असर पारेको छ। सहकारी क्षेत्रलाई व्यवस्थित, मर्यादित बनाउँदै यसको गुणात्मक क्षमता विकास गर्न नयाँ सहकारी ऐन आउनु अनिवार्य छ। यसका प्रावधानले सहकारी अभियानलाई गम्भीर असर गर्योष भने संशोधन गरेर सच्चाउन सकिन्छ। सहकारी औपचारिक वित्तीय क्षेत्र हो। सहकारी क्षेत्रको फितलो कानुनी प्रावधानका कारण कतिपय व्यक्ति गलत नियतले यसमा लागेका छन्। केही सहकारी संस्थाले गरेका गलत कामका कारण सहकारीको महŒव र भूमिकालाई निर्धक्कसँग आममानिसबीच लैजान कठिन भएको छ। यस क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मा सहकारी संघहरूको पनि हो। तर, संघको नेतृत्व गरेका कतिपय व्यक्ति यस क्षेत्रमा समस्या सृजना हुनुमा सहकारी अभियानको तर्फबाट भएको गम्भीर त्रुटि स्वीकार्न तयार छैनन्। जिम्मेवार सहकारीमा समेत सहकारी अवधारणा, मूल्य–मान्यताको पालना भएको देखिँदैन।

काठमाडौँ उपत्यकामा सञ्चालित सहकारी संस्था अन्य ठाउँको तुलनामा मूल्य–मान्यतामा आधारित भएर नचलेको गुनासो पटकपटक आउने गरेको छ। कतिपय सहकारी संस्था निजी वा सानो समूहको साझेदार कम्पनीसरह सञ्चालन भएका छन्। सहकारीका सदस्यलाई मात्र होइन सञ्चालकमा समेत सहकारी के हो, किन र कसका लागि सञ्चालन गर्ने, कसरी सञ्चालन गर्ने, सहकारीका मूल्य–मान्यता र सिद्धान्त के हुन्, नीतिगत तथा कानुनी प्रावधान के छन् भन्ने विषयमा समान्य जानकारी समेत नभएको देखिन्छ। एउटै व्यक्ति धेरै संस्थामा सदस्य बनेका प्रशस्तै उदाहरण छन्।

साथै, सहकारीका संघहरूमा देखिएको चरम राजनीतिकरणले यसको व्यावसायिक मूल्यलाई कमजोर बनाउँदै लगेको छ। यो समस्या अब बिस्तारै प्रारम्भिक सहकारी संस्थामा सर्न थालेको छ। नियमसंगत ढंगले सञ्चालित सहकारीले गरेको अमूल्य योगदानलाई पनि यस्ता कुराले छायाँमा पारेको छ। 'सहकारी अभियान संख्यात्मक हिसाबले ठूलो छ र यसमा रहेको खराबीको मात्रा कम छ' भन्ने कुरा सहकारी अभियानका अभियन्ताबाट आउनु दुःखद कुरा हो। सामान्य समयमा त्यसको असर विस्तार नहोला तर, 'आँधीहुरी चलेको बेला छिमेकीले गरेको फोहोर आफ्नो आँगनमा समेत आउँछ' भन्ने कुराको हेक्का राख्नुपर्छ।

सहकारीमा देखिएका कतिपय समस्या गम्भीर खालका छन् र कतिपय अज्ञानताका कारण भएका छन्। समयमै यी समस्याको समाधान गर्न सकिएन भने जसरी सन् २००८ को विश्वव्यापी आर्थिक संकट सृजना भयो त्योभन्दा ठूलो समस्या आउने निश्चित छ। यो अवस्था आउन नदिनका लागि सहकारी ऐन छिटोभन्दा छिटो ल्याउनु आवश्यक छ। ३२ हजार सहकारी संस्था हाम्रोजस्तो मुलुकमा आवश्यक नै छैन। यसको नियमनमा कठिनाइ पर्छ। सहकारी एकीकरण अभियानलाई व्यापक बनाउनुपर्छ। स्वनियमन सहकारी संस्थाले मात्र होइन, सहकारी अभियानको नेतृत्वले पनि गर्नुपर्ने देखिन्छ। के राष्ट्रिय सहकारी संघलगायतका २२ वटा सहकारीका केन्द्रीय संघ तथा सम्पूर्ण जिल्ला सहकारी संघको नेतृत्वले स्वमूल्यांकन गरी आफ्नो औचित्य सावित गर्न सक्छन्!

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...