Sunday 26 Mangshir, 2073 |
Menu

republica-headerdiscount-subscribe1

तराईमा सेलाउँदै सलबलाउँदै सशस्त्र समुह

(0 votes)
लहान–सप्तरीको त्रिकोल गाविस निवासी जयकृष्ण गोइत लामो समय नेपालको कम्युनिष्ट आन्दोलनमा कठोर संघर्ष गर्ने राजनीतिक व्यक्ति हुन्। तत्कालीन नेकपा माओवादीको मधेसी मुक्तिमोर्चाका नेतृत्व तहमा रहेर मधेस र मधेसी जनताको हक अधिकारका लागि उनले सशक्त आवाज उठाएका थिए।
nepali-patro-june
तर उनी त्यो ठाउँ र ओहदामा धेरै दिन टिक्न सकेनन्। अन्ततः उनी माओवादीबाट विद्रोह गरेर २०६१ साल साउन १० जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरी केन्द्रीय संयोजक बने। मधेस र मधेसीको मुक्तिका लागि भन्दै उनको संठनले तराई–मधेशमा सशस्त्र संघर्षको शंखनाद गरे। उनको यो संगठनको गतिविधि तराई मधेसमा फैलिन लाग्दा उनको दाहिने हात मानिने ज्वाला सिंह उनीबाट अलग्गिए।

गोइतसँगको विवाद र मतभेदका कारण मोर्चा स्थापनाको दुई वर्षमै दुई चिरा भयो। ज्वाला सिंह आफ्नै नेतृत्वमा फेरि जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समूह संचालन गरे । त्यसपछि त जनतान्त्रिक नाम यती चल्यो कि यो नामबाट दर्जनौं समूह बाहिर आए, 'सप्तरीको बुढो बाजेको पेडा पसल' जस्तै।

जनतान्त्रिकको नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यती बढ्यो की मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। मधेस मुक्तिका लागि भनिएको त्यो सशस्त्र संघर्षलाई कमाइको माध्यम बनाइयो। जसले सशस्त्र समुहप्रति मधेसमा घृणा बढ्दै गयो। मधेसको सशस्त्र संघर्षलाई शुक्ष्म ढंगले नियाल्ने प्राध्यापक विजयप्रसाद मिश्र भन्छन्,'मधेस मुक्तिको नाममा पछिल्लो समय चलेको सशस्त्र संघर्षले मधेसी नै बढी सास्ती खेपेका छन्।'

०६७ पछि राज्यबाट चलाइएको इन्काउन्टर अभियान र धरपकरले संसशस्त्र गतिविधि क्रमिक रुपमा सेलाउँदै गएको मिश्रको भनाइ छ। त्यसपछि कतिपय सशस्त्र समुह प्रसाशन समक्ष आत्म समर्पण नै गरे। अधिकतर सरकारी वार्ता टोलीसँग वार्तामार्फत शान्ति प्रक्रियामा सहभागी बने। जसमध्ये धेरै आफूलाई मधेस केन्द्रित दलमा विलय गरे।

तर गोइत सरकारी वार्ता टोलीसँग वार्ता गर्न मानेनन्। उनको अडान थियो संयुक्त राष्ट्र संघको रोहबरमा मात्र सरकारी वार्ता टोलीसँग वार्ता गर्ने। जसका कारण उनीसँगको सरकारी वार्ता सम्भव हुन सकेन। गोइतले २०६३ चैत २६ गते जारी गरेको विज्ञप्तिमार्फत नेपाली शासकले तराइ छोडनु पर्ने, तराई स्वतन्त्र राज्य हुनु पर्ने, तराइको शासन तराइको मूलबासीले गर्न पाउनु पर्ने, तराईको सम्पूर्ण राजस्व तराइको विकासमा खर्च गर्नुपर्ने जस्ता माग अगाडि सारेको पाइन्छ।

मधेस मामिलाका विश्लेषक मिश्र भन्छन्, 'पहिलो मधेस आन्दोलनदेखि नै मधेसको शान्तिपूर्ण आन्दोलनमा मधेसका सशस्त्र संगठनको समिप्यता देखिन्छ। पहिलो मधेस आन्दोलनलाई त्यो बेलाको सरकारले छिट्टै सम्बोधन गरेका थिए। तर अहिले पाँच महिना भएपनि सम्बोधन हुन सकेको छैन्।

अहिले मधेस आन्दोलन लम्बिदैं जाँदा युवामा असन्तोषसँगै आक्रोश थपिँदै छ। जसलाई 'क्यास' गरेर सेलाई सकेका सशस्त्र समूह पुनः सलबलाउने कसरततर्फ उद्धत देखिन्छ। मधेस आन्दोलनमा सुरक्षाकर्मीबाट भइरहेको अनावश्यक बल प्रयोग र आन्दोलन सम्बोधनमा सरकारी ढिलाई सशस्त्र समुहको योजनामा उर्जा थप्ने काम गरिरहेको विश्लेषक मिश्र बताउँछन्।

जारी मधेस आन्दोलनलाई केन्द्रित गरेर सुरक्षा पोष्ट र सुरक्षाकर्मीलाई सहर र सदरमुकाम केन्द्रित गरेपछि सिमावर्ती क्षेत्रमा कमजोर बनेको सुरक्षाको लाभ उठाउँदै सशस्त्र संगठनले गतिविधि तेज पार्ने हो । पहिला पनि यहाँ यही भएको थियो । माओवादी द्वन्द्वका बेला सिमावर्ती क्षेत्रमा सुरक्षा पोष्ट खाली गरिएको थियो। यही मौकामा तराइका सशस्त्र संगठनले आफ्नो गतिविधि यो क्षेत्रमा तिब्र पारेका थिए । जसका कारण मधेसका गाउँहरु सशस्त्र समूहको 'सेल्टर' बनेको थियो । अहिले उनीहरु फेरि यसलाई दोहर्याउने दाउमा छन्।

'आन्दोलन लम्बिदैँ जानुले जारी मधेस आन्दोलनको दिशा, नेतृत्व र नारा बदलिन सक्ने खतराको पूर्वानुमान थियो,' मधेस मामिलाका अर्का विश्लेषक तुला नारायण साह बताउँछन्। ' जारी मधेस आन्दोलन शान्तिपूर्ण छ र शान्तिपूर्ण नै रह्नुपर्छ,' उनले भने, 'हिंसाले न देशको भलो गर्छ न मधेसको।'

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...