Friday 10 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

दाङ दुर्घटनामा ५ को मृत्यु

(0 votes)
दाङ–दाङमा बुधबार विहान स्कुल बस र किया गाडी एकआपसमा ठोक्किदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायतका अनुसार अहिले सम्म ५ जनाको मृत्यु भैसकेको छ।
nepali-patro-june

'अहिले सम्म ५ जनाको मृत्यु भएको छ भने २४ घाइते छन्,'उनले नागरिकन्युजसँग भने, 'तर अहिलेसम्म तीन जनाकाे पहिचान भएकाे छ।' प्रहरीका अनुसार मृत्यु हुनेमा काभ्रा ६ सल्यानका डेढ वर्षीय बालक हेमन्त श्रेष्ठ, दाङ त्रिपुर १ की ३६ वर्षीया सपना अन्सारी, र किया चालक मानपुर ७ का २० वर्षीय  धनवहादुर थापा रहेका छन् । मृतक अन्य दुई महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।दाङको तुलसीपुर घोराही सडक खण्डको सौडिकुलामा रा १ क १९१ नम्बरको स्कुल बस र रा १ ज ३७२ नम्बरको किया गाडी जुधेका हुन्।

दुर्घटनामा परि घाइते २४ जना मध्य १२ जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने अन्य घाइतेको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सवैको गम्भिर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिकास देवकोटाले जानकारी दिए। मृत्यु हुने र घाइते हुनेहरु कियामा सवार यात्रु रहेको प्रहरीले जनाएको छ। विद्यार्थी लिन घोराहीबाट नारायणपुर तर्फ जाँदै गरेको पद्मोदय पव्लीक स्कुलको उक्त बसमा विद्यार्थीहरु नरहेको पनि प्रहरीले जनाएको छ ।

Last modified onWednesday, 06 January 2016 14:50

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...