×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 12 Baishak, 2074 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

तीन भ्रुण भएकी सरोगेट आमाद्वारा गर्भपात गर्न अस्वीकार

(0 votes)
लस एन्जलस- तिम्ल्याहा गर्भ रहेका दुई अमेरिकी सरोगेट आमाले एउटा भ्रुण गर्भपात गर्न अस्वीकार गरेका छन्। कोखमा तीन भ्रुण रहेको थाहा पाएपछि आमाबाबुले एउटा भ्रुण गर्भपात गर्न सरोगेट आमामाथि दबाब दिएको न्युयोर्क पोस्टले जनाएको छ। क्यालिफोर्निया निवासी सरोगेट आमा मेलिसा कुकले एक महिनाअघि आफूमाथि सरोगेटका अभिभावकले एउटा भ्रुण गर्भपात गर्न दबाब दिएको जानकारी दिएकी हुन्।

nepali-patro-june
४७ वर्षीया कुकलाई जर्जिया राज्यका एक जना अज्ञात व्यक्तिले ३३ हजार अमेरिकी डलर तिरेर सरोगेसीका लागि कोख भाडामा लिएका थिए। उनले आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) प्रविधिबाट तीन वटा भ्रुण आफ्नो कोखमा धारण गरिन्।

नौ सातापछि स्क्यान गर्दा तीन वटै भ्रुण स्वाभाविक रुपमा विकास भइरहेको रिपोर्ट आयो। कोख भाडामा लिने व्यक्तिलाई कहिल्यै नभेटेकी कुकले न्यु योर्क पोस्टसँग सरोगेट बाबुका वकिल रबर्ट वार्मस्लीले आफूलाई एउटा भ्रुण गर्भपात गराउन आग्रह गर्दै पत्र पठाएको बताइन्। पत्र अनुसार नगरे सरोगेसी सम्झौता उल्लंघन भएको मानिने र सम्झौता अनुसार कुकले पाउने सबै सुविधाबाट वञ्चित हुनुपर्ने वकिल वार्मस्लीको पत्रमा उल्लेख थियो। साथै भने बमोजिम नगरे सुत्केरी हुँदाको स्वास्थ्योपचार खर्चसहित सरोगेट सन्तानको पालनपोषणलगायत कुनै अस्वाभाविक उपचार खर्च सबैबाट वञ्चित हुनुपर्ने पनि वार्मस्लीको पत्रमा उल्लेख गरिएको कुकले बताइन्।

क्यालिफोर्नियाकै अर्की सरोगेट आमा ब्रिटनीरोज टोरेजलाई पनि आइभिएफ प्रविधिबाट दुई वटा भ्रुण कोखमा राखिन्। दुईमध्ये एउटा भ्रुण विभाजन भई दुई समरुप जुम्ल्याहा बालकका रुपमा विकास भयो भने अर्को भ्रुण बालिकाको रुपमा। तर सरोगेट सन्तानका आमाबाबुले भने टोरेजलाई बालिकाको रुपमा विकास भइरहेको गर्भ पतन गराउन भने। टोरेजले बाबुआमासँग बालिका आफैंले पाल्छु भनिन्। तर सरोगेट आमाबाबुले भने टोरेजको आग्रह अस्वीकार गर्दै गर्भपात गर्न दबाब दिए।

त्यसपछि टोरेजले सरोगेसीविरुद्ध अभियान सञ्चालन गर्ने एउटा गैरसरकारी संस्था सेन्टर फर बायोइथिक्स एन्ड कल्चर नेटवर्कमा सम्पर्क गरिन्। सेन्टरले २६ वर्षीया टोरेजलाई निःशुल्क कानुनी सहायता उपलब्ध गरायो।

दुवै मामिलामास्वास्थ्यमा जटिलता आए चिकित्सकीय कारणले मात्र गर्भपात गर्न सकिने सरोगेट आमा र सरोगेट अभिभावकबीच सम्झौता भएको थियो। क्यालिफोर्निया राज्यमा व्यावसायिक सरोगेसीलाई दिइएको कानुनी मान्यताअनुसार सरोगेट आमामाथि अदालतले कुनै कार्य गराउन दबाब दिन सक्दैन।

न्युयोर्क युनिभर्सिटीको ल्यांगन मेडिकल सेन्टर, चिकित्सा आचार संहिताका मेडिकल निर्देशक आर्थर कप्लानले सिबिएस न्युजसँग शारीरिक अधिकार (आफ्नो शरीरमाथि आफ्नो अधिकार) सर्वोपरि भएको बताए। उनका अनुसार सरोगेट आमाले भनाइ नमाने सरोगेट अभिभावकले सम्झौताबमोजिम सरोगेसी शुल्क र महँगो स्वास्थ्य उपचार खर्च तिर्न अस्वीकार गर्न सक्ने बताए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...