×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 8 Shrawn, 2074 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

१० करोडको सुन्तला बिक्री

(0 votes)
१० करोडको सुन्तला बिक्री
बागलुङ- बिहुँ-२ का लोकमान कँडेलले लगाएका एक सय सुन्तलाले आम्दानी दिन थालेका छन्। गत वर्षको तुलनामा सुन्तला कम उत्पादन भए पनि साढे दुई लाख रुपैयाँ कमाएका छन्। सुन्तला फल्ने बेला परेको असिनापानीले असर पुर्या एकाले उत्पादन घटेको कँडेलले बताए। 'मौसम खराब भएकाले यो वर्ष उत्पादन घटेको छ,' उनले भने।
nepali-patro-june

कँडेल मात्र होइन, सोही स्थानका गोविन्द कँडेलले पनि बोटबाटै सुन्तला बिक्री गरेका छन्। सुन्तलाको पकेट क्षेत्र बिहुँमा यो वर्ष उत्पादन घटे पनि बोटबाटै बिक्री भएको छ। अधिकांश किसानले बोटबाटै ठेक्का दिएको सुन्तला उत्पादक समूहका अध्यक्ष बालानन्द कँडेलले बताए। बिहुँ–२, किमबोटबाट मात्रै करिब एक करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ। 'गत वर्षजस्तो त सुन्तला फलेन,' कँडेलले भने, 'किम्बोटका किसानले करिब १ करोड रुपैयाँ कमाए।'

यो वर्ष सुन्तलामा रोग, किराको प्रकोप पनि देखिएको उनले बताए बिहुँका किसानले सुन्तला बोटबाटै धमाधम बेचिरहेका छन्। अहिले बागलुङ, पोखरा, धादिङका व्यापारीले बिहुँ–२ किमबोट पुगेर बगैँचा नै ठेक्कामा किनेका छन्।

एकमुष्ट रकम आउने भएपछि किसानले पनि बोटबाटै बेचेका छन्। यहाँको सुन्तला काठमाडौँ निर्यात हुन थालेको छ। स्थानीय बजारमा बेच्दै अएका किसानले 'ठूलो बजार' खोज्दै उचित मूल्यमा बेच्न काठमाडौँ पनि पठाएका छन्। किमबोट गाउँका किसानको मुख्य पेसा नै सुन्तला खेती भएकाले यो सिजनमा लाखौँ आम्दानी गर्छन्। त्यहाँका डेढ सय घरधुरीले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। धेरै हुनेले बगान नै बिक्री गरे पनि थोरै हुनेले आफँै डोकोमा बाग्लुङ बजार ल्याएर बेच्ने गरेका छन्। यहाँका सुन्तला निकै रसिला र स्वादिला भएकाले बागलुङ बजारसहित काठमाडौँ, पोखरा, धरानलगायत बजारमा बिक्री हुने गरेको छ।

बिहुँलगायत भकुण्डे, रेश, दमेक, सिगाना, हरिचौर, रणसिंहकिटेनी, सर्कुवालगायत गाविस सुन्तलाको पकेट क्षेत्रको रूपमा विकास भएको कृषि विकास कार्यालयले जनाएको छ। यो वर्ष विगतको तुलनामा सुन्तला कम फलेको कृषि विकास कार्यालयकी बागवानी विकास अधिकृत महिमा बज्राचार्यले बताइन्। 'गत वर्षको तुलनामा करिब १५ प्रतिशतले गिरावट आएको छ,' उनले भनिन्, 'रोग, किराको प्रकोप र मौसम अनुकूल नहुँदा उत्पादन घटेको हो।' यो वर्ष करिब तीन हजार मेटि्रक टन सुन्तला फलेको छ। किसानले करिब १० करोड रुपैयाँका सुन्तला बेचेका छन्।

सुन्तलाप्रति किसानको आकर्षण बढेपछि कार्यालयले सुन्तलाको पकेट क्षेत्रको रूपमा विकास गरेको कृषि विकास कार्यालयका प्रमुख विनोद हमालले बताए। 'सुन्तला टिप्न कार्टुनमा पनि अनुदान दिएका छौँ,' हमालले भने, 'यो वर्ष करिब दुई हजार कार्टुन अनुदानमा उपलब्ध गरायौँ।'

किसानलाई सुन्तलामा आकर्षण गर्न तालिम, बिरुवा, सामग्री, भण्डारमा अनुदान दिने गरिएको छ। सिगानाका भीमबहादुर जिसीले सुन्तला भण्डारण गरेर बेमौसममा बेच्नका लागि सेलार स्टोर निर्माण गरेका छन्। उनीसहित बिहुँका पशुपति कँडेल, भुकण्डेका सोमबहादुर थापा, रेशका चित्रबहादुर कार्की, सिगानाका अनन्त खड्का, दमेकका मणिभद्र सापकोटा लगायतले डेढ लाख रुपैयाँको लागतमा भण्डार गृह बनाएका छन्। 'बमौसममा बेच्दा भाउ धेरै पर्ने भएकाले कोल्ड स्टोर बनाएका हौँ,' सापकोटाले भने, 'स्टोर निर्माण गर्न कृषि कार्यालयले सघाएको छ। केही सुन्तला कोल्ड स्टोरमा राखेर बिक्री गछौँ। व्यापारी घरमै आउने भएकाले सजिलो भएको छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...