Tuesday 11 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

तेस्रो कार्यकाल नेतृत्वमा अंकुश

(0 votes)
काठमाडौं- नेपाली कांग्रेसको जिल्ला र केन्द्रमा निरन्तर दुई कार्यकाल नेतृत्व सम्हालेका नेताले तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन कार्यविधि पारित गर्न आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले विधानको व्यवस्थाअनुसार पार्टी एकीकरणलाई पहिलो कार्यकाल मानेको छ।

nepali-patro-june
केन्द्रीय समितिले नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण हुँदादेखि निरन्तर जिल्ला नेतृत्व सम्हाल्दै आएका सभापतिले १३औं महाधिवेशनमा पुनः सोही पदमा उम्मेदवार हुन नपाउने निर्णय गरेको हो। 'दुई पार्टी एकता हुँदाका जिल्ला सभापतिलाई पहिलो कार्यकाल मान्ने निर्णय भएको छ,' केन्द्रीय सदस्य प्रदीप पौडेलले नागरिकसँग भने, 'त्यसपछि निरन्तर जिल्ला नेतृत्व सम्हालेकाले अब उम्मेदवार बन्न पाउँदैनन्।'

पार्टी विधानको धारा ४९, उपधारा १७ मा उल्लेख गरिएको दुई पदावधि भन्नाले नेपाली कांग्रेसको दसौँ र एघारौं महाधिवेशनमा केन्द्रीय र जिल्ला कार्यसमिति सभापति निर्वाचित भई हालसम्म कायम रहेको पदावधिलाई जनाउने उल्लेख गर्दै भनिएको छ, 'दसौँ महाधिवेशनमा सभापति भएको र एघारौँ महाधिवेशनमा नेपाली कांग्रेस विभाजन हुँदा सभापति रहेको तर पुनः एकीकरण हुँदा सभापति नरहेको अवस्थामा निरन्तर दुई पदावधि मानिने छैन।'

केन्द्रीय समितिको निर्णयसँगै लामो समयदेखि जिल्ला नेतृत्व सम्हाल्दै आएका १८ जिल्ला सभापति आगामी अधिवेशनमा जिल्ला नेतृत्वको दौडबाट बाहिर परेका छन्। दुई कार्यकालको व्यवस्थाअनुसार इलामका केशव थापा, धनकुटाका मनोहरनारायण श्रेष्ठ, मोरङका अमृत अर्याल, खोटाङका विष्णुकुमार राई, सिरहाकी सीतादेवी यादव, रामेछापका रामचन्द्र खड्का, धनुषाका रामसरोज यादव, धादिङका रामनाथ अधिकारी, काभ्रेका शिवप्रसाद हुमागाइँ, सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत, बाराका राधेचन्द्र यादव, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, मुस्ताङका सुवर्णकुमार विष्ट, रोल्पाका कृष्णबहादुर घर्तीमगर, सुर्खेतका तप्तबहादुर विष्ट, बझाङका पृथ्वीबहादुर सिंह, दार्चुलाका महादेव बडू र कञ्चनपुरका बहादुरसिंह थापाले अब जिल्ला नेतृत्वका लागि उम्मेदवार बन्न पाउने छैनन्।

त्यस्तै, बैठकले पार्टी पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ। तर, तल्लो तहको निर्वाचनमा सहभागी (मतदानमा भाग लिने) लाई भने त्यस्तो प्रवाधान लागू हुने छैन। उनीहरु गाउँ तहबाटै निर्वाचित भएर आउनुपर्ने नयाँ प्रावधान राखिएको छ। त्यस्तै, कांग्रेसले पार्टी नेतृत्वका लागि हुने निर्वाचन शुल्क वृद्धि गरेको छ। कांग्रेसले तोकेको नयाँ शुल्कअनुसार केन्द्रीय सभापतिमा उम्मेदवारी दिन २० हजार रुपैयाँ बुझाउने पर्ने छ। त्यस्तै, महामन्त्री र कोषाध्यक्षको उम्मेदवार बन्न १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकेको छ। जिल्ला सभापतिलाई ५ हजार, जिल्ला सचिव, कोषाध्यक्ष र सदस्यलाई ३ हजार र क्षेत्रीय समितिका सभापति, सचिव, कोषाध्यक्ष र सदस्य सबैलाई १ हजार, नगरमा ५ सय र गाउँ तहमा २ सय शुल्क असुल्ने कार्यविधि पारित गरेको छ।

पारित कार्यविधिले कुनै एक पदमा मात्र निर्विरोध गर्न नपाइने नयाँ व्यवस्था समेटेको छ। 'कुनै पनि तहको बहुपदका लागि हुने निर्वाचनमा कुनै व्यक्तिको हकमा सर्वसम्मत्ति र बाँकीका हकमा निर्वाचन गर्न पाइने छैन,' पारित निर्वाचन कार्यविधिमा भनिएको छ।

त्यस्तै, विद्युतीय मतदानलाई कांग्रेसले १३ औँ महाधिवेशन प्रयोग गर्ने भएको छ। 'दफा ६ मा जुनसुकै कुरा लेखिए पनि विद्युतीय भोटिङ प्रयोग भएको उपकरणलाई नै मतपेटिका भनिनेछ,' कार्यविधिमा भनिएको छ। केन्द्रीय समितिले जिल्ला तहको निर्वाचन गराउने जिम्मा पार्टीनिकट नेपाल शिक्षक संघलाई दिने निर्णय गरेको छ।

केन्द्रीय समितिले निर्वाचन कार्यविधि पारित गरेसँगै राधेश्याम अधिकारीको नेतृत्वमा गोपालकृष्ण घिमिरे र खुम्बबहादुर खाती सदस्य रहेको केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गर्न बाटो खुलेको छ। कांग्रेसले अधिकारीको नेतृत्वमा यसअघि नै निर्वाचन समिति गठन गरेको थियो।

क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन भने सभापति सुशील कोइरालाले अध्ययन नसकेको बताएपछि आइतबारको बैठकमा पेस नै भएन। तर, छानबिन समितिको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यलयमा आधादर्जन बढी जिल्ला नेता तथा कार्यकर्ता अनशनमा छन्।

१३ औं महाधिवेशनअन्तर्गत कांग्रेसले माघ १५ गते गाउँ–नगर, २२ गते क्षेत्रीय अधिवेशन र माघ २५ गते जिल्ला अधिवेशनको तालिका छ भने २० देखि २३ फागुनसम्म काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...